चाकरीको भाषा अर्कै हुँदो रहेछ
दलालीको भाषा अर्कै हुँदो रहेछ
कम्पनीको भाषा अर्कै हुँदो रहेछ
डलरको भाषा अर्के हुँदो रहेछ
प्रभुका भक्तहरूको भाषा अर्कै हुँदो रहेछ
गद्दारहरूको भाषा अर्कै हुँदो रहेछ
कायरहरूको भाषा अर्कै हुँदो रहेछ
गुलामहरूको भाषा अर्कै हुँदो रहेछ
मुर्दाहरूको भाषा अर्कै हुँदो रहेछ
कहाँ हुन्थ्यो स्वाभावानी स्वतन्त्र नागरिकको जस्तो भाषा त्यो
कहाँ हुन्थ्यो क्रान्तिकारी व्रिद्रोही नेताको जस्तो भाषा त्यो
कहाँ हुन्थ्यो देशभक्त जनताको जस्तो भाषा त्यो ।
३०–१२–२०७४
Comments
Post a Comment