Skip to main content

सम्बन्ध

 

सम्बन्ध अझ सुध्रिदै जान्छ

१९५० को जस्तै असमान

नेपाल भारत मैत्री तथा शान्ति सन्धि गर्दै जाऊ 

नेपाल भारतसितको सम्बन्ध अझ सुघ्रिदै जान्छ

अझ गाढा हुृँदै जान्छ

सुदृढ हृँदै जान्छ 

नेपाल आमाको छाती चिरेर  

कोशी गंडकी महाकाली कर्नाली जस्तै 

नेपालका सारा नदी नाला खोला भारतका चरणमा सुम्पिदै जाऊ  

नेपाल भारतसितको सम्बन्ध अझ सुध्रिदै जान्छ 

अझ गाढा हुृँदै जान्छ

सुदृढ हृँदै जान्छ 

विभिन्न बहाना र विभिन्न नाउँमा छिमेकीलाई

उत्तरतिरका हटेका जस्ता चेक पोष्ट एक एक गर्दै फेरि खडा गर्न देऊ 

नेपाल भारतसितको सम्बन्ध अझ सुध्रिदै जान्छ 

अझ गाढा हुृँदै जान्छ 

सुदृढ हृँदै जान्छ 

दक्षिणतिरको वादशाहलाई 

रातारात  जंगे पिलर ढाल्न दऊ

जंगे पिलर गायब गर्न देऊ 

बर बर सार्न देऊ

यतारितको रस्ती बस्ती उतातिर पार्न देऊ

नेपाल भारतसितको सम्बन्ध अझ सुध्रिदै जान्छ 

अझ गाढा हुृँदै जान्छ 

सुदृढ हृँदै जान्छ 

हिजो मित्र राष्ट्रका चारलाख नागरिकका हात हातमा

नेपाली नागरिकताको प्रमाणपत्र थमाइदिए जस्तै

उताका नागरिकलाई पनि यताका नागरिक बनाइदिए जस्तै 

सीमापारिका हरेक पाहुनाहरूका हात हातमा पनि

अथितिदेवको देव भवको मन्त्र उच्चाहरण गर्दै

नेपाली नागरिक बनाउँद जाउँ 

नेपाली नागरिकको संख्या दिन दुना रात चौगुना बढाउँदै जाउँ 

नेपाल भारतसितको सम्बन्ध अझ सुध्रिदै जान्छ 

अझ गाढा हुृँदै जान्छ 

सुदृढ हृँदै जान्छ 

कुनै दिन अचानक गायब गरिएको नेपालको चुच्चे नक्शा पनि 

हिजो बल्ल बल्ल बनाएको चुच्चे नक्शा पनि 

दक्षिणतिरकै वादशाहका हुकूम प्रमांगीको अक्षरत पालना गर्दै 

उनको उर्दी अगाडि लम्पसार पर्दै

हटाउँदै जाउँ 

गायब पार्दै जाऊ 

नेपाललाई बुच्चे पार्दै जाऊ 

नेपाल भारतसितको सम्बन्ध अझ सुध्रिदै जान्छ 

अझ गाढा हुृँदै जान्छ 

सुदृढ हृँदै जान्छ 

मातृभुमिलाई विदेशी सेनाको परेड खेल्न मैदान बनाऊ 

साम्राज्यवादको दबाबमा 

उत्तरी छिमेकीलाई घेरा हाल्ने र समाप्त पार्नै रणनीतिको सफल कार्यान्वयनको लागि 

संसदैबाट नै एमसीसी पास गर्दै जाऊ 

बुद्धको देशलाई रक्तरंजित युद्धको रणभूमि बनाउँदै जाऊ 

नेपाल भारतसितको सम्बन्ध अझ सुध्रिदै जान्छ 

अझ गाढा हुृँदै जान्छ 

सुदृढ हृँदै जान्छ 

कम्युनिष्टको दुई तिहाईको सरकार छ तिम्रो साथमा यतिबेला  

खुदै प्रमुख प्रतिपक्ष पनि दाहिने हात छ तिम्रो यतिबेला 

उताको आदेश पर्खेर बस्ने जमात पनि त कम सहयोगी छैन तिम्रो आखिर

तिमीले चाहेमा

उताबाट आदेश आएमा

उताबाट आदेश पाएमा

रातारात 

नेपालको नक्शा नै बदल्न सक्दछौ 

नेपालको नक्शाको नक्शालाई जन्म दिनको केक बनाएर काट्न पनि सक्छौं 

लुन्डुपले जस्तै

कुर्सीसित सजिलै साट्न पनि सक्छौ 

सर्वशक्तिमान छौ तिमी यतिबेला

पक्कै फ्रान्सका ल्ुई चौधह जस्तै 

राज्य भनेको मै  तिमी हौ यतिबेला 

ऐन कानून संविधानभन्दा माथि छौ तिमी यतिबेला

आफ्नो शक्ति र सामथ्र्यको पुरा पुरा प्रयोग गर्दै जाउँ

मित्र राष्ट्रका सम्मानीय दूतलाई 

मध्यरातमा दर्शन दिए पनि भेट्दै जाऊ 

स्वागत सत्कार गर्दै जाऊ 

जे जे डिमाण्डको सूचि टेबल गर्दछन् 

जे जे योजना परियोजनाको रिपोर्ट पेश गर्दछन् 

माथिको आदेश मानेर 

कार्यावन्यन गर्दै जाऊ 

मावश्यक पर्दछ भने 

बादशाहलाई खुशी पार्न 

बिराधीहरूका खप्परमाथि लाठी र बुट बजार्दै जाऊ

पानीको फोहोराले अभिशेक गर्दै जाऊ 

गोलीको बर्षा गर्दै जाऊ 

सडक रक्ताम्मे पार्दै जाऊ

रगतको खोला बगाउँदै जाऊ 

यो देशका देशभक्त क्रान्तिकारीहरूमाथि झुठा मुद्धा लगाएर भए जेल भर्दै जाऊ

बोल्नेका मुख सिउँदै जाऊ 

लेख्नेका हातका औला काट्दै जाऊ

यसरी मात्र 

यस्तै यस्तै गरेर मात्र 

दक्षिणका बादशाह प्रसन्न हुन्छन्

नेपाल भारतसितको सम्बन्ध अझ सुध्रिदै जान्छ 

अझ गाढा हुृँदै जान्छ 

सुदृढ हृँदै जान्छ 

मलाई विश्वास छ 

तिमी टिक्यौ भने यो सब संभव छ 

तर मलाई ठूलो संदेह छ 

आखिर तिमी आफै पो टिक्छौ कि टिक्दैनौ ? 

२२–७–२०७७

७–११–२०२०



























































 

ृ 



 


 





























 

ृ 



 



 



 


 



 


Comments

Popular posts from this blog

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कलम

  म देख्दछु एउटा गोठालोले हर हमेशा हँसिया खुर्पेटो भिरेर हिंड्दछ । एउटा हलीले हमेशा हलो जुआ बोकेर हिंड्छ । एउटा किसानले हमेशा एउटा कुटो कोदालो लिएर हिंड्छ । एउटा मजदुरले हमेशा एउटा हथौडा लिएर हिंड्दछ । एउटा भरियाले हमेशा एउटा नाम्लो लिएर हिंड्दछ । एउटा शिकारीले हमेशा एउटा बन्दुक बोकेर हिंड्दछ । एउटा सिपाहीले हमेशा एउटा खुकुरी भिरेर हिड्दछ । एउटा दमाईले हमेशा एउटा सुजेरो लिएर हिंड्दछ । एउटा काठकर्मीले हमेशा आरी , थेवे तथा रंजा बोकेर हिंड्दछ । एउटा इेलेक्ट्रेशियनले हमेशा एउटा टेस्टर लिएर हिंड्छ । एउटा शिक्षकले हमेशा चक डस्टर लिएर हिंड्दछ । एउटा पुरोहितले हमेशा पोस्तकको कुटिरो बोकेर हिंड्दछ । एउटा ज्योतिषले हमेशा एउटा पात्रो बोकेर हिंड्दछ । एउटा भिक्षुले हमेशा एउटा माला बोकेर हिड्दछ ।  एउटा विद्यार्थीले हमेशा स्कुल व्याग बोकेर हिंड्दछ । एउटा भिखारीले हमेशा एउटा झोली बोकेर हिंड्दछ । एउटा पार्टीको कार्यकर्ताले हमेशा एउटा पम्पलेट बोकेर हिंड्दछ । एउटा व्यापारीले हमेशा एउटा क्याटलग बोकेर हिंड्दछ । एउटा जलेरीले हमेशा एउटा जाल बोकेर हिंड्दछ । एउटा खेलाडीले हमेशा बल बोकेर हिंड्दछ । एउटा ...