श्रवण मुकारुङसित मेरो कुनै व्यक्तिगत जान पहिचान छैन । म उनको साहित्यसित पनि खासै परिचित छैन । तर उनले दोस्रोे जन आन्दोलनको बेलामा लेखेको विसे नकर्ची बारेको कविता बुलन्द लाग्दछ । व्यंगात्मक शैलीमा लेखिएको यो कविता बिचार तथा कला दुबै दृष्टिकोणले उत्कृष्ट छ । हालै यिनै कविले कान्तिपुरमा ईश्वर बल्लभको बारेमा एउटा लेख प्रकाशित गरेका रहेछन् । ईश्वर बल्लभलाई म उनको कविताले भन्दा पनि उनको सरल व्यवहारले मन पराउँदथें । उनका कविता कलाको दृष्टिकोणले जति उत्कृष्ट मानिए पनि म उनको बुर्जुवा बिचार र खास गरी आयामेली शैलीदेखि असहमत थिएँ । म के राम्ररी जान्दथें भने बुर्जुवा साहित्य जगतमा उनी इन्द्रबहादुर राई बैरागी काइला तथा मोहन कोइरालाका दाँचोका कवि मानिन्छन् । साहित्यकार ठानिन्छन् । मुकारुङले ईंश्वर बल्लभको बारेमा प्रस्तुत गरेको इंश्वर बल्लभ बारेको मिथले मलाई बिशेष आकर्षित गर्यो । यद्पि म ईश्वर बल्लभको बारेमा कुनै मिथ हुन सक्दछ भन्ने कुरामा खासै विश्वास गर्दिनं । तर पनि मलाई के थाहा छ भने ठूला ठूला कवि लेखक साहित्यकार तथा महापुरुषहरूका बारेमा मिथ हुने गर्दछन् । जस्तै मानव जातिको हितको लागि प्रम