नाकाबन्दीको बेलामा भारतीय पत्रिकाले नेपालका सबभन्दा शक्तिशाली प्रधानमंत्रीको रुपमा के पी ओलीलाई प्रस्तुत गरे । जनताले भ्रमवश ओलीलाई राष्ट्रवादी नेता भनेर होस् वा ओलीले जन धन र डनको प्रयोग गर्नाका साथसाथै माओवादी केन्द्र र अरु साना वाम पार्टीसित मिलेर चुनाव जितेर होस् पाँच बर्षको लागि नेपालको इतिहासमा नै शक्तिशाली प्रधानमंत्री भएका छन् किन पनि भन्न सकिन्छ भने उनले झण्डै दुई तिहाईको समर्थन प्राप्त गरिरहेका प्राधनमंत्री हुन पुगेका छन् र उनलाई कुनै पनि शक्तिले पाँच बर्षसम्म हल्लाउन सक्दैन । तर उनको शक्तिको स्रोत के रहेछ भन्ने कुराको रहस्य खुल्दै गइरहेको छ । पहिले महाकाली नदीको भूमिकाले उनलार्ए शक्तिशाली बनाएको रहेछ । अहिले अरुण तेस्रोको कन्यादानले । इतिहास साक्षी छ सिक्किम भारतलाई सुम्पेका महाशक्तिशाली नेता लेन्डुप दोर्जे आफ्नै जीवनकालमा आफ्ना पतनको भयावह दुश्य अवलोकन गर्न वाध्य भएका थिए । यतिबेला उनी इतिहासमा नै धिक्कारका पात्र बनेका छन् ।
मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...
Comments
Post a Comment