Skip to main content

माक्र्सको संझनामा


तिमीले भन्यौ
अहिलेसम्म दार्शनिकहरूले
संसारको व्याख्या मात्र गरेका छन्
अब आवश्यक छ संसार फेर्न
हुन पनि हो
बुझेर मात्र के गर्ने यो संसार
बर्णन गरेर मात्र के गर्ने यो संसार
संसार फेर्ने कुरा प्रमुख हो
पmेर्नैको लागि बुझ्नु पर्दछ यो संसार
यत्ति हो संसार फेर्ने कुरा कहाँ ससिलो छ र
सजिलो भए त जसले पनि फेर्दथे यो संसार
एक बार होइन दुई बार होइन हजार बार फेर्दथे यो संसार
जो पनि बन्दथे संसार फेर्ने महानायक
किन कोही भाग्दथे बीचबाटोबाट नै छोडेर
संसार फेर्ने काम
महापण्डित राहुले पनि
माक्र्सको स्वरसित आफ्नो स्वर मिलाउँदै भनेकै थिए
भागो नही दुनिया को बदलो
तर पनि साँचो कुरा त के हो भने
यो संसारमा संसार फेर्ने कुरादेखि भाग्ने मान्छे मात्र छैनन्
संसार फेर्न अन्तिम विन्दुसम्म लाग्ने मान्छे पनि छन्
यो संसारमा संसार फेर्ने मान्छे पनि छन्
लेनिन यस्तै एउटा मान्छे थिए
स्तालिन यस्तै एउटा मान्छे थिए
माओ यस्तै एउटा मान्छे थिए
उनीहरू
माक्र्समा असल अनुयायी थिए
उनीहरू माक्र्सका असल उत्तराधिकारी थिए
उनीहरू संसार बुझेर मात्र बसेनन्
उनीहरू संसारको व्याख्या मात्र गरेर बसेनन्
उनीहरूले संसारलाई फेरे पनि
यो कुरा बेग्लै हो कि
उनीहरूले फेरेको संसारमा घुन किरा लाग्यो
उनीहरूले फेरेको संसारमा धमिरा लाग्यो
उनीहरूले फेरेको संसार
फेरि फेरिएको छ
उल्टो दिशातिर
अग्रगमनतिर होइन
प्रतिगमनतिर
फेरि पनि तिमीले परिकल्पना गरेको संसार फेर्न
लाखौ लाखौ मान्छेहरू
करौडौं करोडौं मान्छेहरू
असंख्य मान्छेहरू
तिमीले इंगित गरेको बाटोमा
तिमीले कोरेको बाटोमा
निरन्तर जुटेका छन्
दिन रात खटेका छन्
संसार फेर्ने महायात्रामा
लंग मार्चमा
अनेक दुख कष्ट झेल्दै
मृत्युसित खेल्दै
कुरा ठीक हो कि यतिबेला
संसार फेर्ने मान्छेभन्दा पनि
संसारलाई फेर्न नदिने मान्छे बलिया बनेका छन्
अस्थायी रुपमा भए  पनि
क्षणिक रुपमा भए पनि
संसार फेर्ने मान्छेले फेरेको संसारलाई
यिनीहरूले फेरेका छन्
यिनीहरूले उल्टाएका छन्
संसार फेरि फेरि यिनीहरूले
फेरि पुरानै अवस्थामा पुराएका छन्
संसारलाई अग्रगमनतिर होइन
प्ां्रतिगमनतिर धकेलिरहेका छन्
संसारलाई उल्टो दिशातिर हाँकिरहेका छन्
अहिले उनीहरूकै डाँको ठूलो छ
अहिले उनीहरू कै हुकूम चल्दछ
तर पनि हामी के कुरामा ढुक्क छौं भने
हामी के कुरामा विश्वस्त छौं भने
तिम्रो संसार फेर्ने महान यात्रालाई
लंगमार्चलाई
पृथ्वीको कुनै ताकतले रोक्न सक्दैन
ढिलो चाँडो यो संसार फेरिन्छ फेरिन्छ
यस कारणले पनि फेरिन्छ कि
संसार फेर्ने यात्रामा लाखौं करोडौं मान्छेहरू लाम लागेर अघि बढेका छन्
एक पछि अर्को गर्दै
चुनौतीका अग्ला अग्ला पहाड चढेका छन्
मान्छेले नै त हो यो संसार फेर्ने
सचेत  र सजग मान्छेले
संगठित र संघर्षशील मान्छेले
संसार फेर्ने संकल्प गर्दै
समर्पित भएका मान्छेहरूले
केही केही मान्छेले हरेश खाए भन्दैमा
केही केही  मान्छेले बाटो छोडे भन्दैमा
केही केही  मान्छे  किनारा  लागे भन्दैमा
केही केही मान्छेले शत्रुसित हात मिलाए भन्दैमा
केही केही मान्छे बर्गबैरीको शिविरमा बिलाए  भन्दैमा
तिमीले अंगुल्याएको मानव मुक्ति मार्गमा
संसार फेर्ने महायात्रामा
लंगमार्चमा
पृथ्वीको यो कुनादेखि त्यो कुनासम्मका मान्छेहरू
अबिराम यात्रामा छन्
अबिराम संघर्षमा छन्
अबिराम युद्धमा छन्
र यो युद्ध पुरै ससार नफेरिएसम्म जारी रहने छ
निरन्तर क्रान्तिको पथ हुँदै अघि बढिरहने छ
हो दार्शनिकल ेसंसारको व्याख्या मात्र पुग्दैन
संसारको बर्णन गरेर मात्र पुग्दैन
संसार नै फेर्नु पर्दछ
कसैले फेरि उल्टाउन नसक्ने गरी फेर्नु पर्दछ
कसैले फेरि पल्टाउन नसक्ने गर िफेर्नु पर्दछ
शत्रुहरूले भन्न सक्दछन्
माक्र्सवाद पुरानो भयो
शत्रुहरूले भन्न सक्दछन्
माक्र्स असान्दर्भिक भए
संसार फेर्ने दर्शन कहिले पुृरानो हुँदैन
माक्र्सवाद कहिले पुरानो हुँदैन
संसार फेर्ने भन्ने मान्छे कहिले असान्दर्भिक हुँदैन
माक्र्स कहिले असान्दर्भिक हुँदैनन्
कहिले पुरानो नहुने दर्शनको नाम माक्र्सवाद हो
कहिले असान्दर्भिक  नहुने सर्वहाराबर्गमा महान दार्शनिकको नाम माक्र्स हो ।
४ मई २०१८
२१ बैशाख २०७५








Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

सुमिनाको वागी स्त्रीको आत्मकताको एक अध्ययन

  सुमिनाको बागी स्त्रीको आत्मकथा नाममा उनको २०८० सालको पहिलो कविता संकलन प्रकाशित भएको छ । शायद यो बर्षको महिला हस्ताक्षरको यो एउटा सबभन्दा बडी चर्चित तथा महत्वपूर्ण साहित्यिक कृति हो । यो कुनै एक व्यक्तिको आत्मकथाको पुस्तक जस्तो सुनिन्छ । कसैको निजी आत्मकथा जस्तो लाग्दछ । तर कुरो यसो होइन । यो कविता संकलन हो । कविले मुख्यत महिलाहरूका समस्या र वेदनालाई आफ्ना कवितामा वाणी दिएको हुनाले यसलाई आत्मकथा पनि  भन्न सकिन्छ । तर यो आत्मकथा कुनै एक खास महिलाको जीवनमा आधारित नभएर आम महिलाको जीवनसित सम्बन्धित छ पनि भन्न सकिन्छ । यस कविता संकलनका कविताले कुनै एक खास महिलाको आवाजलाई बुलन्द गरेको देखिए पनि यसले आम महिलाको जीवनलाई प्रतिनिधित्व गरेको देखिन्छ । यस कविता सकलनले महिला कुनै न कुनै रूपमा पुरुषद्वारा पीडित भएको कुरालाई प्रतिबिम्बित गर्दछ । यस कविता संकलनमा मुख्यत पूँजीवादी समाजमा हुर्के बढेका महिलाहरूको चित्रण गरेको छ । उनीहरूको व्यथा कथालाई वाणी दिएको छ  ।  महिला सदा सर्वदा पुरुषद्वारा शोषित पीडित रहे भएको कुरा भने साँचो होइन । यस समाजलाई माक्र्सले मुख्यत ६ युगमा विभाजित गरेका छन् ।  आदिम सा