आजभोलि मलाई
एलर्जी हुन थालेको छ पत्र पत्रिकासित
घृणा लाग्न थालेको छ पत्र पत्रिकाप्रति
मलाई मुृख पनि नदेखौं जस्तो लाग्दछ पत्र पत्रिकाको
मलाई संगत पनि नगरौं जस्तो लाग्दछ पत्र पत्रिकाको
के हेर्नु दिन दिनै पत्र पत्रिकाको अपशकुन अनृुहार पनि
कहिले शुभ समाचार बोकेर ल्याउने होइनन् यिनीहरूले
के पल्टाउनृु पत्र पत्रिका पानाहरू दिन दिनै
कहिले सुखद समाचार बोकेर ल्याउने होइनन् यिनीहरूले
जहिले पनि देशले हारेको समाचार बोकेर ल्याउँछन् यिनीहरूले
कहिले त देशले जितेको समाचार पनि त बोकेर ल्याए हुन्थ्यो
जहिले पनि देश घाइते भएको समाचार बोकेर ल्याउँछन् यिनीहरूले
कहिले त देश सही सलामत भएको समाचार पनि त बोकेर ल्याए हुन्थ्यो
जहिले पनि सीमा मिचिएको समाचार बोकेर ल्याउँछन् यिनीहरूले
कहिले त मिचिएको सीमा खोसिएको समाचार पनि त बोकेर ल्याए हुन्थ्यो
जहिले पनि नदी नाला बेचिएको समाचार बोकेर ल्याउँछन् यिनीहरूले
कहिले त असमान सन्धि समझौता च्यातिएको समाचार पनि त बोकेर ल्याए हुन्थ्यो
जहिले पनि देश ठगिएको समाचार बोकेर ल्याउँछन् यिनीहरूले
कहिले त ठूलो षडयन्त्रबाट देश जोगिएको समाचार पनि त बोकेर ल्याए हुन्थ्यो
जहिले पनि देश डुबेको समाचार बोकेर ल्याउँछन् यिनीहरूले
कहिले त देश सगरमाथाको शिखरमा पुगेको समाचार पनि त बोकेर ल्याए हुन्थ्यो
जहिले पनि देश बिखण्डित भएको समाचार बाकेर आउँछन् यिनीहरूले
कहिले त देश एक ढिक्का भएको समाचार पनि त बोकेर ल्याए हुन्थ्यो
जहिले. पनि देश पराधीन भएको समाचार बोकेर ल्याउँछन् यिनीहरूले
कहिले त देश स्वतन्त्र र सार्वभौम भएको समाचार पनि त बोकेर ल्याए हुन्थ्यो
जहिले पनि लेन्डुपहरूको जन्म भएको समाचार बोकेर ल्याउँछन् यिनीहरूले
कहिले त भक्ति थापा र भीमदत्त पंतहरू जन्मेको समाचार पनि त बोकेर ल्याए हुन्थ्यो
जहिले पनि उही सडे गलेको पुरानो नेपालको नक्शा बोकेर ल्याउँछन् यिनीहरूले.
कहिले त जिउँदो जाग्दो.फल्दो फुृल्दो. नयाँ नेपालको. नक्शा पनि त बोकेर ल्याए हुन्थ्यो
आजभोलि मलाई
एलर्जी हुन थालेको छ मिडियासित
नफरत हृुन थालेका छ मिडियाप्रति
यस्तै हो. भने.
चिहान खन्न बेर छैन मैले देशघाती मिडियाको
यस्तै हो भने
आगो लगाउन बेर छैन मैले जनघाती मिडियामा ।
२७–७–०७३
Comments
Post a Comment