चाहन त सबै चाहन्थे होला अर्को माक्र्स बन्न
तर माक्र्स एउटै बने
चाहन त सबै चाहन्थे होला अर्को एंगेल्स बन्न
तर एंगेल्स एउटै बने
चाहन त सबै चाहन्थे होला अर्को लेनिन बन्न
तर लेनिन एउटै बने
चाहन त सबै चाहन्थे होला अर्को स्तालिन बन्न
तर स्तालिन एउटै बने
चाहन त सबै चाहन्थे होला अर्को माओ बन्न
तर माओ एउटै बने
त्यस पछि त सबै कृुनि के के बन्छु भन्थे
कुनि के के बन्न पुगे
के के बन्दै गए
हिजो आफ्नै हातले निर्माण गरेको पथ भत्काउँदै पनि गए
हिजो आफ्नै हातले लेखेको इतिहास च्यात्दै पनि गए
हिजो आफूले देखेको सपना बिर्सिदैं पनि गए
कसैले चाहँदैमा कोही माक्र्स एंगेल्स बन्ने त होइन
लेनिन स्तालिन बन्ने त होइन
माओ बन्ने त होइन
इतिहासले नै माक्र्स एंगेल्सलाई जन्मायो
इतिहासले नै लेनिन स्तालिनलाई जन्मायो
इतिहासले नै माओलाई जन्मायो
इतिहासले नै अर्का माक्र्स एंगेल्सलाई जन्माउने छ
इतिहासले नै अर्का लेनिन स्तालिनलाई जन्माउने छ
इतिहासले नै अर्का माओलाई जन्माउने छ
इतिहासको आवश्यकता अनुसार नै
इतिहासले नै
इतिहासका कुँडा करकटलाई डम्पिङ साइटमा मिल्काउँदै जाने छ
इतिहासका अनावश्यक बस्तुलाई नष्ट गर्दै जाने छ
इतिहासका आवश्यकता अनुृसार नै
इतिहासका सारथी जन्माउँदे जाने छ
इतिहासले जन्माएका सारथीले नै
इतिहास रच्दै जानेछन्
इतिहासको बाटो बांगो टिंगो हुन सक्दछ
इतिहासको बाटो घुमाउरो हुृन सक्दछ
उकालो। ओरालो हुन सक्दछ
बिलम्ब हुन सक्दछ इतिहासले सारथी जन्माउने कुरामा
बिलम्ब हुन सक्दछ सारथीले इतिहास रच्ने कुृरामा
बिलम्ब हुृन सक्दछ लक्ष्य प्राप्त गर्ने कुरामा
तर इतिहासको गति कहिले रोकिने छंैन
इतिहासको गतिमा कहिले पूर्ण विराम लाग्ने छैन
जन्मिदै जाने छ सारथी नयाँ नयाँ
रचिदै जाने छ इतिहास नयाँ नयाँ ।
७–११–०७३
Comments
Post a Comment