Skip to main content

जंगेहरू


कहाँ छ र चाकरीबाट मुक्त यो देश
हिजो अस्तिदेखि
चाकरीले चलेको छ यो देश
आज पनि
चाकरीले नै चल्देछ
अस्ति जंगेहरू
बेलायतका बादशाहहरूको चाकरी गर्दथे
हिजो जंगेहरू
नारायणहिटी दरबारका राजा महाराजाको चाकरी गर्दथे
आज जंगेहरू
दिल्ली दरबारका प्रुभुहरूको चाकरी गर्दछन्
दुनियाँमा धेरै उथल पुथल भए पनि
कहाँ फुकुवा भएका छन् र जंगेहरू
चाकरीतन्त्रबाट
अस्तिका  जंगहरूले त बरु
चाकरी गरेरै भए पनि गोराहरूको
गुमेको नयाँ मुलुक पनि
फिर्ता गराएका  छन्
आजका जंगेहरूले त
चाकरी बजाउन कालाहरूको
उल्टै कति पुराना मुलुकहरू समेत
चुपचाप गुपसुप भेटी चढाएका छन् ।
१५–१०–२०७४
२९–१–२०१८

Comments