गल्तीबाट मान्छेले सिक्न सक्नु पर्दछ
दुनियाँमा मान्छे त बिक्न सक्नु पर्दछ
नजर त मार्न सकिन्छ जसको पनि
परीक्षाको घडीमा टिक्न सक्नु पर्दछ
दैत्यसित गरेरै भए पनि त दोस्ती
समुन्द्रको अमृत झिक्न सक्नु पर्दछ
सास फेर्नु मात्र त होइन नि जिन्दगी
इतिहास नै नयाँ लेख्न सक्नु पर्दछ
मान्छे भएर जन्मे पछि यो धरतीमा
दूर भविष्य पनि देख्न सक्नु पर्दछ
बेस क्याम्पमा मात्र कति बस्ने खुम्चेर
सगरमाथा अग्लो टेक्न सक्नु पर्दछ
कायरका त खोई के गर्नु कुरा यहाँ
साहसीले सुनामी छेक्न सक्नु पर्दछ ।
१६–३–०७१
Comments
Post a Comment