Skip to main content

हामी नेपाली




मैले मणिपुरमा गएको बेलामा दुई जना प्रमुख व्यक्तिलाई भेटेको थिएँ  । पहिला थिए डा चन्द्रेश्व दुवे । डां  चन्देश्व दुबेले त्यतिबेला मणिपुर विश्वविद्यालयमा हिन्दी विषयको प्राध्यापन गर्दथे । उनले नेपाली भाषामा तीन दर्जन जति पुस्तक लेखेका छन् ।  उनी नेपाली साहित्यमा लेखक कवि तथा समालोचकको रुपमा स्थापित  छन् । विहारमा जन्मेका डा. चन्द्रेश्व दुवे केही समय नेपालमा आएर कलेजमा प्राध्यापन गरेका रहेछन् । त्यतिबेला नै उनले नेपाली भाषा सिकेका रहेछन् ।  पछि उनले नेपाली र हिन्दी भाषाको तुलनात्मक अध्ययन शीर्षकमा विद्यावारिधि गरेका हुन् । मणिपुर विश्व विद्यालयमा हिन्दीको प्राध्यापक भएर  गए पछि उनले नेपाली भाषामा नै कलम चलाए र तीन दर्जन जति  पुस्तक नेपाली भाषामा लेखे । उनलाई विश्वविद्यायको कम्पाउण्डमा भेटे पछि उनले निकै आत्मीयता व्यक्त गरे । भने तपाइं एक हप्ता बस्नुहोस् मसित । साहित्यको बारेमा राम्ररी कुराकानी गर्न सकिन्छ । तर मसित त्यति एक हप्तासम्म बस्ने समय थिएन ।  जे होस्, मलाई उनलाई व्यक्तिगत रुपमा भेट्न र कुराकानी गर्न पाएकोमा खुशी नै छ । मणिपुरमा मैले भेटेका अर्का प्रमुख व्यक्ति  हुन् प्रेम थापा । पे्रम थापा   यतिबेला सत्तामा रहेको नेकपाका नेता गोपाल शाक्यका आफ्न्त पर्दोरहेछन् ।  वास्तवमा गोपाल शाक्यलाई भेट्ने दौरानमा नै मैले प्रेम थापालाई भेटेको थिएँ  । प्रेम थापा शुरुमा मंत्री पोखरीमा शिक्षक रहेछन् । पछि उनी चुनाव लडेर मणिपुर विधान सभाका सदस्य ( सांसद ) भएका रहेछन् । उनीसित  धेरै कुरा भए । उनले भनेको एउटा  कुरा  मेरो मनमा गढेको छ । उनले मणिपुरीहरूको नेपालीप्रतिको दृृष्टिकोण बताउँदै भनेका थिए । जब मणिपुरमा खडरी पर्दछ  मणिपुरेहरूले नेपालीहरूलाई दोष लगाउँदै भन्दछन्– नेपालीहरूले बनबुटा मासेर खडेरी परेको छ । फेरि जब मणिपुरमा धेरै बर्षा हुन्छ मणिपुरीहरू नेपालीमाथि आरोप लगाउँदै भन्दछन् नेपालीहरूले बनबुटा मासेको हुनाले ठुलो बर्षा भयो । बाढी पहिरो भयो । तर पनि मणिपुरहरूले नेपालीहरूको काम पौरखको प्रशंसा गर्दे भन्दछन् रे – नेपालीहरू ढृंगामा पनि अन्न उमार्न सक्दछन् । मलाई लाग्दछ मणिपुरीहरूले नेपालीहरूको उद्यमशीलताको ठीक मूल्यांकन गरेका छन् । कुरा  यस्तो भए पनि हामी नेपालीहरूले हामी नेपालीमाथि लगाउने एउटा  आरोप हो – हामी नेपाली विदेशमा गएर जे काम गर्न पनि तयार छौं । तर हामी               हाम्रै देशमा सानो तिनो काम गर्न लज्जा अनुभव गर्दछौं । जब कि कुनै पनि काम गरेर मान्छे सानो हुँदैन । फेरि कुनै काम सानो वा ठूलो हुृँदैन ।  एउटा सिपाहीले बन्दुक बोकेर देशको सेवा गर्दछ भने एउटा किसानले कोदाले खनेर देशकोे सेवा गर्दछ । डिगनीटी अफ लेबर भनेको जुनसुकै कामलाई पनि ठूलो महत्व दिनु हो ।  सम्मान गर्नु हो । हिजो हाम्रा नेपाली काम गर्न भारत  वा बर्मा जान्थे भने आज विश्वको जुनसुकै कुनामा पनि पुगेका छन् । नेपाली नपुगेको ठाउँ  चन्द्रमा होला । अरु छैन । हामीसित  अन्टारटिकासम्म पुगेका नेपाली छन् । बाग्लुङका भुवन सिंह बिश्वकर्मा ।  अन्टारटिका विश्वकर्मा । उनी पहिलो नेपाली हुन जसले त्यहाँ पहिलोपल्ट पाइला टेके ।
विश्वमा नेपालीहरूको श्रम दुई कारणले माग गरिएको देखिन्छ ।                      पहिलो कुरा  नेपालीहरू मेहनती हुन्छन् । दोस्रो कुरो नेपालीहरू इमान्दार हुन्छन् । यहाँनेर म गोरखपुरको एउटा घटना संझन्छु ।  त्यहाँ रेलवे टिटीसित कृुराकानी गर्दा मैले भनेको थिएँ – नेपालीहरू इमान्दार हुन्छन् । त्यतिबेला उनले मेरो कुृराको प्रतिवाद गर्दै भनेका थिए – कुनै जमाना नेपालीहरू इमान्दार हुन्थे । तर अब अवस्था  यस्तो छैन । त्यतिबेला मलाईृ उनको कुरो चित्त बुझ्दो नलागे पनि अहिले आएर रेवलेको टिटीको भनाइमा म सत्यता पाउँछु । हामी नेपाली पहिले जस्तो इमान्दार रहेनौे । यसको मतलब सबका सब नेपाली बेइमान हुन्छन् भन्न खोजेको होइन । तुलनात्मक रुपमा अझ पनि नेपाली इमान्दार नै हुन्छन् । तर कति मान्छेको गतिविधि र क्रियाक्लापले गर्दा हामी नेपालीहरूलाई आँखा चिम्भ गरेर इमान्दार हुन्छन् भन्न सक्ने अवस्थामा छैनौं । 
बिचार गरौं त हामी नेपाली कति इमान्दार रहेछौं । हाम्रै नेपालीले हाम्रा चेलीबेटीलाई बम्बईमा पुराएर बेचेका हजारौं  हजारं उदाहरण छन् । निश्चित रुपमा यो हामी नेपाली इमान्दार रहेको प्रमाण हुन    सक्दैन । हाम्रै नेपालीले कति युवकलाई विदेशमा जागीर लगाइदिन्छु भनेर ठगेका छन् । उनीहरूका घरखेत गराएका छन् । यो हामी नेपाली इमान्दार भएको प्रमाण हुन सक्दैन ।
मान्छे भन्छन् हिजो राजाका पालामा कर्मचारीहरू टेबलमाथिबाट    घुस खान्थे । आज गणतन्त्र नेपालमा कर्मचारीहरू टेवलमाथिबाट घुस खान्छन् भनिन्छ । निश्चित  रुपमा यो हामी नेपाली इमान्दार रहेको प्रमाण हुन सक्दैन । 
नेपाल जलस्रोतका दृष्टिले विश्वको दोस्रो धनी देश हो ।  नेपालमा  ६ हजारभन्दा बढी नदी नाला खोला छन् । तर  हाम्रा मुलुकका शासकहरूले नेपालमा सबै नदी नाला बेचेर खाए । धन कुम्लाए ।  नेपालको आफ्नो पानीमाथिको अधिकार समेत गुमाउने बनाए । निश्चित रुपमा यो हामी नेपाली  इमान्दार भएको प्रमाण हुन सक्दैन । 
नेपालको विकासको लाग हिजो मित्र राष्ट्र रुस र खास गरी चीनले नेपालमा दर्जनौं उद्योग धन्दा कल कारखाना खेोलिदिएको अवस्था हो । ती सब मुख्यत बहुदलकाल वा गणतन्त्रकालका सरकारले भेडाको मासुको मोलमा बेचेर खाए ।कमीसन कुम्लाए । उडाए । मुलुकमा नयाँ  नयाँ  उद्योग धन्दा कल कारखाना खोल्नको साटो भएका उद्योग धन्दा र कल कारखाना पनि बेचेर खाए ।   प्र्राइभेटाइजेसनको नाममा ।  यसलाई हामी  हामी  नेपालीहरूको इमान्दारिताको प्रमाण भन्न सक्दैनौं ।
निर्मला पंतको हत्या बलात्कारीलाई पता लगाउन नसक्ने वा पता लगाएर पनि अपाराधीलाई कुखुराको माउले चल्लालाई छोेपे जस्तै छोपेर राख्ने सत्ताधारी नेपलिी नेतालाई अघि सारेर हामी कसरी नेपालीहरू इमान्दार भएको  उदाहरण दिन सक्दछा्रै । ३३ किलो सुन गायव पार्ने सरकार वा नेतााई अघि सारेर कसरी हामी नेपाली इमान्दार हुन्छन् भन्ने प्रमाण पेश गर्न सक्दछौं ।
वाइड बडी काण्डमा मुछिएका नेताहरूको चर्तीकलालाई अघि सारेर कसरी हामी हामी नेपाली इमान्दार हुन्छौं भन्ने प्रमाण दिन सक्दछौं ।
सिक्युरिटी प्रिन्टिङ प्रेस खरीद गर्दा करौडौ अरबौं कमीसन घुस खान खोज्ने सत्ताधारी पार्टी र तिनका नेतालाई अघि सारेर कसरी हामी नेपाली विश्व मामु हामी नेपाली इमान्दार हुन्छौं भन्ने प्रमाण  पेश गर्न सक्दछा्रै । बालुवाटारको जग्गा बेचेर खाने नेता वा भूमाफियालाई अघि सारेर कसरी हामी नेपाली इमान्दार छौं भन्ने नजीर  पेश गर्न सक्दछौं ।
जो व्यक्ति  भ्रट छ र जो व्यक्ति न्यायप्रिय जनताको टाउको दुखाई भएको छ उसलाई महान र प्रतिभाशाली व्यक्तिको रुपमा पेश गर्ने र त्यस कुरालाई पनि सत्य ठानी  ताली पिट्ने हामी नेपालीलाई   अघि सारेर कसरी हामी नेपाली इमान्दार भएको प्रमाणपत्र दिन सक्दछा्रै । 
एमसीसी जस्तो नेपाललाई विश्व रणसंग्रामको थलो बनाई समाप्त पार्न सक्ने अमेरिकी रणनीतिलाई नेपालको विकासको मू्रल आधार भन्दै देश र जनतालाई गुमराह पार्न खोज्ने लेन्डुपे दोर्जे मार्कका तत्वलाई अघि सारेर विश्व सामु कसरी हामी नेपाली इमान्दार भएको प्रमाण पेश गर्न सक्दछौं ।
हामी ठूला पार्टी र ठूला पार्टीका ठूला नेताले देश  र जनतालाई लुटेर देशको अस्मिता र अस्तित्व नै समाप्त पार्न  थाले भन्दछा्रै तर   चुनावको बेलामा यिनीहरूलाई नै अत्यधिक मतले बिजयी बनाउँछा्रै । हाम्रो यस्तो प्रबृतिलाई अघि सारेर के हामी हामी नेपालीलाई इमान्दार भएको प्रमाण पेश गर्न सक्दछा्रै ।
हाम्रा नेता देश र जनताका सेवक भन्दछन् । तर सेवा आफ्नै नाता गोता, समर्थक , आफ्नै पार्टी अझ आफ्नै गुटका मान्छेलाइ अझ विशेष गरी आफ्ना भजनमंडलीलाई  मात्र अवसर दिने गदैछा्रै ।  देशको ढुकुटीमाथि उनके रजाइ गराउँर्छां । जुनसुकै रंग रोगनमा आफ्ना मान्छेलाई काखा र अरुलाई पाखा गर्ने हाम्रो संस्कुति  र संस्कार रहेको छ । के यस कुराले हामी नेपालीको इमान्दारीतालाई झल्काउँछ । स्थापित  गर्दछ ।
हामी निर्वाचनका बेलामा यो गर्दछौं  त्यो गर्दछौं भनेर घोषणापत्र प्रकाशित गर्दछौं । घर घर बाँड्दै हिड्छौं ।  तर चुनाव सकिए पछि हामी आफ्नो घोषणापत्रका पाना पल्टाएर पनि हेर्दैनौं । जनताको घर दैलोमा अर्को निर्वाचन नआउँञ्जेल फर्कनौं । के यस कुराले हामी नेपाली इमान्दार छौं भन्ने कुरालाई पुष्टि गर्न सक्दछ ।
यस्ता उदाहरण एक होइन दुई होइन हजारौं छन् जसले हामी नेपालीहरूको इमान्दारिताप्रति प्रश्न चिन्ह उठाउँछन् । तथापि समस्टिमा भन्दा हामी नेपाली पटक्कै इमान्दार छैनौं भन्न मिल्देन । यत्ति हो हामी त्यति  इमान्दार छेनौं  जति  हामीलाई विश्वले सोच्दछ वा हामी आफै सोंच्दछा्रै ।  सोंच्नुहोस्  तपाइं आफै । बिचार गर्नुहोस् तपाई आफै । हाम्रा  प्रधानमंत्री के पी ओली शर्माको इमान्दारिता । उनी सगर्व भन्छन् – काभ्रे प्रतिभा जन्माउने ठाउँ हो । जिल्ला हो । यो कृुरा  क्रमश पुष्टि हुँदै आएको छ । कमरेड गोकुल बास्कोटालाई राजनैतिक तुलोमा राखेर जोख्ने हो भने एकातिर उहाँ अर्कोतिर हामी सबै जस्तो हुन्छ । उहाँको अनुहार देखे पछि बिरोधीहरूको बोली नै बन्द हुन्छ ।
जे होस, हामी नेपाली आफ्नो देशमा सानो तिनो काम गर्न नसक्नाले हामीले विदेशबाट नै श्रमशक्ति मगाउन परे पनि अरुका देशमा भने हामी जस्तो सुकै ठाउँमा जस्तो सुकै सानो तिनो वा जोखिमपूर्ण काम गर्न तयार हुन्छौं । शायद यही भएर पनि हामी आफ्नै देशमा बिक्न नसके पनि  अझसम्म विदेशमा बिकेका पनि  छौं । साँच्चै नै हामीले विदेशमा बगाएको जति  रगत पसिना यसै मुलुकमा बगाउँथ्यौं भने यो मुलुक हामी सबैले गर्व गर्न लायक हुन्थ्यो । एकजना चिनिया बुद्धिजीवीले भने जस्तै हामी नेपालीहरू नेपाल जस्तो सुनको थाल थापेर विश्व सामु भिख माग्दछौ्र ।
१८–११–२०७६
र्
                                                         
                                                                                                                                                                                               

Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

सुमिनाको वागी स्त्रीको आत्मकताको एक अध्ययन

  सुमिनाको बागी स्त्रीको आत्मकथा नाममा उनको २०८० सालको पहिलो कविता संकलन प्रकाशित भएको छ । शायद यो बर्षको महिला हस्ताक्षरको यो एउटा सबभन्दा बडी चर्चित तथा महत्वपूर्ण साहित्यिक कृति हो । यो कुनै एक व्यक्तिको आत्मकथाको पुस्तक जस्तो सुनिन्छ । कसैको निजी आत्मकथा जस्तो लाग्दछ । तर कुरो यसो होइन । यो कविता संकलन हो । कविले मुख्यत महिलाहरूका समस्या र वेदनालाई आफ्ना कवितामा वाणी दिएको हुनाले यसलाई आत्मकथा पनि  भन्न सकिन्छ । तर यो आत्मकथा कुनै एक खास महिलाको जीवनमा आधारित नभएर आम महिलाको जीवनसित सम्बन्धित छ पनि भन्न सकिन्छ । यस कविता संकलनका कविताले कुनै एक खास महिलाको आवाजलाई बुलन्द गरेको देखिए पनि यसले आम महिलाको जीवनलाई प्रतिनिधित्व गरेको देखिन्छ । यस कविता सकलनले महिला कुनै न कुनै रूपमा पुरुषद्वारा पीडित भएको कुरालाई प्रतिबिम्बित गर्दछ । यस कविता संकलनमा मुख्यत पूँजीवादी समाजमा हुर्के बढेका महिलाहरूको चित्रण गरेको छ । उनीहरूको व्यथा कथालाई वाणी दिएको छ  ।  महिला सदा सर्वदा पुरुषद्वारा शोषित पीडित रहे भएको कुरा भने साँचो होइन । यस समाजलाई माक्र्सले मुख्यत ६ युगमा विभाजित गरेका छन् ।  आदिम सा