न थर्काएर थर्कन्छ क्रान्ति
न तर्काएर तर्कन्छ क्रान्ति
न दबाएर दब्दछ क्रान्ति
म गलाएर गल्दछ क्रान्ति
न जलाएर जल्दछ क्रान्ति
न लुकाएर लुक्दछ क्रान्ति
न झुकाएर झुक्दछ क्रान्ति
जेल नेल हत्कडीले छेक्न सक्दैन क्रान्ति
लाटी बुट र बन्दुकले रोक्न सक्दैन क्रान्ति
महासागरमा डुवाए पनि डुब्दैन क्रान्ति
फाँसीमा झुण्डाए पनि मर्दैन क्रान्ति
बेपत्ता बनाए पनि हराउँदैन क्रान्ति
पातालमा पृुराए पनि सेलाउँदैन क्रान्ति
क्रान्ति जियालो छ
क्रान्ति सर्वशक्तिमान छ
क्रान्ति अजर अमर छ
क्रान्ति अपरापजय छ
क्रान्तिको बिजय सुश्चित छ
पराजित हुन्छन् सबै प्रतिक्रान्ति शक्तिहरू
भत्किन्छन् सबै षडयन्त्र र छेकबारका किल्लाहरू
दिग्बिजयी बन्दछ क्रान्ति एक दिन
विश्व बिजयी बन्छ क्रान्ति एक दिन ।
२८–९–२०७४
१२–१–२०१८
Comments
Post a Comment