Skip to main content

Posts

Showing posts from November, 2023

लेखन सामाग्री

  कुनै पनि लेखकलाई लेखन सामाग्री नभई नहुने कुरा हो । बिना लेखन सामाग्री कलम चलाउनु भनेको नमच्चिने पिङका सय झट्का जस्तै हो । अँध्यारोमा तिर चलाउनु जस्तै हो ।  हावामा खेती गर्नु जस्तै हो । कल्पनाको आकाशमा उडान भर्नु जस्तै हो । सपनाको संसारमा रमाउनु जस्तै हो । दूधको नदी बगाउँछु भन्नु जस्तै हो । स्वर्गमा जाने भराङ बनाउँछु भन्नु जस्तै हो । लेखकको लागि लेखन साम्राग्री समाजबाट नै प्राप्त हुन्छ । यस कुरामा कुनै संदेह छैन । समाजमा घट्ने घटना परिघटना वा सामाजिक क्रियाकलापबाट नै प्राप्त हुन्छ । यस कुरामा कुनै संदेह छैन । हाम्रो सामाजिक परिवेशबाट नै प्राप्त हुन्छ । यस कुरामा कुनै संदेह छैन । हाम्रो संघर्षमय जीवनबाट नै प्राप्त हुन्छ । यस कुरामा कुनै संदेह छैन ।  तर लेखकले समाजबाट उसको सामाजिक जीवनबाट प्राप्त गरेको अनुभव वा ऊ  आफू संलग्न रहेको वा साक्षात्कार  भएको वा साक्षी बनेको कुनै घटना परिघटना वा क्रियाकलाप त्यतिबेला उसको लागि मामूली कुरा हुन सक्दछ । सामान्य कुरा हुन सक्दछ । नगन्य कुरा हुन सक्दछ । महत्वहीन कुरा हुन सक्दछ । अर्थहीन कुरा हुन सक्दछ । लेखकलाई त्यतिबेला यो  कुरा थाहा पनि हुँदैन कि कु

सृजनाकौ उर्जा

  मलाई  कति बेला के कुरा  अनुभूत हुन्छ भने मभित्र लेख्न पर्ने अथाह कुरा छ ।  मभित्र नयाँ नयाँ सृजनाको लागि अथाह सामाग्रीको भण्डार छ । अथाह खानी छ ।  जुन भण्डार जति खाली गरे पनि रित्तिन । सिद्धिन्न । जुन खानी जति उत्खनन् गरे पनि समाप्त हुँदैन । सकिदैन । कतिबेला त मभित्र गुम्सिएर बसेका अनुभूति, अनुभवm.., भावना ,कल्पना तथा विचार बर्षाको भेल जस्तै यसरी उर्लेर आउँछन् कि तिनको बेगलाई थम्थमाएर राख्न निकै कठिन हुन्छ । बाँध बाँधेर राख्न निकै कठिन हुन्छ । तिनको तीव्र गतिलाई रोक्न हम्मे हम्मे पर्दछ ।  कसलाई व्यक्त गर्ने कसलाई व्यक्त नगर्ने भन्ने समस्याले सताउन थाल्दछ । कसलाई राख्ने कसलाई फाल्ने भन्ने समस्याले सताउन थाल्दछ । एकै चोटि सबै विषयमा कलम चलाउन सकिने कुरा भएन । यसैले आफूभित्र टुसाउन थालेका कति अनुभूति, कति अनुभव , कति कोपिला हाल्न थालेका भावना, कल्पना तथा कति  फुल्न फल्न थालेका बिचार त्यत्तिकै ओइलिएर जान्छन् । त्यत्तिकै झरेर जान्छन् । त्यत्तिकै मरेर जान्छन् ।  गर्भावस्थामा नै तुहेर जान्छन् । फेरि कति अवस्थामा कलम कागज लिएर वा  कम्युटेर खोलेर केही कोर्न बस्दा मलाई कस्तो अनुभूति हुन्छ भने

यात्रीप्रति

यात्रामा प्रस्थान गर्दा अगाडिको बाटो बन्द देखेर किन हिक्मत हार्दछौ यात्री किन हतोत्साहित हुन्छौ यात्री केवल तिमीमा साहस हुनु पर्दछ केवल तिमीमा आँट हुनु पर्दछ संसारमा लाखौं लाख बाटाहरू छन् यात्राका एउटा बाटो बन्द भए अर्को बाटो खुल्दछ एउटा दिशा गलत भए अर्को दिशातिर मोडिनु पर्दछ यात्रा त निरन्तर जारी राख्नु पर्दछ पूर्णविराम लाग्न दिनु हुन्न आफ्नो यात्रामा ओझेलमा पर्न हुँदैन आफ्नो यात्रालाई हिम्मत हारेर पछि हटियो भने निराश भएर यात्रालाई विश्राम दिइय ‍ ो भने कोही कहीं पुग्न सक्दैन यात्रा निरन्तर जारी राखिरहने कुरा हो यात्रा गन्तव्यमा पुग्नलाई हो यात्रा निरन्तर जारी नराखेको भए तेन्जिङ सगरमाथाको शिखरमा पुग्ने थिएनन् यात्रा निरन्तर जारी नराखेको भए बास्को डि गामाले इन्डिया पता लगाउन सक्ने थिएनन् यात्रा निरज्तर जारी नराखेको भए कोलम्बसले अमेरिकाको खोज गर्न सक्ने थिएनन् यात्रा निरन्तर जारी नराखेको भए नील आर्म स्ट्रन्गले चन्द्रमा पाइला टेक्न सक्ने थिएनन् यात्रा जारी नराखेक ‍ ो भए स ‍ ोक्रेटिज स ‍‍ ोक्रेटिज हुन सक्दैनथे यात्रा जारी नराखेको प्लेटो प्लेटो हुन सक्दैनथे एरिस्टोटल एरिस्टोटल हुन सक्दैनथे