Skip to main content

बतुराएको त्यो मान्छे



हिजो ठूलो क्रान्ति  गर्दछु भन्दथ्यो त्यो मान्छे
क्रान्तिको रथ हाँक्दछु भन्दथ्यो त्यो  मान्छे
अग्र पंक्तिमा खडा हुन्छु भन्दथ्यो बर्ग संघर्षको मोर्चामा त्यो मान्छे
मुक्ति कि मृत्यु भन्दै  युद्धको मैदानमा हाम्फाल्दछु भन्दथ्यो त्यो मान्छे
सगरमाथाको शिखरमा लाल झण्डा फहराउँछु भन्दथ्यो त्यो मान्छे
सपना त धेरै देखेको थियो त्यस मान्छेले
सपना त धेरै देखाएको थियो त्यस मान्छेले
पुरानो मुलुकको नक्शा च्यातेर
नयाँ मुलुकको नक्शा कोर्दछु भन्दथ्यो त्यो मान्छे
मुक्ति क्षेत्र घोषित गर्दछु भन्दथ्यो सम्पूर्ण भूगोललाई त्यो मान्छे
फेर्दछु भन्दथ्यो सम्पूर्ण इतिहासलाई नै त्यो मान्छे
संसार नै फेर्दछु भन्ने त्यो मान्छे
आखिर कति छिटै आफै फेरिएछ 
कति छिटै फेरेछ क्याम्प उसले
कति छिटै बदलेछ बाटो उसले 
कति छिटै बिर्सिएछ आफ्ना सारा बाचा कबुल उसले
कति छिटै विर्सिएछ शहीदहरूको सपना उसले
कति छिर्टै विर्सिएछ घाइते सहयोद्धाहरूको पीडा उसले
कति सजिलै विर्सिएछ पीििडत परिवारको व्यथा उसले
कति सजिलै लगाएछ उसले प्रतिक्रान्तिसित मित
पचाएर सबै लाज
जनबैरीहरूसित मिलाएर हात 
जनबैरीहरूको पाएर  पुरै साथ
आज आफै जनक्रान्तिको घोर विरोधी बनेको छ त्यो मान्छे
आज  क्रान्ति हुन  दिन्न  म भन्दछ  त्यो मान्छे
क्रान्तिको बिरुवा उखेल्दछु  भन्दछ
क्रान्तिको बिउ मास्दुछ भन्दछ
क्रान्तिको घाँटी निमोठ्दछु भन्दछ
क्रान्तिको आगो निभाउँदछु भन्दछ
क्रान्तिको आँधी तुफान रोक्दछु भन्दछ
क्रान्तिको बाटो छेक्दछु भन्दछ
क्रान्तिको बाटो रोक्दछु भन्दछ
क्रान्तिलाई बाटो छेक्न
पहाड भएर उभिन्छु भन्दछ
गोली भएर बर्सिन्छु भन्दछ
बम भएर पडकिन्छु भन्दछ
रौद्र रुप  धारण गरेर
ताण्डव नृत्य गर्दछु भन्दछ
बाबै गाँजा धतुरो खाएर पो हो कि
जाँड रक्सीको मात लाएर हो
बतुराएर हिंडिरहेको छ त्यो मान्छे आज
के के बक्दै हिडिरहेको छ त्यो मान्छे आज
बाटाघाटामा
हाट बजारमा
गल्ली गल्लीमा
चोक चोकमा

२६–१२–२०७४


Comments

Popular posts from this blog

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...