Skip to main content

छोरीको प्रश्न

 

बुबा एक किलो गहुँलाई कति पर्दछ 

म छतमा चरालाई चारो हालिदिन्छु 

म संझिन्छु 

आमाले छतमा कौवालाई रोटी राखिदिनुहुन्थ्यो 

जहाँ गएको भए पनि कौवा 

रोटी खान आउँथ्यो 

मैले छोरीलाई भने 

मकै छन् 

मकै राखिदेऊ 

उत्कर्षा भन्दछे

मकै भंगेराले चपाउन सक्दछ र 

म भन्दछु 

मकैको आटा होला 

त्यही राखिदिनु 

चामल राखिदिए पनि हुन्छ 

म गंभीर भएको देखेर 

छोरी प्रश्न गर्दछे 

क सोंच्दै हुनुहुन्छ 

म भन्दछु केही सोंचको छैन 

सोंच्न त सोचिरहको छु 

२०८१ साल लागिसक्यो 

रविलाल अधिकारीको साहित्य सारथीमाथि टिप्पणी अलिकति त लेखेको छु 

पुरा भएको छैन 

उता काडमाण्डुबाट 

मित्र कृष्णले एस एम एस गर्नु भएको थियो

तपाईं दर्शन सम्बन्धि लेख आएन 

अस्ति चैत मसान्तमा लेख पुरा गरेको थिएँ

तर फेरि लेखमा केही थप्न मन लागेको छ 

पुरा गरें भनेको लेख पनि पुरा भए जस्तो लागेको छैन 

उता शिलाङबाट मित्र नरबहादुर राईले 

फोन गरेको पनि महिना दिनभन्दा बढ्ता भयो

भन्नु भएको थियो 

मादल निस्किंदै छ 

तपाईंका लेख चाहियो 

मैले शिलाङ नेपाली भाषा साहित्यको इतिहास झल्काउने लेख लेख्न त शुरु गरें

पूरा भएको छैन 

पाल्पाबाट मित्र भट्टराई फोन गर्दै हुनुहुन्थ्यो 

तपाईंले देखेको बुटवलको बारेमा लेख लेख्नु भयो 

मैले भनेको थिएँ 

प्रेसमा पत्रिका पुराउने बेलामा फोन गर्नु होला

तुरुन्त लेखेर पठाउने छु 

यता हिजो प्रवासमा काम गरेका साथीहरूले 

एक देव आलेको बारेमा लेखिएको स्मृति ग्रन्थ ल्याएर छोडेको पनि महिनौं भयो 

भन्नु भएको थियो 

यही पत्रिका पढेर एक देव आलेको बारेमा केही कोर्नु होला

मैले एक देव आलेलाई भेटे जस्तो लाग्दैन 

उनको बारेमा सुनेको मात्र हुँ 

पत्रिका पढेर 

उनको बारेमा केही कोर्न भ्याएको छैन 

केही दिन अधि काढमाण्डुबाट एक जना साथीले फोन गर्नु भएको थियो 

इच्छुक पत्रिका प्रकशित हुँदैछ 

जुन सुकै लेख भए पनि पठाइदिनु होला 

मित्रले इमेल नै नपठाए पछि 

लेख कहाँ पठाउनु्

फोन गरुँ भने फोन नम्बर नै छैन 

केही वर्ष अघि राजधानीबाट एक जना मित्रले 

रचना पठाउन अनुरोध गर्नु भएको थियो 

बल्ल बल्ल समय निकालेर रचना तयार पारेर फोन गरें

रचना पठाइदिउँ

जबाब आयो 

पत्रिका प्रकाशित भइसक्यो 

म भर्खर कम्युटरमा बसेको थिएँ

अधुरा काम पुरा गर्दछु भनेर 

ज्ञानुले भनिन्

छतमा आज त पानी हाल्नु होला 

फूल बिरुवाहरू ओइलाई सके ।

४—१—२०८१

१६—४—२०२४


 


Comments

Popular posts from this blog

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने...