Skip to main content

गजल १२

       

दिनलाई रातले के टाल्न सक्थ्यो
क्रान्तिलाई  भ्रान्तिले के ढाल्न सक्थयो
आस्थाका फलामे किल्लालाई
कायरका कोर्राले के गाल्न सक्थ्यो
बढे पछि अग्रगामी नै अग्रगतिले
प्रतिगामी पाइला के चाल्न सक्थ्यो
निगाहामा बा“च्ने बबुरोले आखिर
ज्यानै जोखिममा के हाल्न सक्थ्यो
निभिसकेको अगुल्ठाका ठुठाले
क्रान्तिको आगो के बाल्न सक्थ्यो
प्रभूसितै घा“टी जोड्नेले आखिर
नया“ युगको यात्रा के थाल्न सक्थ्यो
२३–७–०६४
९–११–२००७



Comments