Skip to main content

पुरस्कार


पाउनै पर्ने मान्छले पुरस्कार पाएनछ भनेर गुनासो गरेको पनि सुनियो
पाउनै नपर्ने मान्छेले पुरस्कार पाएछ भन्ने गुनासो गरेको पनि सुनियो
होला कति पाउनै पर्ने मान्छेले पुरस्कार पाएन पनि होलान्
होला कति  पाउनै नपर्ने मान्छेले पनि पुरस्कार पाए होलान्
पुरस्कृत पात्र उपहासका पात्र पनि भए होलान्
पुरस्कृत पात्र सम्मानका पात्र पनि भए होलान्
हो हुन त पुरस्कार दिने पात्र को हो त्यसमाथि पनि बिचार पुराउन पर्दछ होला
हो पुरस्कार पाउने पात्रको योग्यता के हो त्यसमाथि पनि नजर पुराउनै पर्दछ होला
खुदै पुरस्कार कस्तो हो त्यसमाथि पनि विचार पुराउनु पर्दछ होला
पुरस्कार मात्र भनेर भएन
पुरस्कार मान्छेको बजन बढाउने  खालतको पनि हुन सक्दछ
पुरस्कार मान्छे्को बजन घटाउने खालको पनि हुन सक्दछ
पुरस्कृत व्यक्ति भनेर मात्र भएन
पुस्कृत व्यक्ति महान पनि हुन सक्दछ
पुरस्कृत व्यक्ति  पतित पनि हुन सक्दछ

हो कुनै पुरस्कार पाउनु पर्ने दष्डित पनि हुृन सक्दछ
हो कुनै दष्ण्डित हुनु पर्ने मान्छे पुरस्कृत पनि हुन सक्दछ
यसैले पनि पुरस्कारलाई विवादको विषय बनाउनु व्यर्थ छ 
जब कि पुरस्कर जहिले पनि विवादको विषय बन्दछ
हो पाउनै पर्ने मान्छेले पुरस्कार पायो भन्ने कुरा  कमै सुनिन्छ
बरु पुरस्कार पाउनै नपर्ने मान्छेले पुरस्सकार पायो भन्ने कुरा बढी सुनिन्छ
जे होस्
राम्रो कुरा त यही हुन्थ्यो
राम्रो मान्छेको हातबाट
राम्रो पुरस्कार
राम्रो मान्छेले पाओस्
पुरस्कारको त बजन होस् नै
पुरस्कार दिने मान्छेको पनि बजन होस्
पुरस्कार पाउने मान्छेको पनि बजन होस्
पुरस्कारले मान्छेको बजन बढाओस्
मान्छेको बजनले पुरस्कारको बजन बढाओस्
यो असंभव कुरा  त अवश्य होइन
तर त्यति  संभव पनि देखिन्न ।

५–१–२०७६

Comments

Popular posts from this blog

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने...