Skip to main content

नयाँ बर्षको शुभकामना


हरेक वर्ष हामी
खिन्न हुँदै
विदा दिन्छौं पुरानो बर्षलाई
र प्रफुल्ल हुँदै
भित्राउँछौं नयाँ वर्षलाई
पुरानो बर्ष केही दिएर जान्छ
सुख दिएर जान्छ
दुख दिएर जान्छ
हाँसो दिएर जान्छ
आँसु दिएर जान्छ
जीत दिएर जान्छ
हार दिएर जान्छ
सफलता दिएर जान्छ
विफलता दिएर जान्छ
यसपल्ट पनि
नयाँ सालले
यही कुरा दोहोराउने छ
यस्तै यस्तै कुरा दोहोराउने छ
इतिहास दोहोरिन्छ भन्छन्
तर इतिहास हुबहू त्यही रुपमा दोहोरिन्न पनि
त्यही रुपमा दोहिरिन सक्दैन पनि
हो इतिहास कुनै न कुन रुपमा त अवश्य दोहोरिन सक्दछ
इतिहास हाम्रो लागि ठूलो दुर्भाग्य भएर दोहोरिन पनि सक्दछ
इतिहास हाम्रो लागि ठूलो सौभाग्य भएर पनि दोहोरिन सक्दछ
कुरो यो पनि छ
कहिले इतिहासले हामीलाई दोहोराउँछ
कहिले हामीले नै इतिहास दोहोराउँछौं
कहिले इतिहासले हामीलाई निर्माण गर्दछ
कहिले हामीले नै इतिहासको निर्माण गर्दछौं
अहिले त पुरानो साल जाँदै छ विदा भएर
नयाँ साल आउँदै छ– स्वागतद्वारबाट प्रवश गर्दै
कुनि के के को कुम्लो बोकेर
भारी तारी बोकेर
हामीलाई थाहा छैन अहिले कत्ति
नयाँ वर्षले हामीलाई डोराउने हो कि
हामीले नै नयाँ बर्षलाई डोेहोराउने हो
नयाँ बर्ष हाम्रो लागि ठूलो फलीफाप हुने हो कि
नयाँ बर्ष हाम्रो लागि ठूलो अभिशाप पो हुने हो
आखिर नयाँ वर्ष कस्तो हुने हो त्यो नयाँ बर्षकै हातमा होला
उसरी नयाँ बर्ष कस्तो हुने हो त्यो हाम्रै हातमा पनि होला
नयाँ बर्षले हामीलाई बिगार्न पनि सक्दछ
नयाँ बर्षले हामीलाई सपार्न पनि सक्दछ
हामीले नयाँ बर्षलाई बिगार्न पनि सक्दछौं
हामीले नयाँ बर्षलाई सपार्न पनि सक्दछौं
हामीले अब हेरफेर गर्न नसक्ने त पुरानो बर्ष मात्र हो
हामीले अब केरमेर गर्न नसक्ने त पुरानो बर्ष मात्र हो
हामीले अब चलाउनै नसक्ने त पुरानो बर्ष मात्र हो
हामीले अब छुनै नसक्ने त पुरानो बर्ष मात्र हो
जे होस्
हामीसित निकै आत्मीयता बढेको पुरानो वर्ष विदा भएर जाँदैछ
हामीसित बिल्कुलै अपरिचित रहेको नयाँ बर्ष
हामीसित कुनै साइनो नभएको नयाँ बर्ष
अज्ञात नयाँ बर्ष
बाजा बजाउँदै आउँदै छ
हल्ला गर्दै आउँदै छ
स्वर मच्चाउै आउँदै छ
ढोल पिट्दै आउँदै छ
नयाँ वर्षको पूर्वसन्ध्यामा
शुभकामना नयाँ बर्षलाई
शुृभ कामना नयाँ बर्ष पर्खेर बसेका मित्रहरूलाई पनि
शुभकामना मेरा सारा ज्ञात अज्ञात शुभ चिन्तकहरूलाई पनि ।
३०–१२–०७१

Comments

Popular posts from this blog

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...