जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद  आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद  कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद  कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद  कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद  कुनै मठ मंदिरमा  मण्डपमा  बेदका ऋचा पढेर  गीता पाठ गरेर  शख घण्टी बजाएर  बाजा बजाएर  कर्नाल फुकेर  नरा लगाएर  ढोल पिटेर  कुनै अग्लो डाँडाबाट हाको हालेर  राँको बालेर  हो हल्ला मच्चाउादै  घोषणा गर्दै  आउने होइन फासीवाद  लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद  लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद  लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद  लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद  शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद  अमन चैनको नाममा आउँछ फासीवाद  ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद  जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद  लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद  लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद  लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद  लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...
 
 
Comments
Post a Comment