जब जान्छन् लेन्डुप दोर्जेहरू यो मुलुकका
मुग्लानतिर दर्शन भेट गर्न प्रभूहरूको
आर्शीवाद थाप्न प्रभुहरूको
मलाई डर लाग्दछ
कुनि उनीहरूले के के भेटी चढाएर आउने हुन्
एकलब्यले जस्तै बुढी औली चढाएर आउने हुन् कि
कर्णले जस्तै मुलुक कै छाती चिरेर रक्षा कवच नै बुझाएर आउने हुन्
पाँच पाण्डवले जस्तै द्रोपडीलाई नै जुवाको खालमा हारेर आउने. हुन् कि
बलि राजाले जस्तै तीन लोक चौध भुवन नै गुमाएर आउने हुृन्
के ठेगान यिनीहरूको
आमाका मुहारको मुस्कान नै गुमाएर पनि आउन सक्दछन् यिनीहरू
आमाको मुटुको ढृकढुकी पनि गुमाएर आउन सक्दछन् यिनीहरू
दिन दहाडै आमाको हत्या गरेर पनि आउन सक्दछन् यिनीहरू
के भर यिनीहरूको
के भर गद्दारहरूको
देश कै नाप नक्शा नै गुमाएर आउन सक्छन् यिनीहरू
देशको भूगोल नै गुमाएर आउन सक्दछन् यिनीहरू
देश कै इतिहास गुमाएर आउन सक्दछन् यिनीहरू
देश कै संस्कृति गुमाएर आउन सक्दछन् यिनीहरू
म भयभीत हुन्छु
जब मेरो देशका लेन्डुपेहरू लावा लश्कर लाएर निस्किन्छन्
प्रभुहरूका देशतिर
दर्शन भेट गर्न
तीथि मीति मिलाएर
साइत जुराएर ।
६–१–२०७५
Comments
Post a Comment