Skip to main content

पुष्प बिमान




साधुको भेषमा
अवतरित रावणहरू
यस पवित्र भूमिमा खिचिएका
लक्ष्मणरेखा पार गर्दै
अपरहण गरेर सीतालाई
जबरजस्ती कोचेर
पुष्प बिमानमा
जम्बु जेटमा
उडाइरहेका छन्
दक्षिण दिशातिर
हवाई मार्ग हुँदै
तुफानी गतिमा

सीता माताको प्रतिरक्षार्थ
आकाशमार्गमा नै
भिड्न गएको जटायुमाथि
पं्रहार गरेर बेहिसाब
वार गरेर धारिलो तलबारले
पार्दै शक्त घाइते
काटेर पंखेटा दुबै
लडाइरहेका छन् भूतलमा
पुराएर
अर्ध मृुर्छित अवस्थामा

नयाँ घटना भने यो अवश्य होइन
विगतमा पनि
साधुको भेषमा अवतरित
रावणका थुप्रै अवतारहरूले
लक्ष्मणरेखा पार गर्दै
यस पत्रित्र भूमिका सीता माताहरूलाई
जवरजस्ती अपहरण गरी
पुष्प बिमानमा कोचेर
जेट बिमानमा कोचेर
आकाश मार्ग हुँदै
उडाएका हुन्
दक्षिण दिशातिर
तुफानी गतिमा
सीता माताको प्रतिरक्षामा उत्रेका
बीर जटायुृहरूमाथि
प्रहार गरी  तलबारले
शक्त घाइते पार्दै
काटेर दुबै पखेटा उनीहरूका
धरतीमा ढलाउँदै
अर्ध मुर्छित अवस्थामा पुराउँदै
 ४
यो क्रम जारी छ
इतिहास जारी छ
साधुको भेषमा
भिक्षाको पात्र बोकेर आउने रावणहरूले
लक्ष्मण रेखा अतिक्रमण गर्दै
लुटपाट मच्चाइरहेका छन् यस धरतीमा
काटमार मच्चाइरहेका छन् यस धरतीमा
उत्पात मच्चाइरहेका छन् यस धरतीमा
संकटग्रस्त पारिसकेका छन् यस धरतीलाई
 ५
भय त यस कुराको भइसकेको छ हरेक प्राणीलाई
अनुभूत त यस कुराको भइसकेको छ हरेक संवेदनशील मन मस्तिष्कलाई
कतिबेला
लक्ष्मणरेखाका सबै सीमा नाघेर
अपहरण गर्दै सीता मातासितै
कतै सिगो धरतीलाई नै
दक्षिणदिशातिरै उडाएर बेपत्ता पार्ने हुन्
पृुष्पबिमानमा जवरजस्ती कोचेर
जेट बिमानमा जबरजस्ती कोचेर
दुष्ट रावणहरूले
पाइलटहरूले
 ६
हाम्रो यो आशका
कुनै दिन वास्तविकतामा परिवर्तित हुन पनि सक्दछ
साधुको भेषमा
लक्ष्मण रेखा नाघेर
सीता माताको अपहरण गरी
पुष्प बिमानमा जबरजस्ती कोचेर
जेट बिमानमा जबरजस्ती कोचेर
दक्षिणदिशातिर उडाउने रावणहरूका
को पाइलटहरूका
पुष्प बिमानका
जम्बु जेटका
माथि माथि आकाशमाार्गमा
उड्ने पखेटा
पाइन चढाएको
साँज लगाएको
धारिलो तलबारको चोटिलो प्रहारले
उल्टै
कुनै साहसी जटायृुले जरैदेखि काटिदिने होइन भने
तिनलाई फेरि कहिले नउठ्ने गरी
भूईमा ढलाइदिइने होइन भने
आवश्यक परे
फोर्स ल्यान्डिङ गराएर भए पनि
पुष्प बिमानको
जम्बु जेटको
अपहरित सीता माताहरूको सुरक्षित अवतरण गराउने होइन भने
अपहरित सीता माता जन्मेको धरतीको सुरक्षित अवतरण गराउने होइन भने ।
             
२१–२–२०७५




Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।...

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...