Skip to main content

दिलबहादुर नेवारबारे भ्रम

 


दिलबहादुर नेवारको सम्बन्धमा ज्ञानबहादुर छेत्रीको एउटा अनुसन्धानात्मक लेख उत्तर पूर्वी भारतीय नेपाली निवन्धः एक संक्षिप्त रूपरेखा ( रचना वर्ष ५१, पूर्णांक ११२ बैशाख जेठ२०६८ ) शीर्षकमा प्रकाशित भएको थियो । यस लेखमा उनले दिलबहादुर नेवारको बिचारमा डुवेको मान्छे लेखको चर्चा गरेका छन् । उनले टिप्पणीमा भनेका छन् — उत्तर पूर्वी भारतको पहिलो निबन्ध कुन हो भन्ने कुरामा लेखकहरू एक मत भएका देखिंदैनन् । नेपाल साहित्य परिषद, असमको मुखपत्र परिषद पत्र ( पृ. १४३ ) मा दिलबहादुर नेवारको बिचारमा डुबेको मान्छेको प्रकाशन वर्ष वि. स. २०२७ देखाइएको छ । तदनुसार प्रा दुर्गा प्रसाद घिमिरेको साधना (  पृष्ठ ३४ ) मा उक्त ग्रन्थको प्रकाशनकाल सन् १९७० भनिएको छ । डा. भीमकान्त उपाध्यायको केही समीक्षात्मक निवन्धहरू शीर्षक ग्रन्थ (  पृ १ ) मा कृष्णप्रसाद ज्ञवालीको पीपलको  छहारीलाई उ. पूं भारतको पहिलो निबन्ध संकलन भन्ने उल्लेख पाइन्छ । मेघालयका शोधकर्ता गोविन्दसिंह रावतको शोधपत्र नेपाली साहित्यमा मेघालयको अवदान (  पृ ६३ ) मा विचारमा डुवेको मान्छेको मान्छेको प्रकाशन १९६० सन् उल्लेख छ तर त्यो ग्रन्थलाई पहिलो ग्रन्थ भनिएको छैन । डा. खेमराज नेपाल भने नेवारको ग्रन्थलाई नै उ. पू. भारतको पहिलो निबन्ध कृति मान्छन् (  कोशेढुंगा वर्ष ५ अंक १० पृ ५५ स. दिनेश पौडेल, इटहरी ) ।

तुलबहादुर छेत्री मालेमाको सम्पादनमा  १९७३ मा प्रकाशित मेरो अनुसन्धनात्मक लेख नेपाली भाषा साहित्यको विकासमा शिलाङका योगदान १९७३ मा दिलबहादुर नेवारको नाम उल्लेखसम्म गरिएको भए पनि त्यसमा उनले विचारमा डुवेको मान्छे शीर्षकमा कुनै ग्रन्थ लेखेको कुरा उल्लेख गरिएको छैन । त्यसरी नै प्रा गोपीनारायण प्रधान र म समेत सम्पादक रहेको मादल पत्रिकामा १९७४ मा मादलको चौथो घन्काइमा प्रकाशित मेरो पूर्वांचलको साहित्य र साहित्यकार सम्बन्धी अनुसन्धानात्मक लेखमा पनि दिलबहादुर नेवारका नामसम्म उल्लेख गरिएको भए पनि उनको बिचारमा डुवेको ग्रन्थको बारेमा कुनै चर्चा छैन ।

मलाई लाग्दछ दिलबहादुर नेवारले कलम चलाउन थालेको १९६५ पछि नै हो । मैले सुन अनुसार त्यतिबेला शिलाङबाट प्रा गोपीनारायण प्रधानको सम्पादनमा नेपाली साहित्यकार सम्पर्क समिति, शिलाङको मुखपत्रको रूपमा १९६४ मा प्रकाशित आशा 

पत्रिकामा दिलबहादुर नेवारले छाप्न दिएको रचना प्रकाशित भएन । प्रकाशन योग्य मानिएन । यस स्थितिमा कृष्णप्रसाद ज्ञवालीले दिलबहादुर नेवारलाई आफ्रनै पत्रिका प्रकाशित गर्ने सल्लाह दिए ।  त्यस पश्चात कृष्णप्रसासद ज्ञवाली सम्पादक र दिलबहादुर नेवार प्रकाशक रहेको सुमन पत्रिका जन्म्यो ।  सुमन पत्रिका सम्पादन कृष्ण प्रसाद ज्ञवाली गर्दथे र त्यसको प्रकाशनको सम्पूर्ण खर्च दिलबहादुर नेवार बेहार्थे ।  यसमा दिलबहादुर नेवारका रचना छापिने नै भए । छापिन थाले । सुमन पत्रिका शिलाङको कमला आर्ट प्रेसले भनेको बेलामा नछापिदिएको हुनाले ज्ञवाली कै सल्लाहमा दिलबहादुर नेवारले सुमन प्रिन्टिङ प्रेस राखे । उनी गुडवाला महाजन भनिन्थे र आफू गुड बेचेर नै बस्दथे । सुमन प्रेस संचालन गर्न एकजना विहारी कर्मचारी राखेका थिए । म्यानेजर राखेका थिए । उनको व्यापारको हिसाब किताव दुरुस्त गर्न एकजना मारवाडी मारवाडी खटिएका थिए । कृष्णप्रसाद ज्ञवालीसित मन थियो र दिलबहादुर नेवारसित धन थियो । यी  दुई चीज मिले पछि भाषा साहित्यको कार्य अघि बढ्नै भयो ।  बढ्यो पनि ।

दिलबहादुर नेवार कुनै पढेलेखेका व्यक्ति होइनन् । उनी आपफ्नो नाम दिलबहादुर नेवार पनि शुद्ध लेख्न सक्दैनथे ।

उनी पूर्वी नेपालमा एउट अत्यन्त विपन्न परिवारमा जन्मेका व्यक्ति हुन्  । उनी भन्दछन् भोका लाग्दा उनले वन जंगलमा भैसींको थनबाट नै दूध पिउँथे । 

पछि उनी केही गर्न सकिन्छ कि भनेर शिलाङ पुगे । शुरुमा उनले शेरवहादुर थकालीको होटलमा भाँडा माझे । भाडा माझ्दा एउटा गिलास फुटेछ । किन गिलास फुटालिस भनेर थकालीले गाली गरेछन् । दिलबहादुर नेवारले अर्को गिलास पनि फुटालेर होटलको काम छोडेछन् । उनी नाम्लो काँधमा लिएर भारी बोक्न थालेछन् । बस स्टेशन वरिपरि डुल्ने र भारी पाए बोक्ने काम गर्न थालेछन् । उनी यात्रीहरूका भरिया बनेछन् । व्यापारीहरूका भरिया बनेछन् । भारी बोकेर दुई चार पैसा भए पछि उनले आफ्रनी श्रीमतीलाई नाङ्ले पसलमा व्यापार गर्न लगाएछन् । आफू भारी बोक्न हिंड्ने गरेछन् । केही पैसा जम्मा भए पछि उनले गुँडको खेलो शुरु गरेछन् । शिलाङमा रक्सी पार्न खुब गुँड बिकी्र हुँदो रहेछ । पछि यिनै दिलबहादुर नेवार गुँडका होल सेलर बने । शिलाङमा उनी गुडवाला महाजनको नामले जानिन थाले ।  उनले बडाबजारमा ठूलै प्रेस राखे पनि  आफू गुडको पसलमा गुँड बेचेर बस्थे । प्रेस म्यानेजरले नै चलाउँथ्यो । 

सहकारी समीक्षा पत्रिकाको सम्पादन प्रा गोपीनारायण प्रधानले गरिदिने गरेको भए पनि त्यसको सम्पादक भने दिलबहादुर नेवार नै  रहेका थिए ।

मैले शिलाङमा दिलबहादुर नेवारलाई भेट्दा उनी सुकिलो धोती र सर्ट र अस्कोट लगाएर गुडको पसलमा बस्दथे । गुँड पसलमा बस्ने युवकले गुँड बेच्ने गर्दथ्यो । उनी गुँडको पसलमा जति बेला पनि किताव पढेर बस्दथे । उनको गुँड पसल उनको पुस्तकालय जस्तो भएको थियो ।  सामुन्ने उनले बेद उपनिषद्  गीता आदि धर्म ग्रन्थका साथसाथै थुप्रै साहित्यिक  पुस्तक टन्न चिनेर राखेका थिए ।  ती किताब उनी कति पढेदथे र कति बुझ्दथे म भन्न सक्दिनं । तर मैले भेट्दा उनी अध्ययनमा नै व्यस्त रहन्थे ।

दिलबहादुर नेवार शिलाङमा नेपालीमा सबभन्दा धनी व्यक्ति गनिन थालेका थिए । कसैलाई पैसा चाहिएमा दिलबहादुर नेवारलाई नै गुहार्न पर्दथ्यो । हिजो उनलाई भाँडा मझाउने शेरबहादुर थकालीलाई पनि पैसोकामे गर्जौ पर्दा यिनै दिलबहादुर नेवारलाई गुहार्नु पर्दथ्यो । चुनावको बेलामा मेघालय सरकार पनि यिनकै पैसाको बलमा  अघि बढ्थ्यो । यिनले भारत सरकारलाई मागेको पैसा बुझाएर रुसमा ओलम्पिक खेल हेर्न पनि भ्याएका थिए । रुस गएको बेलामा यिनले बेलायत लगायत युरोपका थु्प्रै देश पनि घुम्न भ्याएका थिए ।  मैले युरोप जस्तो लाग्यो भन्दै प्रतिक्रिया माग्दा उनले भनेका थिए युरोपको के कुरा गर्नु । इंडिया त बस्ने ठाउँ नै होइन ।

दिलबहादुर नेवारबाट समाजले निकै धेरै नै आर्थिक सहयोगको अपेक्षा राख्दथ्यो । यसैले उनलाई शिलाङका प्राय सबेै संघ सस्थामा सम्पानित पदमा राखिने गरिन्थ्यो । शिलाङमा आयोजित विविध कार्यक्रममा उनलाई प्राय मुख्य अतिथिको रूमा निमन्त्रित गरिन्थ्यो ।

यिनै दिलबहादुर नेवारलाई एकपल्ट  खसिया आन्नदोलनकारीले उनी घरबाट निस्केर कारमा चढ्ने बेलामा अपहरण गर्यो । उनकमा छोराले पत्रिकामा छपाए बुबाले यस्तो यस्तो दवाई सेवन गर्नु हुन्छ । उपलब्ध गराइदिनु होला । दिलबहादुर नेवारले खसिया आन्दोलनकारी युवकलाई भने मलाई सरकारको कुनै डर छैन । सरकार त मेरै मुठीमा छ भन्दा पनि हुन्छ । डर छ त तिमीहरूको ।  मैले खजाना खोलिदिन्छु चाहिएको पैसा लैजाऊ । आफूलाई चाहिने जति पैसा लिएर दिलबहादुर नेवारलाई खसियाहरूले सुरक्षित रूपमा स्वतन्त्र गरिदिएका थिए । अपहरणबाट मुक्त गरिदिएका थिए ।

भारतको सुप्रसिद्ध विश्व विद्यालय जवाहरलाल युनिवर्सिटीमा तत्काली प्रोफेसर तथा नेपाली साहित्यका प्रसिद्ध समालोचक डा. ईश्वर बराल शिलाङमा स्थित उनको आलीशान भवनमा बसेर कैयौं महिना व्यतीत गर्दथे  । शायद उनलाई लेखन कार्यमा सहयोग गर्दथे ।

दिलबहादुर नेवारको आफ्रनै सुमन छापाखाना भएर पनि दार्जीलिङका श्याम व्रर्दशलाई पैसा दिएर उसैलाई प्रकाशक राखी आफ्ना पुस्तक प्रकाशित गर्दथे ।  यस्तो सुनिन्थ्यो । वास्तवमा उनका कति पुस्तक श्याम व्रदर्शले प्रकााशित गरिदिएको थियो ।

नेपाली साहित्यको इतिहासमा दिलबहादुर नेवारको नाम ठूला निबन्धकारको रूपमा लिपवद्ध भएको छ । पूर्वांचलका अरु दिग्गज निबन्धकारको नाम नेपाली साहित्यको इतिहासमा पढ्न पाइन्न । तर दिलबहादुर नेवारको नाम अवश्य पढ्न पाइन्छ । यसरी दिलबहादुर नेवारले जति धेरै धनपैसा कमाउनमा नाम कमाएका छन् उति साहित्य सृजनको क्षेत्रमा पनि नाम कमाएका छन् ।  उनले आफ्नै हातले एक दुई पुष्ठ लामो निवब्ध शुद्ध अक्षरमा लेख्न नसके पनि नेपाली साहित्य जगत उनलाई ठूला निबन्धकारको रूपमा चिन्दछ । निवन्धका ग्रन्थकारको रूपमा चिन्दछ ।

कति दिग्गज विद्धानहरूले दिलबहादुर नेवारलाई पूर्वांचल भारत कै  सबभन्दा जेठो निबन्ध ग्रन्थका रचयिताको रूपमा प्रस्तुत गरेको देख्दा दिलबहादुर नेवारलाई नजिकबाट चिन्ने जान्ने जुनसुकै व्यक्तिलाई पनि खस खस लाग्न सक्दछ । कुरा जे भए पनि दिलबहादुर नेवारको सही मूल्याँकन हुनु पर्दछ । उनी जे हुन् त्यही हुनु पर्दछ ।

यिनै दिलवहादुर नेवारलाई नेपालमा विशेष कार्यक्रममा भाग लिन आमन्त्रित गरिएको अवस्थामा शिलाङबाट निस्केर उनी एक दुई किलोमिटर वर आउँदा कार दुर्घटनामा परी उनको असामयिक दुखद निधन हुन पुगेको थियो । उनको दुखद मृत्यु भएका दुई  दशकभन्दा बढी समय भयो होला ।

अन्त्यमा म के भन्न चाहन्छु भने दिलबहादुर नेवार उ. पू.का सबभन्दा जेठा निबन्धका ग्रन्थका रचयिता ठान्नु तथ्यसंगत कुरा हुँदैन कि ?

१२—१—२०८१


२४—४—२०२४


 


Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

सुमिनाको वागी स्त्रीको आत्मकताको एक अध्ययन

  सुमिनाको बागी स्त्रीको आत्मकथा नाममा उनको २०८० सालको पहिलो कविता संकलन प्रकाशित भएको छ । शायद यो बर्षको महिला हस्ताक्षरको यो एउटा सबभन्दा बडी चर्चित तथा महत्वपूर्ण साहित्यिक कृति हो । यो कुनै एक व्यक्तिको आत्मकथाको पुस्तक जस्तो सुनिन्छ । कसैको निजी आत्मकथा जस्तो लाग्दछ । तर कुरो यसो होइन । यो कविता संकलन हो । कविले मुख्यत महिलाहरूका समस्या र वेदनालाई आफ्ना कवितामा वाणी दिएको हुनाले यसलाई आत्मकथा पनि  भन्न सकिन्छ । तर यो आत्मकथा कुनै एक खास महिलाको जीवनमा आधारित नभएर आम महिलाको जीवनसित सम्बन्धित छ पनि भन्न सकिन्छ । यस कविता संकलनका कविताले कुनै एक खास महिलाको आवाजलाई बुलन्द गरेको देखिए पनि यसले आम महिलाको जीवनलाई प्रतिनिधित्व गरेको देखिन्छ । यस कविता सकलनले महिला कुनै न कुनै रूपमा पुरुषद्वारा पीडित भएको कुरालाई प्रतिबिम्बित गर्दछ । यस कविता संकलनमा मुख्यत पूँजीवादी समाजमा हुर्के बढेका महिलाहरूको चित्रण गरेको छ । उनीहरूको व्यथा कथालाई वाणी दिएको छ  ।  महिला सदा सर्वदा पुरुषद्वारा शोषित पीडित रहे भएको कुरा भने साँचो होइन । यस समाजलाई माक्र्सले मुख्यत ६ युगमा विभाजित गरेका छन् ।  आदिम सा