Skip to main content

कविताको फुलबारी

 


कहिले कहिले मलाई 

रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर

केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ

केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ

कविताको फुलबारीबाट

सुन्दर सुन्दर कविताका फूलहरू टिपेर 

कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ 

तर रोजी रोटीको यो व्यस्त जीवनमा 

रोजी रोटीको यो संघर्षमय जीवनमा 

कहाँ संभव छ र 

कविताको फृुलबारीमा डुलिरहने

कविताको फुलबारीमा भुलिरहने 

कविताका फुलबारीम रमाइरहने

कविताको फुलबारीमा हराइरहने

कविताको फुलबारीबाट

कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर 

कविताका मालाहरू गुथिरहने

शायद यही भएर होला 

कविताको फुलबारीमा डुलिरहने रहर

कविताका फुलबारीमा भुलिरहने रहर 

कविताको फुलबारीमा रमाइरहने रहर 

कविपताको फृुलबारीमा हराइरहने रहर

कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर 

कविताका मालाहरू गुथिरहने रहर 

केवल एउटा रहर मात्र रहन गएको छ 

हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर 

डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा

भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा 

रमाउन पनि लागेको हुँला कविताको फुृलबारीमा

हराउन पनि थालेको हुृँला कविताको फुलबारीमा

कविताको फुलबारीबाट

केही सुन्दर सुन्दर कविताका फूलहरू टिेपेर 

कविताका माला पनि गुँथे हुँला 

यो म इन्कार गर्न सक्दिनं

तर पनि त्यत्तिले मात्र मेरो कहाँ पुग्दथ्यो र रहर 

कविताको फुलबारीमा डृुलिरहने

कविताको फुलबारीमा भुलिरहने

कवितको फुलबारीमा रमाइरहने

कविताको फुलबारीमा हराइरहने

कविताका सुन्दर सुन्दर फूलहरू टिपेर 

कविताका फ्लहरूका माला गुथिरहने 

शायद यही भएर होला

रोजी रोटीको संसार र

कविताको फुलबारीबीच  

निरन्तर युद्ध चलिरहन्छ

यस युद्धमा 

कहिले रोजी रोटी कविता बन्दछ 

कहिले कविता रोजी रोटी बन्दछ ।

१२–३–२०७९

२६–६–२०२२


Comments

Popular posts from this blog

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...