Skip to main content

रुखहरूको आर्तनाद

                       

कस्तो अन्धो होला यो बैज्ञानिक युग
कस्तो असभ्य होला यो मानव सभ्यता
विकासको नाममा विनाश मात्र गरिरहेछ चारैतिर
सुन्दरताको नाममा कुरुप मात्र  पारिहेछ हरेक मनमोहक दृश्य
सिंगो प्रकृति
के दोष थियो हामी सडक छेउ उभिएका रुखहरूको खोई त्यस्तो
बुल्डोजर लगाएर लडाइरहेछ हामीलाई भूईंभरि धमाधम
प्रदर्शित गरिरहेछ आज हामीमाथि
उदाँगो भएर
नाँगो नाच
मच्चाइरहेछ आज हामीमाथि
निर्लज्ज भएर
ताण्डन नृत्य
गरिरहेछ आज हामीमाथि 
सुकुम्बासीहरूमाथि जस्तै अमानवीय व्यवहार
पाशविक व्यवहार
दुव्र्यवहार
जारी राखिरहेछ निरन्तर
प्रकृतिका अमूल्य उपहारमाथि नै
धरतीका अनुपम आभूषणमाथि नै
ठूलो अत्याचार
व्यभिचार
आकाश चुम्ने हाम्रो सपना चकनाचुर पारिरहेछ यसले
विश्व ढाक्ने हाम्रो परियोजना भताभुङ्ग पारिरहेछ यसले
सुन्दर स्वस्थ्य र समृद्ध संसारको सृष्टि गर्ने हाम्रो परिकल्ना
तुहाइरहेछ यसले
कसलाई थाहा छैन र
के पुष माघको मुटु कँपाउने जाडो
के चैत बैशाखको शरीर खौलाउने गर्मी
के असार साउनको आँखा नउधार्ने झरी
के बेमौसमको हुरी बतास आँधी तुफान
के प्रलयकारी सुनामी
ती सबको बेवास्ता गर्दै
निरन्तर खडा त रहिरहेकै थियौं हामी
सडक छेऊ
गर्मीको याममा पंखा बनेर
बर्षाको याममा छाता बनेर
जाडोको याममा घुम पाखी बनेर
बटुवाहरूलाई छहारी दिंदै
ओत दिंदै
चरा चुरुगीहरूलाई बास दिंदै
गास दिंदै
सास दिंदै
फैलिरहेको शहरलाई हराभरा पार्दै
कारखानाले फालेको दुषित बायु प्रशोधित गर्दै
मानव बस्तीलाई प्राण वायु वितरण गर्दै
प्रदुषित परायवरणलाई पवित्र पार्दै
मुलुकलाई मरुभूमि हुनबाट बचाउँदै
जोगाउँदै
तर पनि जंगली मान्छेले
रातारात
हरियो बन स्वाहा पार्ने दैत्यले
हामी सडकका दुबै किनारा खडा रुखहरूको गरिमा बुझ्नै खोजेन
महत्व बुझ्नै खोजेन
र ढाल्यो हामीलाई
बलिका बोका बनाउँदै
हाम्रो नाम निशान र अस्तित्व मेटाउँदै
हामीलाई लडाएर भूईमा निर्वस्त्र
लुछेर हाम्रो हाँड मासु र छाला
तन्काएर हाम्रो रगत र पसिना
ठान्दो हो कायर मान्छे आफूलाई निकै बहादुर
मान्दो हो बेकुफ मान्छे आफूलाई निकै चतुर
तर पनि हामीलाई थाहा छ
हामीलाई मेटाउन खोज्दा मान्छेले
आफ्नै पहिचान गुमाएको छ
आफ्नै भूगोलको पहिचान गुमाएको छ
आफ्नै थात थलोको पहिचान गुमाएको छ
आफ्नै गाउँ बस्ती र शहरको पहिचान गुमाएको छ
आफ्नै इतिहास संस्कृति र सभ्यताको पहिचान गुमाएको छ
आफ्ना वरिपरि दुई चार विरुवा रोपेर
हराभरा बस्ती बनाउनको सट्टा
हराभरा शहर बनाउनको सट्टा
सुन्दर धरतीलाई अझ सुन्दर धरती बनाउनको सट्टा
बेहिसाव बुःल्डोजर लगाएर हामीमाथि बर्बर
हराभरा यस धरतीलाई मरुभूमि पार्ने ए मान्छे
तेरो निर्वस्त्र सभ्यता
तेरो जंगली सभ्यता
तंलाई नै मुबारक होस्
तंलाई नै फलीफाप होस्
हामी मासिए पनिं तेरो  सभ्यतामा
तं दुबो जस्तै फैलिरहेस्
तं चिनी लहरो जस्तै झांगिरहेस्
तँ अजम्बरीको बोट बिरुवा जस्तै
जति उखेलेर जता फाले पनि जरा हालिरहेस्
पालुवा पलाइरहेस्
टुसा निकालिरहेस्
हांगा फिंजाइरहेस्
हराभरा बनिरहेस्
सदा बहार बनिरहेस्
तं साल जस्तै यस बुद्ध भूमिमा
हजार बर्ष रहेस् खडा
हजार वर्ष रहेस् लडा
हजार वर्ष रहेस् पडा
जय होस् तेरो
जय जय होस् ।
१–१–०७१

Comments

Popular posts from this blog

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

मेघालयका पृुलिसका फन्दामा पर्दा

  मेरो पुष्पलालको नेतृत्वको पार्टीका रहँदादेखि नै तिल कार्कीसित आत्मीय मित्रता भएको थियो ।  पछि तिल कार्कीको परिवारसित मेरो पारिवारिक सरहको सम्बन्ध पनि स्थापित हुन पुगेको थियो । पुष्पलालको पालादेखि स्थापित भएको तिल कार्कीको परिवारसितको मेरो गहिरो सम्बन्ध पछि नेकपा माले  कालमा पनि यथावत रहेको थियो ।  मैले शिलाङ छोडे पछि त्यहाँ गएर बस्ने घर नै तिल कार्कीको घर बनेको थियो । वास्तवमा शिलाङमा तिल कार्कीको घर उनको नीजी घर नभई  उनका बुबाले काम गर्ने क्रिश्चियन मिसनरीको स्वामित्वमा रहेको घर कम्पाउण्ड थियो ।  तिल कार्कीको बुबालाई बस्न खान काम गर्न दिएको घर एउटा सैनिक व्यारेक जस्तै थियो ।  लहरै कोठा कोठा भएको ।  ठूलो कम्पाउण्ड भएको प्रशस्त जमीन भएको । तिल कार्की त्यतिबेला नेकपा मालेसित सम्बन्धित प्रवासी नेपालीको संगठनको नेतृत्व गरिरहेका थिए । म शिलाङ पुग्दा दीपक विश्वकर्मा पनि शिलाङ पुगेका रहेछन् । तिल कार्की कै घरमा पुगेका रहेछन् । तिल कार्कीको घरमा नै हाम्रो भेट भयो ।  पोखरामा नेकपा मालेको रहेर काम गरिरहेका दीपक आफ्नो  बाबुले काम गरिरहेको मेघालयत...