Skip to main content

सम्बन्ध

 

सम्बन्ध अझ सुध्रिदै जान्छ

१९५० को जस्तै असमान

नेपाल भारत मैत्री तथा शान्ति सन्धि गर्दै जाऊ 

नेपाल भारतसितको सम्बन्ध अझ सुघ्रिदै जान्छ

अझ गाढा हुृँदै जान्छ

सुदृढ हृँदै जान्छ 

नेपाल आमाको छाती चिरेर  

कोशी गंडकी महाकाली कर्नाली जस्तै 

नेपालका सारा नदी नाला खोला भारतका चरणमा सुम्पिदै जाऊ  

नेपाल भारतसितको सम्बन्ध अझ सुध्रिदै जान्छ 

अझ गाढा हुृँदै जान्छ

सुदृढ हृँदै जान्छ 

विभिन्न बहाना र विभिन्न नाउँमा छिमेकीलाई

उत्तरतिरका हटेका जस्ता चेक पोष्ट एक एक गर्दै फेरि खडा गर्न देऊ 

नेपाल भारतसितको सम्बन्ध अझ सुध्रिदै जान्छ 

अझ गाढा हुृँदै जान्छ 

सुदृढ हृँदै जान्छ 

दक्षिणतिरको वादशाहलाई 

रातारात  जंगे पिलर ढाल्न दऊ

जंगे पिलर गायब गर्न देऊ 

बर बर सार्न देऊ

यतारितको रस्ती बस्ती उतातिर पार्न देऊ

नेपाल भारतसितको सम्बन्ध अझ सुध्रिदै जान्छ 

अझ गाढा हुृँदै जान्छ 

सुदृढ हृँदै जान्छ 

हिजो मित्र राष्ट्रका चारलाख नागरिकका हात हातमा

नेपाली नागरिकताको प्रमाणपत्र थमाइदिए जस्तै

उताका नागरिकलाई पनि यताका नागरिक बनाइदिए जस्तै 

सीमापारिका हरेक पाहुनाहरूका हात हातमा पनि

अथितिदेवको देव भवको मन्त्र उच्चाहरण गर्दै

नेपाली नागरिक बनाउँद जाउँ 

नेपाली नागरिकको संख्या दिन दुना रात चौगुना बढाउँदै जाउँ 

नेपाल भारतसितको सम्बन्ध अझ सुध्रिदै जान्छ 

अझ गाढा हुृँदै जान्छ 

सुदृढ हृँदै जान्छ 

कुनै दिन अचानक गायब गरिएको नेपालको चुच्चे नक्शा पनि 

हिजो बल्ल बल्ल बनाएको चुच्चे नक्शा पनि 

दक्षिणतिरकै वादशाहका हुकूम प्रमांगीको अक्षरत पालना गर्दै 

उनको उर्दी अगाडि लम्पसार पर्दै

हटाउँदै जाउँ 

गायब पार्दै जाऊ 

नेपाललाई बुच्चे पार्दै जाऊ 

नेपाल भारतसितको सम्बन्ध अझ सुध्रिदै जान्छ 

अझ गाढा हुृँदै जान्छ 

सुदृढ हृँदै जान्छ 

मातृभुमिलाई विदेशी सेनाको परेड खेल्न मैदान बनाऊ 

साम्राज्यवादको दबाबमा 

उत्तरी छिमेकीलाई घेरा हाल्ने र समाप्त पार्नै रणनीतिको सफल कार्यान्वयनको लागि 

संसदैबाट नै एमसीसी पास गर्दै जाऊ 

बुद्धको देशलाई रक्तरंजित युद्धको रणभूमि बनाउँदै जाऊ 

नेपाल भारतसितको सम्बन्ध अझ सुध्रिदै जान्छ 

अझ गाढा हुृँदै जान्छ 

सुदृढ हृँदै जान्छ 

कम्युनिष्टको दुई तिहाईको सरकार छ तिम्रो साथमा यतिबेला  

खुदै प्रमुख प्रतिपक्ष पनि दाहिने हात छ तिम्रो यतिबेला 

उताको आदेश पर्खेर बस्ने जमात पनि त कम सहयोगी छैन तिम्रो आखिर

तिमीले चाहेमा

उताबाट आदेश आएमा

उताबाट आदेश पाएमा

रातारात 

नेपालको नक्शा नै बदल्न सक्दछौ 

नेपालको नक्शाको नक्शालाई जन्म दिनको केक बनाएर काट्न पनि सक्छौं 

लुन्डुपले जस्तै

कुर्सीसित सजिलै साट्न पनि सक्छौ 

सर्वशक्तिमान छौ तिमी यतिबेला

पक्कै फ्रान्सका ल्ुई चौधह जस्तै 

राज्य भनेको मै  तिमी हौ यतिबेला 

ऐन कानून संविधानभन्दा माथि छौ तिमी यतिबेला

आफ्नो शक्ति र सामथ्र्यको पुरा पुरा प्रयोग गर्दै जाउँ

मित्र राष्ट्रका सम्मानीय दूतलाई 

मध्यरातमा दर्शन दिए पनि भेट्दै जाऊ 

स्वागत सत्कार गर्दै जाऊ 

जे जे डिमाण्डको सूचि टेबल गर्दछन् 

जे जे योजना परियोजनाको रिपोर्ट पेश गर्दछन् 

माथिको आदेश मानेर 

कार्यावन्यन गर्दै जाऊ 

मावश्यक पर्दछ भने 

बादशाहलाई खुशी पार्न 

बिराधीहरूका खप्परमाथि लाठी र बुट बजार्दै जाऊ

पानीको फोहोराले अभिशेक गर्दै जाऊ 

गोलीको बर्षा गर्दै जाऊ 

सडक रक्ताम्मे पार्दै जाऊ

रगतको खोला बगाउँदै जाऊ 

यो देशका देशभक्त क्रान्तिकारीहरूमाथि झुठा मुद्धा लगाएर भए जेल भर्दै जाऊ

बोल्नेका मुख सिउँदै जाऊ 

लेख्नेका हातका औला काट्दै जाऊ

यसरी मात्र 

यस्तै यस्तै गरेर मात्र 

दक्षिणका बादशाह प्रसन्न हुन्छन्

नेपाल भारतसितको सम्बन्ध अझ सुध्रिदै जान्छ 

अझ गाढा हुृँदै जान्छ 

सुदृढ हृँदै जान्छ 

मलाई विश्वास छ 

तिमी टिक्यौ भने यो सब संभव छ 

तर मलाई ठूलो संदेह छ 

आखिर तिमी आफै पो टिक्छौ कि टिक्दैनौ ? 

२२–७–२०७७

७–११–२०२०



























































 

ृ 



 


 





























 

ृ 



 



 



 


 



 


Comments

Popular posts from this blog

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने...