Skip to main content

गाउँको कथा व्यथा

गाउँको कथा व्यथा

गाउँ खाली खाली छ बरै
गाउँ खाली खाली छ
गाउँमा खोई को बसेका छन्
पढेलेखेका मान्छे शहर पसेका छन्
जान्ने बुझ्ने मान्छे राजधानीमा रमाएका छन्
जो कमाउने हो त्यतै कमाएरका छन्
जे कारोबार चलाउने हो त्यतै चलाएका छन्
जे उद्योग धन्दा खोल्ने हो त्यतै खोलेका छन्
युवा युवती खेती गर्न डलरको
लाइन लाएर
सात समुन्द्र पारि धाएका छन्
संम्झेर आफ्नो गाउँ घर
आफ्नो रस्ती बस्ती
आफ्नो घर परिवार
कहाँ सित्तिमित्ति फर्केर आएका छन्
उतै दुख सुख जिन्दगी बिताएका छन्
कोही कोही देश संझेर फर्के पनि
कोही कोही बासकमा बन्द भएर फर्के पनि
गाउँमा जमेर बस्ने भनेको त उही
हिंडडुल गर्न नसक्ने बयोबृद्ध माता पिता न हुन्
हजुर आमा हजुर हजुर बुबा न हुन्
उही खुट्टा नलागेका बच्चा बच्ची न हुन्
लाटा लुला लंगडा कुृँजा खोरंडा अन्धा काना बहिरा मानव आकृति न हुन्
कतै इलाज नपाएर ओछ्यान परेका रोगी न हुन्
कतै खोज तलाश नगरिएका लावारिस आत्माहरू न हुन्
अशिक्षित अशक्त असक्षम अयोग्य नागरिक न हुन्
घाइते योद्धा न हुन्
दुख बिमार भए भने कोही बृद्ध आमा बृुबाहरू
साना साना बालक बालिकाहरू
नागरिक भएर पनि अनागरिक भएका प्राणीहरू
टाढै कतै अस्पताल पुराउने. मान्छे पाउन गाह्रो छ
अकालमा जान सक्दछ मान्छेको ज्यान
अकाल मै गएको छ मान्छेको ज्यान
गाउँ घरमा
खोला टोलामा
मर्दो पर्दो पर्दा कतै गाउँमा
लाश उठाउने मान्छे पनि पाउन गाह्रो छ
दुई खुट्टामा उभिने पृुरुष नभएर कतै
महिलाहरू मात्र मलाम गएको गाउँ पनि हाम्रै हो
देश पनि हाम्रै हो
कति कष्टमा छ गाउँ घर आज
कति सकसमा छ गाउँ घर आज
कति संकटमा छ गाउँ घर आज
खेतबारीहरू बाझै पल्टेका छन्
कैयौं गोठहरूमा गाई भैंसी देख्न दुर्लभ भएको छ
कैयौ भेंडीगोठमा भेंडाहरूको दर्शन पाउन गाह्रो भएको छ
बाख्राका खोरहरूमा माकृराले जालो लगाएको छ
कुृखुराका खोरहरूमा धमिराले गोलो लगाएको छ
गाउँ नै बसाई सरेको जस्तो देखिन्छ कतै कतै त
मशानघाट पल्टेको जस्तै देखिन्छ गाउँ घर कतै कतै त
पहिरोले पुरे जस्तो देखिन्छ कुनै गाउँ घर त
खोलो बाढीले बढारेको जस्तो देखिन्छ कुनै कुनै गाउँ घर त
आँधी तुफानले उडाएको जस्तो देखिन्छ कुनै कुनै गाउँ बस्ती त
भूकम्पले खण्डहर बनाएको जस्तो देखिन्छ कुनै कुनै रस्ती बस्ती त
प्रलयले नै सखाप पारेको जस्तै देखिन्छ कुनै कुनै खोला टोला त
के भएको हो यस्तो
गाउँ घरमा
खोला टोलामा
मान्छेहरूको रस्ती बस्तीमा
कृनै भूत पिचास लागो झांक्रीको खेल पो हो कि यो
कुनै ठूलै बैरीको धावा पो हो कि यो
कुृनै उल्का शनि राहुृ केतुका ग्रह दशाले घेरेको पो हो कि हाम्रा गाउँ बस्तीलाई
कुनै देवी देउताको श्राप परेको.पो हो कि हाम्रो गाउँ बस्तीमा
न सुनिन्छ गाउँ बस्तीमा कतै मादल बजेको
न सुृनिन्छ गाउँ बस्तीमा कतै सारंगी रेटेको
कहाँ गए पंचे बाजाहरू
कहाँ गए डम्फू मजुराहरू
शंख घण्टाहरू
बाँसृुरी मुर्चुंगाहरू
कहाँ गए सालेजो यानी मायाहरू
कहाँ गए सोरठी र उवालीहरू
कहाँ गए चर्के लुठे पिङहरू
कहाँ गए देउसी भैलाहरू
कहाँ गए मारुनी पुर्सुंगे नाचहरू
कहाँ गए ठेका ठेकीहरू
कहाँ गए कुँडे ताउला खडकुराहरू
कहाँ गए सोली डोका रायें नाम्ला थुन्सेहरू
कहाँ गए स्याउ घुम हला जुआहरू
कहाँ गए हली बाउसे खेताला खेतालीहरू
कहाँ गए हसिया कोदाला बञ्चाराहरू
कहाँ गए ढिकी जाँता कोल घट्टहरू
कहाँ गए सृुजेरा खलाती आरनहरू
कहाँ गए थैली वासा बौंताहरू
कहाँ गए दुना टपरी पेरुंगाहरू
कहाँ गए गुन्दी मान्द्रा चकटीहरू
कहाँ गए खुँडा खुकुरी तलबारहरू
कहाँ गए दौरा सृुरवाल र टोपीहरू
कहाँ गए गाजा खुर्पेटा झुलो उलनी दर्शन ढुंगाहरू
कहाँ गए खास्टो मजेत्रो घलेक गृुन्यो चोली फरियाहरू
कहाँ गए कल्ली बृुलाकी बाला ढुंग्री मुन्द्री शिरफुलहरू
कहाँ गए खरी पाटी ठूला बर्णमालाहरू
भएका त होइन यिनीहरू पनि कतै
कसैको पंजामा परेर
दिन दहाडै बेपत्ता
बिरानो मुलुकमा नै लापता
जे होस्
सुनिन्छ आजभोलि निकै चर्को स्वरमा
खुदै सिंहदरबार गाउँ बस्तीमा पस्दै छ रे
खाली खाली हाम्रा गाउँ बस्तीमा
सिंहदरबार डेरा जमाएर बास बस्दै छ रे
थाहा छैन सिंहदरबारसित गाउँ बस्तीमा
हाम्रो रस्ती बस्तीमा
को को साखिलो भई पस्ने हो
को हो साखिल्लो भई बास बस्ने हो
हाम्रो लाखापाखा भएको गाउँ बस्तीलाई
हाम्रो असृुरक्षित गाउँ बस्तीलाई
हाम्रो बेबारिस गाउॅ बस्तीलाई
कुन कुन फणा फैलाएको विषालु सर्पले डस्ने हो ।
२०–९–२ं०७४

Comments

Popular posts from this blog

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कलम

  म देख्दछु एउटा गोठालोले हर हमेशा हँसिया खुर्पेटो भिरेर हिंड्दछ । एउटा हलीले हमेशा हलो जुआ बोकेर हिंड्छ । एउटा किसानले हमेशा एउटा कुटो कोदालो लिएर हिंड्छ । एउटा मजदुरले हमेशा एउटा हथौडा लिएर हिंड्दछ । एउटा भरियाले हमेशा एउटा नाम्लो लिएर हिंड्दछ । एउटा शिकारीले हमेशा एउटा बन्दुक बोकेर हिंड्दछ । एउटा सिपाहीले हमेशा एउटा खुकुरी भिरेर हिड्दछ । एउटा दमाईले हमेशा एउटा सुजेरो लिएर हिंड्दछ । एउटा काठकर्मीले हमेशा आरी , थेवे तथा रंजा बोकेर हिंड्दछ । एउटा इेलेक्ट्रेशियनले हमेशा एउटा टेस्टर लिएर हिंड्छ । एउटा शिक्षकले हमेशा चक डस्टर लिएर हिंड्दछ । एउटा पुरोहितले हमेशा पोस्तकको कुटिरो बोकेर हिंड्दछ । एउटा ज्योतिषले हमेशा एउटा पात्रो बोकेर हिंड्दछ । एउटा भिक्षुले हमेशा एउटा माला बोकेर हिड्दछ ।  एउटा विद्यार्थीले हमेशा स्कुल व्याग बोकेर हिंड्दछ । एउटा भिखारीले हमेशा एउटा झोली बोकेर हिंड्दछ । एउटा पार्टीको कार्यकर्ताले हमेशा एउटा पम्पलेट बोकेर हिंड्दछ । एउटा व्यापारीले हमेशा एउटा क्याटलग बोकेर हिंड्दछ । एउटा जलेरीले हमेशा एउटा जाल बोकेर हिंड्दछ । एउटा खेलाडीले हमेशा बल बोकेर हिंड्दछ । एउटा ...