भन्न त कतिपय साहित्यकारले आफूले स्वान्त सुखाय लेखेको कुरा पनि गर्दछन् । तर यस कुरामा त्यति सत्यता छैन । हुँदैन । यथार्थमा जुनसुकै साहित्यकारले आफूले लेखेका कुरा पाठक समक्ष पुराउन खोज्दछन् । जनताका बीचमा पुराउन चाहन्छन् । यो साहित्यकारहरूमा रहेको आम प्रवुत्ति नै हो । साहित्यकारले आफ्ना कुरा कुनै माध्ययमद्वारा व्यक्त गरेर संतुष्टि प्राप्त गर्ने कुरा त छँदै छ । उनीहरूले प्राप्त गर्ने अर्को संतुष्टि उनका अभिव्यक्ति पाठकसामु पुराउनु नै हो । हुन त साहित्य सृजना नै साहित्यकारको प्रमुख लक्ष्य हो । यस अर्थमा आफ्ना सृजना पाठकसामु पराउने कुरा तपसिलमा पर्दछन् । लेखक कवि वा साहित्यकारले परस्परमा आफ्ना सृजना पढेर सुनाएर पनि एक प्रकमारले पाठकसम्म आफ्ना रचना पुगेको अनुभूति लिन सक्दछन् । संतुष्टि लिन सक्दछन् । यसबाट उनीहरूलाई के पनि अतिरिक्त लाभ हुन सक्दछ भने यसबाट उनीहरू परस्परमा फिड व्याक प्राप्त गर्न सक्दछन् । आफ्ना रचनालाई परिमार्जित गर्न आवश्यक सुझाव सल्लाह प्राप्त गर्न सक्दछन् । सामान्य लेख रचना त पत्र पत्रिकामा प्रकाशित गरेर पनि पाठकसामु आफ्ना सृजना पठाउन सकिन्छ । तर पुस्तक आकारका लेख रचना