Skip to main content

कपूतप्रति



तिमीप्रति हाम्रो रहेन कुनै भरोसा
तिमीले केही गरौला भन्ने छैन कुनै आशा
अझसम्म जे जति गुमायौ गुमायौ तिमीले
अझसम्म जे जति उडायौ उडायौ तिमीले
अझसम्म जे जति लुटायौ लुटायौ तिमीले
अब उप्रान्त
भएको केही नचलाइदिए हुन्थ्यो
भएको केही नछोइदिए हुन्थ्यो
बचे खुचेको पुर्खाको  धन सम्पतिमा
जोगिएको जाय जेथामा
चल अचल सम्पतिमा
अमूल्य सम्पदामा
आँखा नलगाइदिए हुन्थ्यो
हात नहालिदिए हुन्थ्यो
दाँत नगाडिदिए हुन्थ्यो
नंग्रा नफिंजाइदिए हुन्थ्यो
जे छ
जति छ
जस्तो छ
त्यसलाई त्यस्तै रहन दिए हुन्थ्यो
त्यसलाई जस्ताको तस्तै हुन दिए हुन्थ्यो
बिना कुनै आनाकानी
बिना कुनै तलमाथि
बिना कुनै हेरफेर
बिना कुनै जालझेल
त्यससका असली हकवालाहरूलाई
त्यसका असली संरक्षकहरूलाई
लेखा परीक्षण गरेर
अझसम्मको हर हिसाब बुझाइदिए हुन्थ्यो
चल अचल सम्पति
सही सलामत बुझ बुझारथ गरिदिए हुन्थ्यो
जिम्मा लगाइदिए हुन्स्थ्यो
अरु केह केही गर्न नसके पनि ्
एउटा ढलेको सिन्को उठाउन नसके पनि
यतिसम्म त गरिदिए हुन्थ्यो
धन्य धन्य हुन्थ्यो तिमी
जय जयकार हुन्थ्यो तिम्रो
त्यसपछि त
राजपाठ सब सुम्पिसके पछि त
स्वतन्त्र हुन सक्दथ्यो तिमी ्
जे गर्न पनि
जहाँ जान पनि
संन्यास लिन पनि
बान्य प्रस्थानको जमाना नभए पनि यो
काशीबासको लागि प्रस्थान गर्न पनि  सक्दथ्यो तिमी
उसरी तिमी देवघाटमा विश्राम पनि गर्न सक्दथ्यो
बनस्थलीमा समाधिस्थ पनि हुन सक्दथ्यो ।
२–८–२०७४









Comments

Popular posts from this blog

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...