Skip to main content

छोरीको प्रश्न

 

बुबा एक किलो गहुँलाई कति पर्दछ 

म छतमा चरालाई चारो हालिदिन्छु 

म संझिन्छु 

आमाले छतमा कौवालाई रोटी राखिदिनुहुन्थ्यो 

जहाँ गएको भए पनि कौवा 

रोटी खान आउँथ्यो 

मैले छोरीलाई भने 

मकै छन् 

मकै राखिदेऊ 

उत्कर्षा भन्दछे

मकै भंगेराले चपाउन सक्दछ र 

म भन्दछु 

मकैको आटा होला 

त्यही राखिदिनु 

चामल राखिदिए पनि हुन्छ 

म गंभीर भएको देखेर 

छोरी प्रश्न गर्दछे 

क सोंच्दै हुनुहुन्छ 

म भन्दछु केही सोंचको छैन 

सोंच्न त सोचिरहको छु 

२०८१ साल लागिसक्यो 

रविलाल अधिकारीको साहित्य सारथीमाथि टिप्पणी अलिकति त लेखेको छु 

पुरा भएको छैन 

उता काडमाण्डुबाट 

मित्र कृष्णले एस एम एस गर्नु भएको थियो

तपाईं दर्शन सम्बन्धि लेख आएन 

अस्ति चैत मसान्तमा लेख पुरा गरेको थिएँ

तर फेरि लेखमा केही थप्न मन लागेको छ 

पुरा गरें भनेको लेख पनि पुरा भए जस्तो लागेको छैन 

उता शिलाङबाट मित्र नरबहादुर राईले 

फोन गरेको पनि महिना दिनभन्दा बढ्ता भयो

भन्नु भएको थियो 

मादल निस्किंदै छ 

तपाईंका लेख चाहियो 

मैले शिलाङ नेपाली भाषा साहित्यको इतिहास झल्काउने लेख लेख्न त शुरु गरें

पूरा भएको छैन 

पाल्पाबाट मित्र भट्टराई फोन गर्दै हुनुहुन्थ्यो 

तपाईंले देखेको बुटवलको बारेमा लेख लेख्नु भयो 

मैले भनेको थिएँ 

प्रेसमा पत्रिका पुराउने बेलामा फोन गर्नु होला

तुरुन्त लेखेर पठाउने छु 

यता हिजो प्रवासमा काम गरेका साथीहरूले 

एक देव आलेको बारेमा लेखिएको स्मृति ग्रन्थ ल्याएर छोडेको पनि महिनौं भयो 

भन्नु भएको थियो 

यही पत्रिका पढेर एक देव आलेको बारेमा केही कोर्नु होला

मैले एक देव आलेलाई भेटे जस्तो लाग्दैन 

उनको बारेमा सुनेको मात्र हुँ 

पत्रिका पढेर 

उनको बारेमा केही कोर्न भ्याएको छैन 

केही दिन अधि काढमाण्डुबाट एक जना साथीले फोन गर्नु भएको थियो 

इच्छुक पत्रिका प्रकशित हुँदैछ 

जुन सुकै लेख भए पनि पठाइदिनु होला 

मित्रले इमेल नै नपठाए पछि 

लेख कहाँ पठाउनु्

फोन गरुँ भने फोन नम्बर नै छैन 

केही वर्ष अघि राजधानीबाट एक जना मित्रले 

रचना पठाउन अनुरोध गर्नु भएको थियो 

बल्ल बल्ल समय निकालेर रचना तयार पारेर फोन गरें

रचना पठाइदिउँ

जबाब आयो 

पत्रिका प्रकाशित भइसक्यो 

म भर्खर कम्युटरमा बसेको थिएँ

अधुरा काम पुरा गर्दछु भनेर 

ज्ञानुले भनिन्

छतमा आज त पानी हाल्नु होला 

फूल बिरुवाहरू ओइलाई सके ।

४—१—२०८१

१६—४—२०२४


 


Comments

Popular posts from this blog

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कलम

  म देख्दछु एउटा गोठालोले हर हमेशा हँसिया खुर्पेटो भिरेर हिंड्दछ । एउटा हलीले हमेशा हलो जुआ बोकेर हिंड्छ । एउटा किसानले हमेशा एउटा कुटो कोदालो लिएर हिंड्छ । एउटा मजदुरले हमेशा एउटा हथौडा लिएर हिंड्दछ । एउटा भरियाले हमेशा एउटा नाम्लो लिएर हिंड्दछ । एउटा शिकारीले हमेशा एउटा बन्दुक बोकेर हिंड्दछ । एउटा सिपाहीले हमेशा एउटा खुकुरी भिरेर हिड्दछ । एउटा दमाईले हमेशा एउटा सुजेरो लिएर हिंड्दछ । एउटा काठकर्मीले हमेशा आरी , थेवे तथा रंजा बोकेर हिंड्दछ । एउटा इेलेक्ट्रेशियनले हमेशा एउटा टेस्टर लिएर हिंड्छ । एउटा शिक्षकले हमेशा चक डस्टर लिएर हिंड्दछ । एउटा पुरोहितले हमेशा पोस्तकको कुटिरो बोकेर हिंड्दछ । एउटा ज्योतिषले हमेशा एउटा पात्रो बोकेर हिंड्दछ । एउटा भिक्षुले हमेशा एउटा माला बोकेर हिड्दछ ।  एउटा विद्यार्थीले हमेशा स्कुल व्याग बोकेर हिंड्दछ । एउटा भिखारीले हमेशा एउटा झोली बोकेर हिंड्दछ । एउटा पार्टीको कार्यकर्ताले हमेशा एउटा पम्पलेट बोकेर हिंड्दछ । एउटा व्यापारीले हमेशा एउटा क्याटलग बोकेर हिंड्दछ । एउटा जलेरीले हमेशा एउटा जाल बोकेर हिंड्दछ । एउटा खेलाडीले हमेशा बल बोकेर हिंड्दछ । एउटा ...