Skip to main content

गाउँको कथा व्यथा

गाउँको कथा व्यथा

गाउँ खाली खाली छ बरै
गाउँ खाली खाली छ
गाउँमा खोई को बसेका छन्
पढेलेखेका मान्छे शहर पसेका छन्
जान्ने बुझ्ने मान्छे राजधानीमा रमाएका छन्
जो कमाउने हो त्यतै कमाएरका छन्
जे कारोबार चलाउने हो त्यतै चलाएका छन्
जे उद्योग धन्दा खोल्ने हो त्यतै खोलेका छन्
युवा युवती खेती गर्न डलरको
लाइन लाएर
सात समुन्द्र पारि धाएका छन्
संम्झेर आफ्नो गाउँ घर
आफ्नो रस्ती बस्ती
आफ्नो घर परिवार
कहाँ सित्तिमित्ति फर्केर आएका छन्
उतै दुख सुख जिन्दगी बिताएका छन्
कोही कोही देश संझेर फर्के पनि
कोही कोही बासकमा बन्द भएर फर्के पनि
गाउँमा जमेर बस्ने भनेको त उही
हिंडडुल गर्न नसक्ने बयोबृद्ध माता पिता न हुन्
हजुर आमा हजुर हजुर बुबा न हुन्
उही खुट्टा नलागेका बच्चा बच्ची न हुन्
लाटा लुला लंगडा कुृँजा खोरंडा अन्धा काना बहिरा मानव आकृति न हुन्
कतै इलाज नपाएर ओछ्यान परेका रोगी न हुन्
कतै खोज तलाश नगरिएका लावारिस आत्माहरू न हुन्
अशिक्षित अशक्त असक्षम अयोग्य नागरिक न हुन्
घाइते योद्धा न हुन्
दुख बिमार भए भने कोही बृद्ध आमा बृुबाहरू
साना साना बालक बालिकाहरू
नागरिक भएर पनि अनागरिक भएका प्राणीहरू
टाढै कतै अस्पताल पुराउने. मान्छे पाउन गाह्रो छ
अकालमा जान सक्दछ मान्छेको ज्यान
अकाल मै गएको छ मान्छेको ज्यान
गाउँ घरमा
खोला टोलामा
मर्दो पर्दो पर्दा कतै गाउँमा
लाश उठाउने मान्छे पनि पाउन गाह्रो छ
दुई खुट्टामा उभिने पृुरुष नभएर कतै
महिलाहरू मात्र मलाम गएको गाउँ पनि हाम्रै हो
देश पनि हाम्रै हो
कति कष्टमा छ गाउँ घर आज
कति सकसमा छ गाउँ घर आज
कति संकटमा छ गाउँ घर आज
खेतबारीहरू बाझै पल्टेका छन्
कैयौं गोठहरूमा गाई भैंसी देख्न दुर्लभ भएको छ
कैयौ भेंडीगोठमा भेंडाहरूको दर्शन पाउन गाह्रो भएको छ
बाख्राका खोरहरूमा माकृराले जालो लगाएको छ
कुृखुराका खोरहरूमा धमिराले गोलो लगाएको छ
गाउँ नै बसाई सरेको जस्तो देखिन्छ कतै कतै त
मशानघाट पल्टेको जस्तै देखिन्छ गाउँ घर कतै कतै त
पहिरोले पुरे जस्तो देखिन्छ कुनै गाउँ घर त
खोलो बाढीले बढारेको जस्तो देखिन्छ कुनै कुनै गाउँ घर त
आँधी तुफानले उडाएको जस्तो देखिन्छ कुनै कुनै गाउँ बस्ती त
भूकम्पले खण्डहर बनाएको जस्तो देखिन्छ कुनै कुनै रस्ती बस्ती त
प्रलयले नै सखाप पारेको जस्तै देखिन्छ कुनै कुनै खोला टोला त
के भएको हो यस्तो
गाउँ घरमा
खोला टोलामा
मान्छेहरूको रस्ती बस्तीमा
कृनै भूत पिचास लागो झांक्रीको खेल पो हो कि यो
कुनै ठूलै बैरीको धावा पो हो कि यो
कुृनै उल्का शनि राहुृ केतुका ग्रह दशाले घेरेको पो हो कि हाम्रा गाउँ बस्तीलाई
कुनै देवी देउताको श्राप परेको.पो हो कि हाम्रो गाउँ बस्तीमा
न सुनिन्छ गाउँ बस्तीमा कतै मादल बजेको
न सुृनिन्छ गाउँ बस्तीमा कतै सारंगी रेटेको
कहाँ गए पंचे बाजाहरू
कहाँ गए डम्फू मजुराहरू
शंख घण्टाहरू
बाँसृुरी मुर्चुंगाहरू
कहाँ गए सालेजो यानी मायाहरू
कहाँ गए सोरठी र उवालीहरू
कहाँ गए चर्के लुठे पिङहरू
कहाँ गए देउसी भैलाहरू
कहाँ गए मारुनी पुर्सुंगे नाचहरू
कहाँ गए ठेका ठेकीहरू
कहाँ गए कुँडे ताउला खडकुराहरू
कहाँ गए सोली डोका रायें नाम्ला थुन्सेहरू
कहाँ गए स्याउ घुम हला जुआहरू
कहाँ गए हली बाउसे खेताला खेतालीहरू
कहाँ गए हसिया कोदाला बञ्चाराहरू
कहाँ गए ढिकी जाँता कोल घट्टहरू
कहाँ गए सृुजेरा खलाती आरनहरू
कहाँ गए थैली वासा बौंताहरू
कहाँ गए दुना टपरी पेरुंगाहरू
कहाँ गए गुन्दी मान्द्रा चकटीहरू
कहाँ गए खुँडा खुकुरी तलबारहरू
कहाँ गए दौरा सृुरवाल र टोपीहरू
कहाँ गए गाजा खुर्पेटा झुलो उलनी दर्शन ढुंगाहरू
कहाँ गए खास्टो मजेत्रो घलेक गृुन्यो चोली फरियाहरू
कहाँ गए कल्ली बृुलाकी बाला ढुंग्री मुन्द्री शिरफुलहरू
कहाँ गए खरी पाटी ठूला बर्णमालाहरू
भएका त होइन यिनीहरू पनि कतै
कसैको पंजामा परेर
दिन दहाडै बेपत्ता
बिरानो मुलुकमा नै लापता
जे होस्
सुनिन्छ आजभोलि निकै चर्को स्वरमा
खुदै सिंहदरबार गाउँ बस्तीमा पस्दै छ रे
खाली खाली हाम्रा गाउँ बस्तीमा
सिंहदरबार डेरा जमाएर बास बस्दै छ रे
थाहा छैन सिंहदरबारसित गाउँ बस्तीमा
हाम्रो रस्ती बस्तीमा
को को साखिलो भई पस्ने हो
को हो साखिल्लो भई बास बस्ने हो
हाम्रो लाखापाखा भएको गाउँ बस्तीलाई
हाम्रो असृुरक्षित गाउँ बस्तीलाई
हाम्रो बेबारिस गाउॅ बस्तीलाई
कुन कुन फणा फैलाएको विषालु सर्पले डस्ने हो ।
२०–९–२ं०७४

Comments

Popular posts from this blog

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

मेघालयका पृुलिसका फन्दामा पर्दा

  मेरो पुष्पलालको नेतृत्वको पार्टीका रहँदादेखि नै तिल कार्कीसित आत्मीय मित्रता भएको थियो ।  पछि तिल कार्कीको परिवारसित मेरो पारिवारिक सरहको सम्बन्ध पनि स्थापित हुन पुगेको थियो । पुष्पलालको पालादेखि स्थापित भएको तिल कार्कीको परिवारसितको मेरो गहिरो सम्बन्ध पछि नेकपा माले  कालमा पनि यथावत रहेको थियो ।  मैले शिलाङ छोडे पछि त्यहाँ गएर बस्ने घर नै तिल कार्कीको घर बनेको थियो । वास्तवमा शिलाङमा तिल कार्कीको घर उनको नीजी घर नभई  उनका बुबाले काम गर्ने क्रिश्चियन मिसनरीको स्वामित्वमा रहेको घर कम्पाउण्ड थियो ।  तिल कार्कीको बुबालाई बस्न खान काम गर्न दिएको घर एउटा सैनिक व्यारेक जस्तै थियो ।  लहरै कोठा कोठा भएको ।  ठूलो कम्पाउण्ड भएको प्रशस्त जमीन भएको । तिल कार्की त्यतिबेला नेकपा मालेसित सम्बन्धित प्रवासी नेपालीको संगठनको नेतृत्व गरिरहेका थिए । म शिलाङ पुग्दा दीपक विश्वकर्मा पनि शिलाङ पुगेका रहेछन् । तिल कार्की कै घरमा पुगेका रहेछन् । तिल कार्कीको घरमा नै हाम्रो भेट भयो ।  पोखरामा नेकपा मालेको रहेर काम गरिरहेका दीपक आफ्नो  बाबुले काम गरिरहेको मेघालयत...