Skip to main content

Posts

Showing posts from April, 2024

दिलबहादुर नेवारबारे भ्रम

  दिलबहादुर नेवारको सम्बन्धमा ज्ञानबहादुर छेत्रीको एउटा अनुसन्धानात्मक लेख उत्तर पूर्वी भारतीय नेपाली निवन्धः एक संक्षिप्त रूपरेखा ( रचना वर्ष ५१, पूर्णांक ११२ बैशाख जेठ२०६८ ) शीर्षकमा प्रकाशित भएको थियो । यस लेखमा उनले दिलबहादुर नेवारको बिचारमा डुवेको मान्छे लेखको चर्चा गरेका छन् । उनले टिप्पणीमा भनेका छन् — उत्तर पूर्वी भारतको पहिलो निबन्ध कुन हो भन्ने कुरामा लेखकहरू एक मत भएका देखिंदैनन् । नेपाल साहित्य परिषद, असमको मुखपत्र परिषद पत्र ( पृ. १४३ ) मा दिलबहादुर नेवारको बिचारमा डुबेको मान्छेको प्रकाशन वर्ष वि. स. २०२७ देखाइएको छ । तदनुसार प्रा दुर्गा प्रसाद घिमिरेको साधना (  पृष्ठ ३४ ) मा उक्त ग्रन्थको प्रकाशनकाल सन् १९७० भनिएको छ । डा. भीमकान्त उपाध्यायको केही समीक्षात्मक निवन्धहरू शीर्षक ग्रन्थ (  पृ १ ) मा कृष्णप्रसाद ज्ञवालीको पीपलको  छहारीलाई उ. पूं भारतको पहिलो निबन्ध संकलन भन्ने उल्लेख पाइन्छ । मेघालयका शोधकर्ता गोविन्दसिंह रावतको शोधपत्र नेपाली साहित्यमा मेघालयको अवदान (  पृ ६३ ) मा विचारमा डुवेको मान्छेको मान्छेको प्रकाशन १९६० सन् उल्लेख छ तर त्यो ग्रन्...

जीवनका बाटाहरू रोज्ने निर्णय

मान्छेका जीवनका बाटाहरू एक होइन अनेक हुन्छन् । आफू कुन बाटो हिंड्ने त्यो कुरा मान्छेले आफै चुन्नु पर्ने हुन्छ । आफै तय गर्नु पर्ने हुन्छ ।  तर त्यसरी आफू हिंड्ने बाटो चुन्न त्यति सजिलो भने हुँदैन । त्यति सहज भने हुँदैन । फेरि पनि कति मान्छेले आफू हिंड्ने बाटो बडो सहज  तरिकाले नै चुन्छन् । तर कति मान्छेलाई आफू हिंड्ने बाटो चुन्न निकै कठिन हुन्छ । पहाड पल्टाउनु जस्तै हुन्छ । प्रशस्त समय लाग्दछ । त्यस अवस्थामा उनीहरू अरु कसैले चुनिदिएको बाटो हिंड्नु पर्ने पनि हुन सक्दछ । नेपालीमा एउटा उखान छ आफ्नो बुद्धिले बरु जोगी हुनु अर्कोको बुद्धिले राजा नहुनु । नेपालीमा यस्तो भनाइ पनि छ — सुन्नु सबैका कुरा तर चल्नु आफ्नो  हिसाबले । आफ्नो निर्णयले ।  आफ्नै बुद्धिले ।  कुरा यस्तो भए पनि साँचो कुरा त के हो भने कहिले आफ्नो बुद्धिले चल्दा पनि धोका पाइन्छ । फेरि कहिले अर्कोको बुद्धिमा चल्दा पनि सफलता प्राप्त गर्न सकिन्छ । कुरा जे भए पनि आफ्नो बुद्धिले चल्नु राम्रो कुरा हो । आफ्नो बुद्धिले चल्न मान्छेमा निर्णय गर्ने क्षमता चाहिन्छ । उसले कुनै पनि कुरामा तुरुन्त निर्णय लिन सक्ने क्षमत...

छोरीको प्रश्न

  बुबा एक किलो गहुँलाई कति पर्दछ  म छतमा चरालाई चारो हालिदिन्छु  म संझिन्छु  आमाले छतमा कौवालाई रोटी राखिदिनुहुन्थ्यो  जहाँ गएको भए पनि कौवा  रोटी खान आउँथ्यो  मैले छोरीलाई भने  मकै छन्  मकै राखिदेऊ  उत्कर्षा भन्दछे मकै भंगेराले चपाउन सक्दछ र  म भन्दछु  मकैको आटा होला  त्यही राखिदिनु  चामल राखिदिए पनि हुन्छ  म गंभीर भएको देखेर  छोरी प्रश्न गर्दछे  क सोंच्दै हुनुहुन्छ  म भन्दछु केही सोंचको छैन  सोंच्न त सोचिरहको छु  २०८१ साल लागिसक्यो  रविलाल अधिकारीको साहित्य सारथीमाथि टिप्पणी अलिकति त लेखेको छु  पुरा भएको छैन  उता काडमाण्डुबाट  मित्र कृष्णले एस एम एस गर्नु भएको थियो तपाईं दर्शन सम्बन्धि लेख आएन  अस्ति चैत मसान्तमा लेख पुरा गरेको थिएँ तर फेरि लेखमा केही थप्न मन लागेको छ  पुरा गरें भनेको लेख पनि पुरा भए जस्तो लागेको छैन  उता शिलाङबाट मित्र नरबहादुर राईले  फोन गरेको पनि महिना दिनभन्दा बढ्ता भयो भन्नु भएको थियो  मादल निस्किंदै छ  तपाईंका लेख ...