लम्पसारवादी ओलीको दिमाग नै भुटेर गए 
महाधुर्त मोदी अरुण तेस्रो नदी लुटेर गए 
के राख्न सक्दथे देशको अस्मिता सुृरक्षित यिनले 
डाँका लुटेरा चोर चण्डाल सब यी जुटेर गए 
जति जोडे पनि जालीहरूले  नाल नाता पुरानो 
हाम्रै धरतीमा आएर हाम्रै मान्छे कुटेर गए 
जति उत्पात गरे पनि पारिबाट वारि आएर
खुंखार  अपराधीहरू बाइज्जत छुटेर गए 
राहु र केतु मिले पछि  के दिन्थे सुख शान्ति कतै 
हुने भो रजाइ शत्रु कै जनशक्ति फुटेर गए ।
३०–१–२०७५
Comments
Post a Comment