उनीहरू त उतैका थिए
उतैका कुरा गर्ने नै भए
यसमा आश्चर्य मान्नु पर्ने कुरा नै के छ र त्यस्तो
यताकाले पनि निर्लज्ज भई
उतैका कुरा गर्न थाले
उतैका हुन थाले
आश्चर्य मान्नु पर्ने कुरा त यो पो त भयो
भन्न त हामीले नभनेको होइन
उताको भए पनि तिमी
यतैका बन
कुरा गर यतैका
सपना देख यतैका
मादल बजाऊ यतैको
गीत गाउ यतैको
पीर्ति लाउँ यतैसित
तर के गर्नु
यतैका मान्छे समेतले
उतैका कुरा गर्न थाले पछि
यताका मान्छे पनि
उतैका मान्छे बन्न थाले पछि
यताका मान्छेले पनि
उतैको सिता खाएर
उतैको गीता गाउन थाले पछि
यताका मान्छेले पनि
उतैको भलो गर्न थाले पछि
उतैको हलो जोत्न थाले पछि
उतैका मान्छे उनीहरू
उतैका कुरा गर्ने नै भए
यताको होइन उनले
उतैको भलो सोंच्ने नै भए
उतैको हलो जोत्ने नै भए
यताका होइन उनले
उतैको खेतीपाती गर्ने भए
उतैको विउ विजन रोप्ने भए
उतैका रुख बिरुवा सार्ने भए
उतैको मलजल लगाउने भए
उतैका बालीनाली स्याहार्ने भए
उतैको भकारी भर्ने भए
उतैको मुद्दा बोक्ने भए
उतैको बकपत्र गर्ने भए
उतैको साक्षी बस्ने भए
उतैको बारिस बन्ने भए
उतैको बहस पैरवी गर्ने भए
उतैकालाई जिताउन
जुनसुकै ठाउँमा पनि पुग्ने भए
जसलाई पनि गुहार्ने भए
जुनसुकै कदम पनि चाल्ने भए
चारैतिर आगो बाल्ने भए
आन्दोलन ठूलै थाल्ने भए
सकेको आफूले गर्ने नै भए
तहस नहस पार्न सबकुछ
अघि आखिर सर्ने नै भए ।
१३–११–०७३
२४–२–२०१७
उतैका कुरा गर्ने नै भए
यसमा आश्चर्य मान्नु पर्ने कुरा नै के छ र त्यस्तो
यताकाले पनि निर्लज्ज भई
उतैका कुरा गर्न थाले
उतैका हुन थाले
आश्चर्य मान्नु पर्ने कुरा त यो पो त भयो
भन्न त हामीले नभनेको होइन
उताको भए पनि तिमी
यतैका बन
कुरा गर यतैका
सपना देख यतैका
मादल बजाऊ यतैको
गीत गाउ यतैको
पीर्ति लाउँ यतैसित
तर के गर्नु
यतैका मान्छे समेतले
उतैका कुरा गर्न थाले पछि
यताका मान्छे पनि
उतैका मान्छे बन्न थाले पछि
यताका मान्छेले पनि
उतैको सिता खाएर
उतैको गीता गाउन थाले पछि
यताका मान्छेले पनि
उतैको भलो गर्न थाले पछि
उतैको हलो जोत्न थाले पछि
उतैका मान्छे उनीहरू
उतैका कुरा गर्ने नै भए
यताको होइन उनले
उतैको भलो सोंच्ने नै भए
उतैको हलो जोत्ने नै भए
यताका होइन उनले
उतैको खेतीपाती गर्ने भए
उतैको विउ विजन रोप्ने भए
उतैका रुख बिरुवा सार्ने भए
उतैको मलजल लगाउने भए
उतैका बालीनाली स्याहार्ने भए
उतैको भकारी भर्ने भए
उतैको मुद्दा बोक्ने भए
उतैको बकपत्र गर्ने भए
उतैको साक्षी बस्ने भए
उतैको बारिस बन्ने भए
उतैको बहस पैरवी गर्ने भए
उतैकालाई जिताउन
जुनसुकै ठाउँमा पनि पुग्ने भए
जसलाई पनि गुहार्ने भए
जुनसुकै कदम पनि चाल्ने भए
चारैतिर आगो बाल्ने भए
आन्दोलन ठूलै थाल्ने भए
सकेको आफूले गर्ने नै भए
तहस नहस पार्न सबकुछ
अघि आखिर सर्ने नै भए ।
१३–११–०७३
२४–२–२०१७
Comments
Post a Comment