साराका सारा सज्जन मान्छेको बीचमा साराका सारा भद्र मान्छेको बीचमा साराका सारा सभ्य मान्छेको बीचमा साराका सारा शिष्ट मान्छेको बीचमा साराका सारा बौद्धिक मान्छेको बीचमा साराका सारा देशभक्त मान्छेको बीचमा कुनि कताबाट एकाएक एउटा दुर्जन मान्छे निस्केछ एउटा अभद्र मान्छे निस्केछ एउटा असभ्य मान्छे निस्केछ एउटा अशिष्ट मान्छे निस्केछ एउटा मुर्ख मान्छे निस्केछ एउटा गद्दार मान्छे निस्केछ एउटा बौलाहा मान्छे निस्केछ जसले छलेर आँखा दुनियाँका जसले तोडेर घेरा शान्ति सुरक्षाका आफ्नो रौद्र रुप देखाएछ आफ्नो उग्र रुप देखाएछ कर्नेल उजीरसिंहको कुशल नेतृत्वमा हाम्रा बीर पुर्खाहरूले देखाएर अपूर्व वीरता दिएर आफ्नो प्राणको आहुति लखेटेर अंग्रेज आक्रमारीहरूलाई जीत हासिल गरेको जीतगढीमा त्यसैको संझनामा आयोलित बिजय दिवसको सुअवसरमा आफ्नो जीतको झण्डा फरफराउन स्वयं प्रधानमंत्री हेलीकोप्टर चढेर पाउकष्ट गर्नु भएकोमा उहाँकै अगाडि ड्याम्मै खडा भएर उफ्री उफ्री जीतगढी जिन्दावाद भनेछ उजीर सिंह जिन्दावाद भनेछ प्रधानमंत्रीतिरै फर्केर कालो झण्डा देखाएछ । ८–१–२०१९