Skip to main content

जय फासीवाद



जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद
आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद
कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद
कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद
कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद
कुनै मठ मंदिरमा
मण्डपमा
बेदका ऋचा पढेर
गीता पाठ गरेर
शख घण्टी बजाएर
बाजा बजाएर
कर्नाल फुकेर
नरा लगाएर
ढोल पिटेर
कुनै अग्लो डाँडाबाट हाको हालेर
राँको बालेर
हो हल्ला मच्चाउादै
घोषणा गर्दै
आउने होइन फासीवाद
लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद
लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद
लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद
लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद
शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद
अमन चैनको नाममा आउँछ फासीवाद
ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद
जति गैर कानूनी भए पनि
कानूनी राजकै नाममा आउँछ फासीवाद
लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद
लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद
लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद
लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फासीवाद
शायद लोकतन्त्रको उच्चतम रुप नै फासीवाद हो
क्रुरतम रुप त खोई कसरी भनुँं
बर्बर रुप  त खौई कसरी भनुँ
पाशविक रुप त खोई कसरी भनुँ
अराजक  रुप त खोई कसरी भनुृँ
कृरुप रुप त खोई कसरी भनुँ
शायद लोकतन्त्रको सुृन्दरतम रुप नै फासीवाद हो
लोकतन्त्रको सुृन्दरता नै फासीवाद हो
जय लोकतन्त्र
जय फासीवाद ।
१६–१२–२०७५


Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो