Skip to main content

सत्य



असत्य असत्य नै हो
तर असत्यलाई शक्तिले  सत्य बनाउँछ
सत्य सत्य नै हो
तर सत्यलाई सत्य बनाउन पनि शक्ति चाहिन्छ
आज दुनियाँमा शक्तिकै बलमा असत्य पनि सत्य भैरहेको छ
आज दुनियाँमा सत्य पनि शक्तिको अभावमा असत्य भैरहेको छ
तर पनि साँचो कुरो के हो भने
सत्यको अगाडि असत्य जति शक्तिशाली भए पनि कमजोर हुन्छ
असत्यको अगाडि सत्य जति कमजोर भए पनि शक्तिशाली हुन्छ
यसैले त हो सत्य असत्यसित कहिले डराउँदैन
जब कि असत्य सत्यसित सधैं डराउँछ
भयभीत हुन्छ
यहाँसम्म कि आतंकित हुन्छ
यसैले त हो
असत्यले सत्यमाथि प्रतिबन्ध लगाउँछ
असत्यले सत्यलाई अबैद्य घोषित गर्दछ ।
१७–११–२०७४



Comments