Skip to main content

जिउँदो लाश भएर गए

  

हिजो जसरी उदाएका थिए उनी 

आज उसरी नै अस्ताएर गए 

जीता जागता खाता पिता जस्तो देखिने मान्छे 

जिउँदो लाश भएर गए 

हिजो जति माथि माथि उफ्रेका थिए उनी

आज उति  तल तल थेंचारिंदै गए 

नेकारिंदै गए 

पधारिंदै गए 

पछारिंदै गए

चित्त पारिंदै गए 

हिजो जति माथि माथि चढेका थिए उनी

आज उति  तल तल झर्दै गए 

खस्दै गए

भासिंदै गए 

सगरमाथाका शिखर सफल आरोहण गर्न 

पाइला अघि सारेका मान्छे 

तल आधार शिविरमा नै हराउन गए 

बेपत्ता हुन गए 

हिजो  ठूलो उथल पुथल ल्याउने 

आँधी तुफान जस्तो भएर आएका थिए उनी

सुनामीको छाल जस्तो भएर आएका थिए उनी

आज हावा फुस्केको बेलुन जस्तै भएर भए

हिजो दावानल जस्तो भएर दन्किंन आएका थए उनी

आज तेल सकिएको बत्ती जस्तै निभ्दै गए 

हिजो बाघ जस्तै गर्जिन आएका थिए उनी

आज बिरालो जस्तै म्याउ म्याउ गर्दै गए 

मृगले लखिटिरहेको बाघ जस्तै

ओरालो लाग्दै गए

बाघको शिकार गर्न हिंडेका मान्छे

बिरालाले खेलाइरहेको मुसा जस्तै भएर गए 

हिजो बम जस्तै बिष्फोट हुन आएका थिए उनी

आज बारुद ओसिएको पटका जस्तै फुस्स गर्दै गए

हिजा सबेका आशाका केन्द्र जस्ता भएर आएका थिए उनी

आज आफै निराशाका पात्र बनेर गए  

हिजो विश्व बिेजेता सिकन्दर जस्ता भएर आएका थिए उनी

आज युद्ध मैदानको भगौडा सिपाही जस्तो भएर गए 

हिजो विश्व हल्लाउन सक्ने  मान्छे जस्तो भएर आएका थिए उनी

आज रुखको पात पनि हल्लाउन नसक्ने भएर गए 

 हिजो जसरी उदाएका थिए उनी 

आज उसरी नै अस्ताएर गए 

जीता जागता खाता पिता जस्तो देखिने मान्छे 

जिउँदो लाश भएर गए  ।

३०–७–२०७७

 


Comments

Popular posts from this blog

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...