हिजो जसरी उदाएका थिए उनी आज उसरी नै अस्ताएर गए जीता जागता खाता पिता जस्तो देखिने मान्छे जिउँदो लाश भएर गए हिजो जति माथि माथि उफ्रेका थिए उनी आज उति तल तल थेंचारिंदै गए नेकारिंदै गए पधारिंदै गए पछारिंदै गए चित्त पारिंदै गए हिजो जति माथि माथि चढेका थिए उनी आज उति तल तल झर्दै गए खस्दै गए भासिंदै गए सगरमाथाका शिखर सफल आरोहण गर्न पाइला अघि सारेका मान्छे तल आधार शिविरमा नै हराउन गए बेपत्ता हुन गए हिजो ठूलो उथल पुथल ल्याउने आँधी तुफान जस्तो भएर आएका थिए उनी सुनामीको छाल जस्तो भएर आएका थिए उनी आज हावा फुस्केको बेलुन जस्तै भएर भए हिजो दावानल जस्तो भएर दन्किंन आएका थए उनी आज तेल सकिएको बत्ती जस्तै निभ्दै गए हिजो बाघ जस्तै गर्जिन आएका थिए उनी आज बिरालो जस्तै म्याउ म्याउ गर्दै गए मृगले लखिटिरहेको बाघ जस्तै ओरालो लाग्दै गए बाघको शिकार गर्न हिंडेका मान्छे बिरालाले खेलाइरहेको मुसा जस्तै भएर गए हिजो बम जस्तै बिष्फोट हुन आएका थिए उनी आज बारुद ओसिएको पटका जस्तै फुस्स गर्दै गए हिजा सबेका आशाका केन्द्र जस्ता भएर आएका थिए उनी आज आफै निराशाका पात्र बनेर गए हिजो विश्व बिेजेता सिकन्द