Skip to main content

गजल




लम्पसारवादी ओलीको दिमाग नै भुटेर गए 
महाधुर्त मोदी अरुण तेस्रो नदी लुटेर गए 
के राख्न सक्दथे देशको अस्मिता सुृरक्षित यिनले 
डाँका लुटेरा चोर चण्डाल सब यी जुटेर गए 
जति जोडे पनि जालीहरूले  नाल नाता पुरानो 
हाम्रै धरतीमा आएर हाम्रै मान्छे कुटेर गए 
जति उत्पात गरे पनि पारिबाट वारि आएर
खुंखार  अपराधीहरू बाइज्जत छुटेर गए 
राहु र केतु मिले पछि  के दिन्थे सुख शान्ति कतै 
हुने भो रजाइ शत्रु कै जनशक्ति फुटेर गए ।
३०–१–२०७५





Comments