आँखा भएर पनि देख्न सक्दैन मान्छे
देखे पनि देखे जस्तो गर्दैन मान्छे
कान भएर पनि सुन्दैन मान्छे
सुने पनि सुने जस्तो गर्दैन मान्छे
मुख भए पनि बोल्न सक्दैन मान्छे
बोले पनि बोले जस्तो गर्दैन मान्छे
हो आँखा भएर पनि अन्धो भएको छ मान्छे
हो कान भएर पनि बहिरो भएको छ मान्छे
हो मुख भएर पनि मुक भएको छ मान्छे
कुरा त्यति मात्र होइन
जिउँदो भएर पनि
लाश भएको छ मान्छे
मलाई डर छ यतिबेला
कतै मेरो बीरहरूको यो देश नै
मुर्दाहरूको देश हुने त होइन ?
२३–१२–२०७४
Comments
Post a Comment