Skip to main content

नयाँ बर्षको शुभकामना


हरेक वर्ष हामी
खिन्न हुँदै
विदा दिन्छौं पुरानो बर्षलाई
र प्रफुल्ल हुँदै
भित्राउँछौं नयाँ वर्षलाई
पुरानो बर्ष केही दिएर जान्छ
सुख दिएर जान्छ
दुख दिएर जान्छ
हाँसो दिएर जान्छ
आँसु दिएर जान्छ
जीत दिएर जान्छ
हार दिएर जान्छ
सफलता दिएर जान्छ
विफलता दिएर जान्छ
यसपल्ट पनि
नयाँ सालले
यही कुरा दोहोराउने छ
यस्तै यस्तै कुरा दोहोराउने छ
इतिहास दोहोरिन्छ भन्छन्
तर इतिहास हुबहू त्यही रुपमा दोहोरिन्न पनि
त्यही रुपमा दोहिरिन सक्दैन पनि
हो इतिहास कुनै न कुन रुपमा त अवश्य दोहोरिन सक्दछ
इतिहास हाम्रो लागि ठूलो दुर्भाग्य भएर दोहोरिन पनि सक्दछ
इतिहास हाम्रो लागि ठूलो सौभाग्य भएर पनि दोहोरिन सक्दछ
कुरो यो पनि छ
कहिले इतिहासले हामीलाई दोहोराउँछ
कहिले हामीले नै इतिहास दोहोराउँछौं
कहिले इतिहासले हामीलाई निर्माण गर्दछ
कहिले हामीले नै इतिहासको निर्माण गर्दछौं
अहिले त पुरानो साल जाँदै छ विदा भएर
नयाँ साल आउँदै छ– स्वागतद्वारबाट प्रवश गर्दै
कुनि के के को कुम्लो बोकेर
भारी तारी बोकेर
हामीलाई थाहा छैन अहिले कत्ति
नयाँ वर्षले हामीलाई डोराउने हो कि
हामीले नै नयाँ बर्षलाई डोेहोराउने हो
नयाँ बर्ष हाम्रो लागि ठूलो फलीफाप हुने हो कि
नयाँ बर्ष हाम्रो लागि ठूलो अभिशाप पो हुने हो
आखिर नयाँ वर्ष कस्तो हुने हो त्यो नयाँ बर्षकै हातमा होला
उसरी नयाँ बर्ष कस्तो हुने हो त्यो हाम्रै हातमा पनि होला
नयाँ बर्षले हामीलाई बिगार्न पनि सक्दछ
नयाँ बर्षले हामीलाई सपार्न पनि सक्दछ
हामीले नयाँ बर्षलाई बिगार्न पनि सक्दछौं
हामीले नयाँ बर्षलाई सपार्न पनि सक्दछौं
हामीले अब हेरफेर गर्न नसक्ने त पुरानो बर्ष मात्र हो
हामीले अब केरमेर गर्न नसक्ने त पुरानो बर्ष मात्र हो
हामीले अब चलाउनै नसक्ने त पुरानो बर्ष मात्र हो
हामीले अब छुनै नसक्ने त पुरानो बर्ष मात्र हो
जे होस्
हामीसित निकै आत्मीयता बढेको पुरानो वर्ष विदा भएर जाँदैछ
हामीसित बिल्कुलै अपरिचित रहेको नयाँ बर्ष
हामीसित कुनै साइनो नभएको नयाँ बर्ष
अज्ञात नयाँ बर्ष
बाजा बजाउँदै आउँदै छ
हल्ला गर्दै आउँदै छ
स्वर मच्चाउै आउँदै छ
ढोल पिट्दै आउँदै छ
नयाँ वर्षको पूर्वसन्ध्यामा
शुभकामना नयाँ बर्षलाई
शुृभ कामना नयाँ बर्ष पर्खेर बसेका मित्रहरूलाई पनि
शुभकामना मेरा सारा ज्ञात अज्ञात शुभ चिन्तकहरूलाई पनि ।
३०–१२–०७१

Comments

Popular posts from this blog

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने...