Skip to main content

धर्मराज थापालाई भेट्दा

 



चोर पनि होइनौ तिमी डाँकुु पनि होइनौं

सामन्तको बीचमा नाच्ने पनि होइनौं 

कहाँ गयौ बीर के आई सिंह जेलखाना तोडेर 

धर्मरजा थापाले गाएका थिए यो गीत डाँडा काँडा थर्काउने गरी कुनै दिन ।

धुरु धुरु नरोऊ आमा तिम्रो आँशु पुछेर छाडौला ......... निकै चर्चित थियो  यो गीत कुनै दिन धर्मराज थापाले गाएको । धेरैका मुख मुखमा हुन्थ्यो यो गीत त्यतिबेला । 

नेपालीले माया मार्यौ बरिलै  जन्मेको देशलाई नेपाली भषलाई नेपालीले माया मार्यौ बरिलै 

कुनै दिन नेपालका डाँडा काँडा बन जंगल भीर पाखामा गुन्जिन्थ्यो यो गीत पनि । यो गीत आजभोलि कतै गाइन्न । कतै गुन्जिन्न । तर हिजोभन्दा आज यो गीत अझ बढी सान्दर्भिक होला जस्तो अवस्था सृजित भएको छ यो देशमा ।

हरियो डाँडामाथि....... जस्ता निकै चर्चित लोकगीत गएका थिए धर्मराज थापाले कुनै दिन आफ्नो सुमधुर स्वरमा । 


आज मादल बज्यो किन .....यो पनि धर्मराजाको निकै लोकप्रिय चर्चित गीत थियो । धेरै मन पराइएको गीत थियो धर्मराज थापाको कुनै दिन । 

घर सम्झी रोएको होला डाँडा काटी  गएको .नेपाली धर्मराज  थापाले गाएको यो गीतले पनि तहल्का मच्चाएको थियो कुनै बेला । नेपालीका आत्मा बोलेको थियो कुने बेला यस गतिमा ।

हो, कुनै समयमा लोकगीत गायकको रूपमा निकै चर्चित थिए धर्मराज थापा । निकै लोकप्रिय थिए धर्मराज थापा । जनप्रिय थिए धर्मराज थापा ।  कास्की पोखराको बाटुले चौरमा जन्मेका धर्मराज थापा (  १९८१— २०७१ ) ले प्राय एक छत्र राजा गरेका थिए त्यतिबेला लोकगीतको क्षेत्रमा  । नेपाली लोकगीतका संसारमा ।   

कुनै बेला गाउँ शहर जगाउँदै हिंडेका थिए धर्मराज थापा । प्रगतिशील चेतना जगाउँदै हिंडेका थिए धर्मराज थापा ।

देश विदेश हिंडेका थिए धर्मराज थापा । गीत गाउँदै । नेपाली समाजलाई जगाउँदै । 

मैले विद्यार्थीकालमा खुब सुन्दथें धर्मराज थापाका गीतहरू । लोकगीतहरू । कण्ठस्थ पनि पारेको थिएँ मैले त्यतिबेला कैयौं गीतहरू त्यतिबेला ।

धर्मराज थापा  लोकगीतका सर्जक थिए । गायक थिए । संकलक थिए । प्रचारक थिए । अनुसन्धाकर्ता थिए । संरक्षक थिए । अभियन्ता थिए । त्यतिबेला सबैका मुख मुखमा झुष्डिएको थियो धर्मराज थापाको नाम । 

म गल्कोट छँदा निकै सुनेको थिएँ धर्मराज थापाका नाम । धर्मराजा थापाका लोकगीतहरू ।

जब म १९६६ मा शिलाङमा पुगें । त्यतिबेला थाहा पाएँ जनकवि केशरी  धर्मराज थापा शिलाङ पुगेका थिए जनकवि गोकुल जोशीसित । त्यतिबेला उनी कलकत्ता पनि पुगेका थिए । देहरादुन पनि पुगेका थिए । दार्जीलिङ पुगेका थिए । थाहा छैन अरु कुनि कुन कुन ठाउँमा पुगेका थिए ।  मैले सुने बुझे अनुसार शिलाङमा निकै धेरै प्रभाव परेको थियो धर्मराज थापाको । ठूलो छाप परेको थियो धर्मराज थापाको ।  उनी शिलाङ १९५५ तिर पुगेका रहेछन् । म जानुभन्दा एक दशक अघि पुगेका रहेछन् ।

धर्मराज थापा तारानाथ शर्मासित प्रगतिशील लेखक संघसित आवद्ध थिए । क्रान्तिकारी विचारमा प्रतिवद्ध थिए । 

तर पछि यिनै धर्मराज थापाले गीत गाए —

शिरमाथि नेपाल आमालाई काँधमाथि महेन्द्र राजालाई ।

यसरी एकजना सचेत लोकगीत गायक धर्मराज थापा राजावादी भए पछि उनी वामपन्थीका बीचमा बदनाम भएका थिए ।  प्रगतिवादीहरूका नजरमा  प्रतिक्रियावादी भएका थिए । यथास्थितिवादी भएका थिए । प्रतिगामी भएका थिए । उनी प्रगतिवादी सर्जकहरूका बीच निकै आलोचित भएका थिए ।  निन्दित भएका थिए । उपेक्षित भएका थिए । तिरस्कृत भएका थिए ।  हो, धर्मराज थापा बिचारबाट बिचलित भएका थिए तारानाथ शर्मा जस्तै ।  भूपी शेरचन्द जस्तै । हो, प्रगतिवादी लेखक साहित्यकार तथा कलाकार उनको नाम सुन्न पनि मन पराउँदैनथे । रुचाउँदैनथे ।

झण्डै चार दशक अघिको कुरा हो । म प्रगतिशील लेखक संघको सम्मेलनमा भाग लिन काठमाण्डौमा गएको थिएँ रुपन्देहीबाट । भैरहवा बुटबलबाट ।

प्रगतिशील लेखक संघको सम्मेलन समाप्त भए पछि कुनि किन मेरो मनमा धर्मराजा थापालाई भेट्ने तीव्र इच्छा भयो । प्रवल भावना भयो । बिचार भयो । यो जान्दा जान्दै कि उनी प्रगतिशील साहित्यकार तथा कलाकारका नजरमा उपेक्षित व्यक्ति हुन् । आलोचित व्यक्ति हुन् । तिरस्कृत व्यक्ति हुन् । यहाँसम्म कि बहिस्कृत व्यक्ति हुन् । 

धर्मराज थापासित भेटघाट हुनुभन्दा पहिले हाम्रो परिवारको चिनाजानी र  सम्पर्क उनका छोरा डा. बुलन्द थापा र बुहारी डा.सुमिता थापासित भएको थियो । हामी डा .बुलन्द थापासित भन्दा पनि डा.सुमिता थापासित बढी परिचित भएका थियौं । दुबै श्रीमान श्रीमती बुटवलको तत्कालीन अंचल अस्पतालमा कार्यरत थिए । डाक्टर थिए ।

मैले मेरो थर्मराज थापालार्ई भेट्ने इच्छा कपिल लामिछाने लगायत केही अन्य प्रगतिशील साहित्यकारसित प्रकट गरेको थिएँ । मलाई उनीहरूको समर्थन प्राप्त भएको थियो । म तिनै प्रगतिशील साहित्यकार साथीहरूका सहयोगमा धर्मराज थापाको निवास छिचोल्न सफल भएको थिएँ ।  धर्मराज थापाको घर  देख्ने साथीहरूले मलाई धर्मराज थापाको काठमाण्डौ स्थित निवासमा पुराएका थिए ।

हामीले धर्मराज थापालाई भेटेकोमा उनी निकै हर्षित भएका थिए  । खुशी भएका थिए । प्रफुििलत भएका थिए । प्रसन्न भएका थिए । उत्साहित भएका थिए । उनले हाम्रो ठूलो सम्मान गरेका थिए ।  खातिरदारी गरेका थिए । आदर सत्कार गरेका थिए । अतिथिदेवको रूपमा लिएका थिए हामीलाई उनले । 

भूईंमा बसेर हामीबीच धेरै कुराकानी भए ।  त्यतिबेला धर्मराज थापाले हामीलाई आफ्नो मन्तत्व लेख्न एउटा रजिस्टर दिएका थिए । उनले.भनेका थिए त्यसमा हामीहरूले व्यक्त गरेका कुरा पछि पुस्तकको रूपमा प्रकाशित गरिने छ । हामीले धर्मराज थापाले दिएको रजिस्टारमा जे कुरा कोर्यौं ती प्रकाशित भए भएनन् मलाई थाहा छैन । जानकारी छैन ।

हामीलाई धर्मराज थापाले भित्री कोठामा लएका थिए र त्यहाँ टांगिएका तस्बीरहरू पनि निकै उत्साहपुर्वक देखाएका थिए । त्यसमा एउटा फोटो थियो उनको धर्मरत्न यमीसितको । हिसिला यमीका बुबाको फोटो । 

उनले देखाएका फोटाहरूमा उनको जवानी अवस्थाका फोटाहरू पनि थिए ।  यिनका युवाकालका अत्यन्त आकर्षक फोटा थिए । हामील ेभन्यौं तपार्र्र्ईं त युवाकालमा निकै सुन्दर हुनुहुँदोरहेछ । उनले भने हो म युवाकालमा निकै सुन्दर थिएँ । धेरै मान्छेहरू आकर्षित हुन्थे मसित । वास्तवमा बृद्ध अवस्थामा पनि सुन्दर नै देखिन्थे धर्मराज थापा । हामीले भेट्दा पनि उनको व्यक्तित्व आकर्षक नै थियो । 

धेरै बेरसम्म भूईंमा बसेर धर्मराज थापासित विविध विषयमा कुराकानी गरे पछि हामी विदा हुनु पर्ने विन्दुमा पुगेका थियौं । हामीलाई विदा गर्दा धर्मराज थापा हामीसित हिंड्दै निकै वर उनका छोरा डाक्टर बुलन्द थापाका घरसम्म आएका थिए । उनले हामीलाई भनेका थिए पाहुनालाई दुई पाला हिंडेर विदाइ गर्नु पर्दछ  । 

म आजभोलि हाम्रा घरमा भेटघाट गर्न आउने मित्रजनलाई उठेर विदाइ गर्दा धर्मराज थापाले भनको दुई पाइला हिंडेर विदाइ गर्नु पर्दछ भन्ने कुराको संझना गर्दछु । वास्तवमा यो कुरा स्वतः संझना हुन पुग्दछ मेरा मनमा  ।

आज नेपाली गायन क्षेत्रमा सयौं धमेराज थापाहरू निस्केका छन् ।  एकसे एक धर्मराज थापा निस्केका छन् । तर पनि कसैले धर्मराजका नाम लिएको सुनिदैन ।   धर्मराज थापाका  गीत गाएको सुनिन्न । नेपाली लोकगीत क्षेत्रका भानुभक्त चर्चित तथा लोकप्रिय गायक मित्रसेन थापालाई  नेपाली जगतले बिर्से जस्तै धर्मराजा थापाको नाम पनि सबैले बिर्सेको जस्तो देखिन्छ । यस्तो मलाई लाग्दछ ।

यतिबेला मलाई अंग्रेजी साहित्यका रोमान्टिक युगका प्रसिद्ध निवन्धकार विलियम हैजलिटले भनेका कुराको स्मरण हुन्छ । उनले एक ठाउँमा भनेका थिए  साहित्कारलाई प्रसिद्ध पाउन धेरै बर्ष कुर्न पर्दछ । उनीहरूले आफ्नै जीवनकालमा प्रसिद्धि नपाउन पनि सक्दछन् ।  ढिलै गरेर प्रसिद्धि पाए पनि उनलाई युगौं युगसम्म सम्झिरहिन्छ । तर कलाकार तथा नायक नायिका एकाएक चर्चा र लोकप्रियताको शीखरमा पुग्दछन् । रातारात लोकप्रिय हुन पुग्दछन् । चर्चित हुन पुग्दछन् ।  तर पछि समाजले उनीहरूलाई बिर्सिदै जान्छ । कतै यस्तै त भएन धर्मराज थापाका सम्बन्धमा पनि । जे होस्, धर्मराज थापालाई समाजले बिर्से पनि उनका गीत र आवाजलाई विर्सिन सक्दैनन् कि ?

२८—२—२०८१ 

१०—६—२०२४








           


 

Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

सुमिनाको वागी स्त्रीको आत्मकताको एक अध्ययन

  सुमिनाको बागी स्त्रीको आत्मकथा नाममा उनको २०८० सालको पहिलो कविता संकलन प्रकाशित भएको छ । शायद यो बर्षको महिला हस्ताक्षरको यो एउटा सबभन्दा बडी चर्चित तथा महत्वपूर्ण साहित्यिक कृति हो । यो कुनै एक व्यक्तिको आत्मकथाको पुस्तक जस्तो सुनिन्छ । कसैको निजी आत्मकथा जस्तो लाग्दछ । तर कुरो यसो होइन । यो कविता संकलन हो । कविले मुख्यत महिलाहरूका समस्या र वेदनालाई आफ्ना कवितामा वाणी दिएको हुनाले यसलाई आत्मकथा पनि  भन्न सकिन्छ । तर यो आत्मकथा कुनै एक खास महिलाको जीवनमा आधारित नभएर आम महिलाको जीवनसित सम्बन्धित छ पनि भन्न सकिन्छ । यस कविता संकलनका कविताले कुनै एक खास महिलाको आवाजलाई बुलन्द गरेको देखिए पनि यसले आम महिलाको जीवनलाई प्रतिनिधित्व गरेको देखिन्छ । यस कविता सकलनले महिला कुनै न कुनै रूपमा पुरुषद्वारा पीडित भएको कुरालाई प्रतिबिम्बित गर्दछ । यस कविता संकलनमा मुख्यत पूँजीवादी समाजमा हुर्के बढेका महिलाहरूको चित्रण गरेको छ । उनीहरूको व्यथा कथालाई वाणी दिएको छ  ।  महिला सदा सर्वदा पुरुषद्वारा शोषित पीडित रहे भएको कुरा भने साँचो होइन । यस समाजलाई माक्र्सले मुख्यत ६ युगमा विभाजित गरेका छन् ।  आदिम सा