Skip to main content

जिउँदो लाश भएर गए

  

हिजो जसरी उदाएका थिए उनी 

आज उसरी नै अस्ताएर गए 

जीता जागता खाता पिता जस्तो देखिने मान्छे 

जिउँदो लाश भएर गए 

हिजो जति माथि माथि उफ्रेका थिए उनी

आज उति  तल तल थेंचारिंदै गए 

नेकारिंदै गए 

पधारिंदै गए 

पछारिंदै गए

चित्त पारिंदै गए 

हिजो जति माथि माथि चढेका थिए उनी

आज उति  तल तल झर्दै गए 

खस्दै गए

भासिंदै गए 

सगरमाथाका शिखर सफल आरोहण गर्न 

पाइला अघि सारेका मान्छे 

तल आधार शिविरमा नै हराउन गए 

बेपत्ता हुन गए 

हिजो  ठूलो उथल पुथल ल्याउने 

आँधी तुफान जस्तो भएर आएका थिए उनी

सुनामीको छाल जस्तो भएर आएका थिए उनी

आज हावा फुस्केको बेलुन जस्तै भएर भए

हिजो दावानल जस्तो भएर दन्किंन आएका थए उनी

आज तेल सकिएको बत्ती जस्तै निभ्दै गए 

हिजो बाघ जस्तै गर्जिन आएका थिए उनी

आज बिरालो जस्तै म्याउ म्याउ गर्दै गए 

मृगले लखिटिरहेको बाघ जस्तै

ओरालो लाग्दै गए

बाघको शिकार गर्न हिंडेका मान्छे

बिरालाले खेलाइरहेको मुसा जस्तै भएर गए 

हिजो बम जस्तै बिष्फोट हुन आएका थिए उनी

आज बारुद ओसिएको पटका जस्तै फुस्स गर्दै गए

हिजा सबेका आशाका केन्द्र जस्ता भएर आएका थिए उनी

आज आफै निराशाका पात्र बनेर गए  

हिजो विश्व बिेजेता सिकन्दर जस्ता भएर आएका थिए उनी

आज युद्ध मैदानको भगौडा सिपाही जस्तो भएर गए 

हिजो विश्व हल्लाउन सक्ने  मान्छे जस्तो भएर आएका थिए उनी

आज रुखको पात पनि हल्लाउन नसक्ने भएर गए 

 हिजो जसरी उदाएका थिए उनी 

आज उसरी नै अस्ताएर गए 

जीता जागता खाता पिता जस्तो देखिने मान्छे 

जिउँदो लाश भएर गए  ।

३०–७–२०७७

 


Comments

Popular posts from this blog

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने...