Skip to main content

दलबीर सिंह लोेहार आसाम गोर्खा संम्मेलन नाथुराम गोडसे



 
यो १९६६ तिरको कुरो हो । त्यतिबेलाको आसामको दरंग ( हाल शोषितपुर ) जिल्लामा पर्ने गढपालमा ८ औं आसाम गोर्खा संंमेलन भएको थियो । म पनि घुम्दै फिर्दै रुम्जाटार भने जस्तै त्यस गोर्खा संमेलनमा भाग लिन नयाँ राबरघारी लोकराबाट त्यस स्थलमा पुगेको थिएँ । यो आसाम गोर्खा सम्मेलन आसामका विभिन्न जिल्लामा हुने गर्दथ्यो । यस गोर्खा संमेलनमा भाग लिन आसामभरिका अझ पूर्वांचल भारतका नेपाली प्रतिनिधिहरू उपस्थिति हुन्थे । सम्मेलन कुनै बनिबनाउ भवनमा होइन एउटा गाँउमा सयौं छाप्रा हालेर तीन चार  दिनसम्म संचालन गरिन्थ्यो । खाने बस्ने सबै व्यवस्था गोर्खा सम्मेनले नै बेहोर्दथ्यो । यस संमेलनमा नेपाली राजनैतिक व्यक्तित्व बुद्धिजीवी वकिल प्राध्यापक शिक्षक पत्रकार साहित्यकार कलाकार आदिको पनि बाक्लो उपस्थिति हुन्थ्यो ।  आसामतिरका प्राय सबै चर्चित व्यक्तित्वसित भेट हुने यो एउटा राम्रो अबसर थियो ।
आसाम गोर्खा संमेलन अल इंडिया गोर्खा संमेलनको एउटा शाखा थियो । तर यस आसाम र्गार्खा संमेलनमा केन्द्रिय स्तरको उपस्थिति थिएन । अखिल भारतीय गोर्खा लिगको स्थापना डम्बर सिंह गुरुङले गरेका थिए ।
डम्बर सिंह गुरुङको जन्म कालिम्पोङमा २३ जनवरी १९१५मा भएको थियो । उनी राजनीतिज्ञ तथा कानूनविद् थिए । बकील थिए । यिनले नै १९४३ मा अखिल भारतीय गोर्खा लिगको स्थापना गरेका थिए ।  डम्बर सिंह गुरुङ भारतका संविधान सभाका सदस्य थिए । उनले भारतीय नेपालीहरूको संविधान सभामा प्रतिनिधित्व गरेका थिए । उनको मृत्यु १९४८ मा भएको थियो । मृत्यु पर्यन्त उनी संविधानसभामा सदस्य रहेका थिए । उनको मृत्यु पछि भारतीय नेपाली समुदायको तर्फबाट भारतको संविधान सभाको प्रतिनिधित्व गरेका थिए अरिबहादुर गुरुङले । उनले भारतको संविधानमा हस्ताक्षर गर्ने अवसर पाएका थिए ।  अरीबहादुर गुरुङ दार्जीलिङबाट पहिलो बार एट ल थिए । कानूनविद् थिए । अखिल भारतीय गोर्खा लिगको प्रान्तिय शाखा आसाम गोर्खा लिगको प्रथम संमेलन शिलाङमा १९४४ मा भएको थियो ।
यही गढपालमा भएको आसाम गोर्खा लिगले नै आसाम गोर्खा लिगको नाम परिवर्तन गरेर आसाम गोर्खा सम्मेलन राखेको हो । आसाम गोर्खा लिगको नाम परिवर्तन  गरेर आसाम गोर्खा सम्मेलन राख्न्ुमा भारतीय कांगे्रस पार्टीको हात र स्वार्थ लुकेको थियो । तर चीजलाई यसरी प्रकट गरिएन । अखिल भारतीय गोर्खा लिग राजनैतिक पार्टीको रुपमा किैयाशील थियो । आसामका प्रम्ख नेपाली नेता  समाजसेवी तथा बुद्धिजीवीहरू मुख्यत भारतीय कांग्रस पार्टीमा थिए । त्यतिबेलाका आसाम बिहालीका विष्णुलाल उपाध्याय काग्र्रेसका विधानसभा सदस्य ( एम एल ए ं) थिए ।  आसाम गोर्खा लिगका अध्यक्ष सेते राना कांग्रेस समर्थक थिए । महासचिव डी आर सुब्बा  पनि कांग्रेस समर्थक नै थिए । शिलाङका धु्रवनाथ जोशी चर्चित कांग्रेसका नेता थिए ।  उनी मेघालयको स्थापना भए पछि ३० बर्षसम्म एम एल ए रहिरहेका थिए ।डग्बोईका सी वी क्षेत्री पनि चर्चित कांंग्रेसका नेता थिए । डिव्रुगढका दल बीर सिंह लोहार आसामका कांग्रेसका चर्चित नेता थिए । त्यति बेला उनी भारतीय कांग्रेस पार्टीको आसाम प्रान्तको मजदुर युनियनका अध्यक्ष थिए । उनी संम्मेलनमा भाग लिन आफ्ना  ंंगार्ड सहित आएर गेष्ट हाउसमा बसेका थिए । अल इन्डिया रेडियोका चर्चित पत्रकार कर्ण सिंह क्षेत्री कांग्रेस पक्षधर बुद्धिजीवी थिए ।  गुवाहाटीका चर्चित लेखक लीलबहादुर क्षेत्रीको झुकाव पनि काग्रेसतिर नै थियो । तेजपुरका चर्चित बकील खेमराज अधिकारीको झुकाव पनि कांग्रेसतिर नै थियो । भन्नको अर्थ के हो भने त्यतिबेला आसामका नाम चलेका  नेता बुद्धिजीवी पत्रकार लेखक कलाकार डाक्टर  इंजियिनर आदिको झुकाव कांग्रेसतिर नै थियो ।  यही कारण राजनैतिक पार्टीको रुपमा स्थापित अखिल भारतीय लिगको शाखा आसाम गोर्खा लिगको नाम परिवर्तत गरी त्यसलाई अखिल भारतीय कांग्रेसको एउटा  नेपालीहरूबीच काम गर्ने मोर्चा सगठन बनाउन खोजिएको रहेछ । पछि पछि यो कुरा प्रष्ट हुँदै गयो । तर यसको नाम परिवर्तन गर्ने बेलामा नाम परिवर्तनको प्रस्ताव नाटकीय रुपमा प्रस्तुत गरिएको थियो ।
आसामका विभिन्न ठाउँबाट आएका प्रतिनिधिबीचमा यो प्रस्ताव

राख्दा म पनि उपस्थित थिएँ  ।  त्यतिबेला मेरो कुनै राजनैतिक सोंच बनेको थिएन । खालि म नेपालीहरूका उदय उन्नति तथा अधिकार चाहने व्यक्तिको रुपमा उपस्थित थिएँ । सहभागीले मलाई आसाम गोर्खा लिगकै प्रतिनिधि ठानेका होलान् । गोर्खां लिगको संमेलनमा बुझेर होस् वा नबुझेर सचेत रुपले होस् वा अचेत रुपले त्यसमा भाग लिए पछि म स्वतः आसाम गोर्खा लिगको सदस्य वा प्रतिनिधि हुने नै भएँ । अर्को कुरा  मेरो बैधानिकता वा अबैधातिता बारे कसैले प्रश्न उठाएन पनि । हुन त शायद   नेपाली हुनु नै मेरो बैधानिकता थियो ।
नाम परिवर्तनको सभाको अध्यक्षता गरेका थिए त्यतिबेलाका आसाम विधानसभा सदस्य (  एम एल ए ) विष्णुलाल उपाध्यायले । उनले प्रतिनिधि सभामा नाम परिवर्तनको प्रस्ताव राख्दै भने – आसाम गोर्खा लिगमा परेको शब्द लिग अंग्रैजी भएको हुनाले यसको नाम परिवर्तन गरी यस संगठनको नाम आसाम गोर्खा सम्मेलन राख्नु पर्यो ।
त्यसको प्रतिवादमा सर्वप्रथम म नै खडा भएँ  र भनें – गोर्खा लिगसित  डम्बर सिंह गुरुङको  नाम जोडिएको छ । उनको नामले हामी सबैलार्ई प्रेरणा दिन्छ ।   यसैले उनको नाम नै भुलाउने गरी                  यस संस्थाको नाम परिवर्तन गर्न आवश्यक छैन । लिग अंग्रेजी शब्द भयो भनेर पनि परिवर्तन गर्न आवश्यक छैन । हाम्रो नेपाली भाषामा थुप्रै अंग्रेजी शब्द प्रयोग भइसकेका छन्। तिनलाई अब हामी फर्न सक्दैनौ । फाल्न सक्दैनौं ।
फेरि मेरो कुराको प्रतिवाद गर्दै भनियो – भारतमा एउटा मुसलिम लिग छ । त्यो बदनाम छ । यसैले हामीले हाम्रो संस्थाको नाम गोर्खा लिग राख्यौं भने सरकारले हाम्रो इमान्दारितामाथि प्रश्न चिन्ह उठाउन सक्दछ ।
यसको प्रतिवादमा मैले भनेको थिएँ – आसाम गोर्खा लिगको आफ्नो विधान हुन्छ । यसका निश्चित उद्देश्य हुन्छन् । सरकारले यस संस्थाको मूल्यांकन यिनकै आधारमा गर्ने हो ।  यसको इमान्दारीतामाथि प्रश्न उठाउनु पर्ने कुनै कारण छैन ।               
मेरो तर्कको प्रतिवादमा बिहालीको कुनै स्कूलकी प्रधान अध्यापिकाले जुरुक्क उठेर भनिन् – नाथुराम गोडसेले महात्मा गान्धिको हत्या गरेका थिए । त्यसैले हामीले हाम्रा सन्तानहरूको नाम नाथुराम राख्दैनौ ।
यस कुराको खण्डन गर्न म उठ्नभन्दा पहिला नै एकजना              प्रतिनिधि जुरुक्क उठे र भने – मेरो नाम दल बहादुर हो । कुनै दल बहादुरले कसैको हत्या गर्यो भने मैले आफ्नो नाम फेर्ने ?  कति नाम फेर्दै जाने ? त्यतिबेलासम्म शेक्यपियरको  प्रसिद्ध नाटक जुलियस सिजरमा एन्टोनीको भाषण सुनेर  जनमत उल्टिए जस्तै उल्टियो । प्रतिनिधिले होहल्ला गर्दै भन्न थाले  – हामी कुनै पनि हालतमा आसाम गोर्खा लिगको नाम परिवतन गर्ने पक्षमा छैनौं । ठूलो हो हल्ला भए पछि त्यो बैठक बिना कुनै निष्कर्ष स्थगित भएको थियो । रातभरि प्रतिनिधिबीचमा हामी गोर्खा लिगको नाम फेर्न दिन्नौं भन्ने सवालमा एक मत जस्तो भयो । उनीहरूले नाम परिवर्तन गर्नेहरूका बिरुद्धमा जाई लाग्ने कुरा समेत गरे । लड्ने भिड्नेसम्मका कुरा गरे।
भोलिपल्ट पुन गोर्खा संमेलनको नाम परिवर्तन गर्ने बिषयमा बैठक बस्यो । त्यस दिन त्यस बैठकको सभापतित्व गरेका थिए दल बीर सिंह लोहारले । उनले सभापतिको आसनबाट उठ्दै भने हामीसित निकै थोर्रै समय बाँकी रहेको छ । पारित गर्नु पर्ने प्रस्ताव धेरै छन् । प्रस्तावहरू पारित भए पछि आम सभा हुने छ  । आम सभाको लागि हामीसित थोरै मात्र समय बचेको छ । एक एक प्रस्तावमा लामो बहस गर्ने समय नै छैन हामीसित यतिबेला ।  यसैले म धमाधम प्रस्ताव राख्र्दै जान्छु । तपाइंलाई प्रस्ताव चित्त बुझ्दो लाग्यो भने  ताली पिटेर समर्थन गर्नु होला ।
दल बीर सिंह लोहारले सर्वप्रथम नाम परिवर्तन कै प्रस्ताव अघि सारे । भने म आसाम गोर्खा लिगको नाम परिवर्तन गरेर आसाम गोर्खा सम्मेलन राख्ने प्रस्ताव राख्दछु । सहमत हुनुहुन्छ भने ताली पिटेर समर्थन गर्नुहोस् । केही केही मान्छेले ताल पिटे । दल बीर सिंह लोहारले यो प्रस्ताव पास भएका.घोषणा गरे । म भन्न चाहन्थैं –  केही मान्छेले ताली पिटे भन्दैमा त्यसलाई बहुमतले पारित गरेको भन्न सकिन्न । कतिले ताली पिटे कतिले पिटेनन् । त्यसको हिसाब हुनु पर्दछ । तर मलाई प्रा लीलबहादुर क्षेत्री, कर्ण सिंह क्षेत्री लगायतका व्यक्तित्वले बोल्नको लागि उठ्नबाट रोके । तान्दै मलाई बसाल्दै भने – बस बस भाइ । म बुद्धिजीवीले तानेको हुँदा चुपचाप बसें । अरु बोल बोलेनन् थाहा भएन । दलबीर सिंह लोहार धमाधम प्रस्ताव राख्दै केही ताली पिटेको आधारमा प्रस्ताव पारित भएको घोषणा गर्दै  गए । निश्चित रुपमा यो आसाम गोर्खा लिगको इतिहासमा ठूलै घटना थियो । तर मैले यसको चर्चा कतै भएको वा कसैले गरेको पाउँदिन ।
आसाम गोर्खा लिगको नाम परिवर्तन गरेकोमा असन्तोष भएका नेपालीहरूले छुट्टै आसाम गोर्खा लिग संचालन गरे । त्यसमा तुरा ( हाल मेघालयमा पर्दछ ) का सुखबीर राई मुख्य थिए ।
मैले यहाँ चर्चा गर्न खोजेको खास कुरो हो नाथुरामको सम्बन्धमा । नेपालमा यतिबेला एम सी सीको सवाललाई लिएर चर्काचर्की बहस चले जस्तै भारतमा यतिबेला मोृदी सरकारको नागरिकता सम्बन्धी नीतिको बिरोध र समर्थनको लडाईमा नाथुराम गोडेसको नाम फेरि एकपल्ट निकै चर्चाको विषय बनेको छ । विवादको विषय बनेको छ । बडो अचम्भको कुरो त के भने गान्धीका देशका नरेन्द्र मोदी र उनको शक्तिको आधार आर एस एस एक नम्बर नाथुराम गोडेसेका पूजक र सरकारको नागरिकता सम्बन्धी संविधान संसोधनको बिरुद्धमा उत्रेका जनता गान्धीका अनुयायी जस्ता देखिन थालेका छन् ।  मोदीका मान्छेहरूले नाथुराम गोडसेको नाम बडो गर्वको साथमा लिन थालेका छन् । बडो सम्मानको साथमा लिन थालेका छन् ,। उनीहरूका लागि गान्धीभन्दा नाथुराम गोडसे महान लाग्न थालेका छन् । यहाँनेर अझ गजबको कुरा के छ भने हिजो अधिकांश आसामका नेतृत्वदायी भूमिकामा रहेका गोर्खा ( भारतीय नेपाली) यतिबेला भारतीय जनता पार्टीमा आवद्ध हुन थालेका छन् ।  मोदीका पछि लागेका छन् । शायद उनीहरूलाई पनि गान्धीभन्दा नाथुराम गोडसे असल मान्छे लाग्न थालेका छन् ।  यतिबेला आसाम गोर्खा लिगको नाम परिवर्तन गर्ने सन्दर्भमा बोल्नु पर्दा कुनै स्कूलकी प्रधान अध्यापिकाले यो भन्ने थिइनन् होला – हामीहरू हाम्रा सन्तानको नाम नाथुराम गोडसे राख्दैनौं ।
जे होस् , त्यतिबेला एक प्रकारले ठूलो दबाव अथवा चलाकीपूर्ण तरिकाले आसाम गोर्खा लिगको नाम परिवर्तन गरी आसाम गोर्खा सम्मेलन राख्नमा विशेष भूभिका खोल्ने दलबीर सिंह लोहारले महात्मा गान्धीले संचालन गरेको स्वतन्त्रता संग्राममा भाग लिएका थिए । जेल परेका थिए । उनी भारत स्वतन्त्र भए पछि नेपालीका प्रथम विधानसभा सदस्य ( एम एल ए ) निर्वाचित भएका थिए ।  उनलाई आसामको डिग्बोईमा २०१९ मा आयोजित उत्तर पूर्वी गोर्खा महोत्सवमा आसामका मुख्य मंत्री सर्वानन्द सोनोवालको हातबाट स्वतन्त्रता सेनानी दलवीर सिंह एक्सलेन्स अवार्डबाट सम्मानित गरिएको थियो ।                                                   
२२–११–२०७६                             
                                                                                                   




Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

सुमिनाको वागी स्त्रीको आत्मकताको एक अध्ययन

  सुमिनाको बागी स्त्रीको आत्मकथा नाममा उनको २०८० सालको पहिलो कविता संकलन प्रकाशित भएको छ । शायद यो बर्षको महिला हस्ताक्षरको यो एउटा सबभन्दा बडी चर्चित तथा महत्वपूर्ण साहित्यिक कृति हो । यो कुनै एक व्यक्तिको आत्मकथाको पुस्तक जस्तो सुनिन्छ । कसैको निजी आत्मकथा जस्तो लाग्दछ । तर कुरो यसो होइन । यो कविता संकलन हो । कविले मुख्यत महिलाहरूका समस्या र वेदनालाई आफ्ना कवितामा वाणी दिएको हुनाले यसलाई आत्मकथा पनि  भन्न सकिन्छ । तर यो आत्मकथा कुनै एक खास महिलाको जीवनमा आधारित नभएर आम महिलाको जीवनसित सम्बन्धित छ पनि भन्न सकिन्छ । यस कविता संकलनका कविताले कुनै एक खास महिलाको आवाजलाई बुलन्द गरेको देखिए पनि यसले आम महिलाको जीवनलाई प्रतिनिधित्व गरेको देखिन्छ । यस कविता सकलनले महिला कुनै न कुनै रूपमा पुरुषद्वारा पीडित भएको कुरालाई प्रतिबिम्बित गर्दछ । यस कविता संकलनमा मुख्यत पूँजीवादी समाजमा हुर्के बढेका महिलाहरूको चित्रण गरेको छ । उनीहरूको व्यथा कथालाई वाणी दिएको छ  ।  महिला सदा सर्वदा पुरुषद्वारा शोषित पीडित रहे भएको कुरा भने साँचो होइन । यस समाजलाई माक्र्सले मुख्यत ६ युगमा विभाजित गरेका छन् ।  आदिम सा