Skip to main content

यात्रीप्रति


यात्रामा प्रस्थान गर्दा
अगाडिको बाटो बन्द देखेर
किन हिक्मत हार्दछौ यात्री
किन हतोत्साहित हुन्छौ यात्री
केवल तिमीमा साहस हुनु पर्दछ
केवल तिमीमा आँट हुनु पर्दछ
संसारमा लाखौं लाख बाटाहरू छन् यात्राका
एउटा बाटो बन्द भए अर्को बाटो खुल्दछ
एउटा दिशा गलत भए अर्को दिशातिर मोडिनु पर्दछ
यात्रा त निरन्तर जारी राख्नु पर्दछ
पूर्णविराम लाग्न दिनु हुन्न आफ्नो यात्रामा
ओझेलमा पर्न हुँदैन आफ्नो यात्रालाई
हिम्मत हारेर पछि हटियो भने
निराश भएर यात्रालाई विश्राम दिइयो भने
कोही कहीं पुग्न सक्दैन
यात्रा निरन्तर जारी राखिरहने कुरा हो
यात्रा गन्तव्यमा पुग्नलाई हो
यात्रा निरन्तर जारी नराखेको भए
तेन्जिङ सगरमाथाको शिखरमा पुग्ने थिएनन्
यात्रा निरन्तर जारी नराखेको भए
बास्को डि गामाले इन्डिया पता लगाउन सक्ने थिएनन्
यात्रा निरज्तर जारी नराखेको भए
कोलम्बसले अमेरिकाको खोज गर्न सक्ने थिएनन्
यात्रा निरन्तर जारी नराखेको भए
नील आर्म स्ट्रन्गले चन्द्रमा पाइला टेक्न सक्ने थिएनन्
यात्रा जारी नराखेको भए सोक्रेटिज स‍‍ोक्रेटिज हुन सक्दैनथे
यात्रा जारी नराखेको प्लेटो प्लेटो हुन सक्दैनथे
एरिस्टोटल एरिस्टोटल हुन सक्दैनथे
आइन्टाइन आइन्टाएन हुन सक्दैनथे
यात्रा जारी नराखेको भए
मार्क्स मार्क्स हुन सक्दैनथे
लेनिन लेनिन हुन सम्दैनथे
माओ माओ हुन सक्दैनथे
यात्राको बाटो सरल रेखा जस्तो सजिलो कहाँ हुन्छ र
बांगो टिंगो हुन्छ
कहाली लाग्दो छांगो हुन्छ
उकालो ओरालो भिरालो हुन्छ
पहाड पर्वत हुन्छ
डाँडा काँडा हुन्छ
भिर पाखा हुन्छ
खोला नाला हुन्छ
एक पछि अर्को चुनौतीले पच्छाइराखेको हुन्छ
फेरि पनि यात्रीले
हरेक चुनौतीको सामना गर्दै
बिघ्न बाँधालाई पार गर्दै
हिम्मत जुटाउँदै
आवश्यक परे बाटो बदलिंदै भए पनि
यात्रालाई फलदायी निष्कर्षमा पुराउने लक्ष्य लिनै पर्दछ
सफलताको थालेको यात्राले
विफलता पनि बेहोर्नु पर्ने हुन सक्दछ
फेरि पनि
हरेक विफलतालाई सफलतामा अनुवाद गर्ने अठोटलाई
हुँदैन दिन अलिकति पनि कमजोर हुन
साहससाथ अघि बढ्नु पर्दछ
साहसीले नै संसार हल्लाउन सक्दछ
साहसीले नै संसार फेर्न सक्दछ ।
१९-७-२०८०
५-११-२०२३

Comments

Popular posts from this blog

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...