Skip to main content

बा हामी नेपाली !



बा हामी नेपाली !
आजभोलि हामीले
बारी बाझै राखेका छौं
बारीमा तोरी छर्न छाडेका छौं
घैया छर्न छाडेका छौं
फापर छर्न छाडेका छौं
बारीमा मकै छर्न छाडेका छौं
कोदो रोप्न छाडेका छौं
बा हामी नेपाली !
आजभोलि हामीले
खेत बाझै राखेका छौं
खेतमा गहुँ छर्न छाडेका छौं
धान रोप्न छाडेका छौं
खोरिया खन्न त हामीले
धेरै पहिलेदेखि नै छोडेका हौंं
खेत बिराउन त हामीले
उहिलेदेनि नै छोडेका हौं
लेख औल गर्ने बानी त हाम्रो छुटिसक्यौ
गाई गोठ जाँदैनौं हामी
भैंसी गोठ जाँदैनौं हामी
भेंडी गोठ  जाँदैनौं हामी
वर्म पर्म लगाउन पर्दैन भो हामीलाई
मेलापात गर्न पर्दैन भो हामीलाई
दाउरा घाँस गर्न पर्दैन भो हामीलाई
मुखियाले सिरिरि सिटी लगाउँदा
स्याउ भिरेर
हुद्दामा सामेल हुन पर्दैन भो हामीलाई
डोको बोकेर
डोकामा       
खाने खर्चो बोकेर
बर्षभरिलाई
नून तेलको जोहो गर्न
ठाँटी पौवामा बास बस्दै
हप्तौं हप्ता हिंड्न पर्दैन भो हामीलाई
थाक भोट गर्न पर्दैन भो हामीलाई
बटौली झर्न पर्दैन भो हामीलाई 
हाम्रा आमा दिदी बहिनीहरूलाई
दैलो कुचो पनि गर्न पर्दैन भो एका बिहानै
पानी लिन गाग्री बोकेर
टाढै कतै
पानी पधेंरा धाउन पर्दैन भो एका विहानै
साँचो कुरा गर्ने हो भने
सात समन्द्रका मुलुकहरू नै
यतिबेला 
हाम्रा पानी पधेरा बनेका  छन् 
हाम्रा गन्तव्य थलो बनेका छन्
हाम्रा आकर्षणका केन्द्र बनेका छन्
हाम्रा सपनाका संसार बनेका छन्
मोहनी लगाएको छ हामीलाई विदेश कै माटोले
तानिरहेको छ हामीलाई विदेश कै  बाटोले
हलो जोत्न परे पनि हामी
सात समुन्द्र पारी पुगेर नै जोत्दछौं
खोक लगाउन परे पनि हामी
सात समुन्द्र पारी नै लगाउँछौं
बाँझो मार्न परे पनि हामी उतै बाझौ मार्दछौं
डल्ला फोर्न परे पनि हामी उतै ढल्ला फोर्छौं
आली कान्ला काट्न परे पनि हामी उतै आली कान्ला काट्छौं
मल बोक्न परे पनि  हामी  उतै मल बोक्छौ
मल फाल्न परे पनि उतै फाल्छौं हामी
बिहु उतै छर्छौं हामी
ब्याड उतै राख्छौं
धान कोदो उतै रोप्छौं हामी
रोपाइं उतै गर्दछौं
मानो  खाई मुरी उतै उब्जाउँछौं  हामी
धान उतै काट्छौं
धान उतै झाट्छौं हामी
कोदो उतै काट्छौं
कोदो उतै ठटाउँछौं  हामी
भकारी उतै भर्छौं 
इरिम धन्सार उतै चुलाउँछौं हामी
मकै उतै भाँच्छौं 
झोंता उतै पार्छौं हामी
सुली उतै लगाउँछौं
लुगा सिलाउन परे
उतै सिलाउँछौं हामी
टेलर मास्टर बन्न परे पनि  हामी उतै बन्छौं
ड्रेस डिजाइनर बन्न परे पनि हामी उतै बन्छांै
जुता सिलाउन परे पनि हामी उतै सिलाउँछौं
घन ठोक्न परे पनि उतै ठोक्छौं
बन फाड्न परे पनि उतै फाड्छौ
आरा लाउन परे पनि उतै लगाउँछौं हामी
भाँडा माज्न परे पनि उतै माज्छौं
लुगा धुन परे पनि उतै धुन्छौं हामी
बाटो  खन्न परे उतै खन्छौं
बा हामी नेपाली
नेपाल गर्दै खाली
सात समुन्द्रपारिभरि सलह जस्तै छाइएका छौं
विश्वको जुनसुकै कुनामा पनि हामी पाइएका छौं
कति हाम्रा हलीहरू होलेण्डमा हलो जोतिरहेका छन्
कति हाम्रा डोलेहरू डब्लिनमा डल्ला फोरिरहेका छन्
कति हाम्रा पाखेहरू पेरिसमा पंडित बनिरहेका छन्
कति हाम्रा जलेरीहरू जर्मनीमा जाल खेलिरहेका छन्
कति हाम्रा बाउसेहरू बेलायतमा बन्दुक बोकिरहेका छन्
कति हाम्रा रोपाहाहरू रुसमा रोटी बेलिरहेका छन्
कति हाम्रा गोठालाहरू गल्फ मुलुकमा गाडी गुडाइरहेका छन्
कति हाम्रा खेतालाहरू खाडीमा खानी खरिरहेका छन्
कति हाम्रा खेतारीहरू साउदीमा सेफका सुसारे बनिरहेका छन्
कति हाम्रा बहादुरहरू बकदादमा गोराहरूका आठ पहरिया भइरहेका छन्
कति हाम्रा भरियाहरू भेनिसमा भारी बोकिरहेका छन्
कति हाम्रा कर्मीहरू काबुलमा कालीगडी गरिहेका छन्
कति हाम्रा कटुवालहरू कतारका कम्पनीमा कामदार                                                बनिरहेका छन्
कति हाम्रा किसानहरू कोरियाका कारखानामा कपास कातिरहेका छन्
कति हाम्रा मजदुरहरू मलेशियामा माछा मारिरहेका छन्
विदेशीहरू स्वदेशभित्र ओइरिने र स्वदेशीहरू विदेशभरि  छरिने सिलसिला जारी छ
हाम्रो सरकारको उदार नीति हो
नेपाली नागरिकलाई राहदानीको राहत
विदेशी नागरिकलाई नेपाली नागरिकताको प्रमाणपत्रले स्वागत
हाम्रा बारी बाँझै रहेर के भो
सिरु त्यहाँ उम्रिरहेकै छ
हाम्रा खेत फाँट बाँझै रहेर के भो
गमनचुम्बी महलहरू त्यहाँ उम्रिरहेछन्
कंक्रिट बिल्डिङहहरू त्यहाँ फुलिरहेछन्
कंक्रिट बिल्डिङहरू त्यहाँ फलिरहेछन्
कंक्रिट बिल्डिङहरू त्यहाँ झुलिरहेछन् 
प्लटिङमा परेका प्लटहरू पलेंटी कसेर बसेका छन्
थप विकास निर्माणको लागि
यही त हो देशको विकास
आर्थिक विकास
कसैलाइै कत्ति पनि नपरोस् भ्रान्ति
राजनैतिक क्रान्ति पुरा भए पछि
यही त हो देशको आर्थिक क्रान्ति
ओम शान्ति
ओम शान्ति
ओम शान्ति
बा हाम्रो नेपाल
बा हामी नेपाली ।

२७–७–२०७४





                               

Comments

Popular posts from this blog

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

मेघालयका पृुलिसका फन्दामा पर्दा

  मेरो पुष्पलालको नेतृत्वको पार्टीका रहँदादेखि नै तिल कार्कीसित आत्मीय मित्रता भएको थियो ।  पछि तिल कार्कीको परिवारसित मेरो पारिवारिक सरहको सम्बन्ध पनि स्थापित हुन पुगेको थियो । पुष्पलालको पालादेखि स्थापित भएको तिल कार्कीको परिवारसितको मेरो गहिरो सम्बन्ध पछि नेकपा माले  कालमा पनि यथावत रहेको थियो ।  मैले शिलाङ छोडे पछि त्यहाँ गएर बस्ने घर नै तिल कार्कीको घर बनेको थियो । वास्तवमा शिलाङमा तिल कार्कीको घर उनको नीजी घर नभई  उनका बुबाले काम गर्ने क्रिश्चियन मिसनरीको स्वामित्वमा रहेको घर कम्पाउण्ड थियो ।  तिल कार्कीको बुबालाई बस्न खान काम गर्न दिएको घर एउटा सैनिक व्यारेक जस्तै थियो ।  लहरै कोठा कोठा भएको ।  ठूलो कम्पाउण्ड भएको प्रशस्त जमीन भएको । तिल कार्की त्यतिबेला नेकपा मालेसित सम्बन्धित प्रवासी नेपालीको संगठनको नेतृत्व गरिरहेका थिए । म शिलाङ पुग्दा दीपक विश्वकर्मा पनि शिलाङ पुगेका रहेछन् । तिल कार्की कै घरमा पुगेका रहेछन् । तिल कार्कीको घरमा नै हाम्रो भेट भयो ।  पोखरामा नेकपा मालेको रहेर काम गरिरहेका दीपक आफ्नो  बाबुले काम गरिरहेको मेघालयत...