Skip to main content

पुरस्कार


पाउनै पर्ने मान्छले पुरस्कार पाएनछ भनेर गुनासो गरेको पनि सुनियो
पाउनै नपर्ने मान्छेले पुरस्कार पाएछ भन्ने गुनासो गरेको पनि सुनियो
होला कति पाउनै पर्ने मान्छेले पुरस्कार पाएन पनि होलान्
होला कति  पाउनै नपर्ने मान्छेले पनि पुरस्कार पाए होलान्
पुरस्कृत पात्र उपहासका पात्र पनि भए होलान्
पुरस्कृत पात्र सम्मानका पात्र पनि भए होलान्
हो हुन त पुरस्कार दिने पात्र को हो त्यसमाथि पनि बिचार पुराउन पर्दछ होला
हो पुरस्कार पाउने पात्रको योग्यता के हो त्यसमाथि पनि नजर पुराउनै पर्दछ होला
खुदै पुरस्कार कस्तो हो त्यसमाथि पनि विचार पुराउनु पर्दछ होला
पुरस्कार मात्र भनेर भएन
पुरस्कार मान्छेको बजन बढाउने  खालतको पनि हुन सक्दछ
पुरस्कार मान्छे्को बजन घटाउने खालको पनि हुन सक्दछ
पुरस्कृत व्यक्ति भनेर मात्र भएन
पुस्कृत व्यक्ति महान पनि हुन सक्दछ
पुरस्कृत व्यक्ति  पतित पनि हुन सक्दछ

हो कुनै पुरस्कार पाउनु पर्ने दष्डित पनि हुृन सक्दछ
हो कुनै दष्ण्डित हुनु पर्ने मान्छे पुरस्कृत पनि हुन सक्दछ
यसैले पनि पुरस्कारलाई विवादको विषय बनाउनु व्यर्थ छ 
जब कि पुरस्कर जहिले पनि विवादको विषय बन्दछ
हो पाउनै पर्ने मान्छेले पुरस्कार पायो भन्ने कुरा  कमै सुनिन्छ
बरु पुरस्कार पाउनै नपर्ने मान्छेले पुरस्सकार पायो भन्ने कुरा बढी सुनिन्छ
जे होस्
राम्रो कुरा त यही हुन्थ्यो
राम्रो मान्छेको हातबाट
राम्रो पुरस्कार
राम्रो मान्छेले पाओस्
पुरस्कारको त बजन होस् नै
पुरस्कार दिने मान्छेको पनि बजन होस्
पुरस्कार पाउने मान्छेको पनि बजन होस्
पुरस्कारले मान्छेको बजन बढाओस्
मान्छेको बजनले पुरस्कारको बजन बढाओस्
यो असंभव कुरा  त अवश्य होइन
तर त्यति  संभव पनि देखिन्न ।

५–१–२०७६

Comments

Popular posts from this blog

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...