भनिन्छ लाहुरे शब्दको उत्पत्ति लाहौर जाने समयदेखि प्रारम्भ भएको हो । लाहुर यतिबेला पाकिस्तानमा पर्दछ । त्यतिेला लाहोर जाने मान्छेलाई लाहुृरे भने होलान् । त्यही लाहृुर जाने चलनले नेपालमा लाहुरे शब्दको उत्पत्ति भयो । हाम्रा बाबु बाजे खुब लाहुर जान्थे । हुन त मलाई हामा हजुर वा र हजुर बाबाका पनि हजुरबा लाहुर गएको थाहा छैन । तर मेरा जेठा बुबा करबीर साहनी करवीर बस्नेत लेखाएर व्रिटिशको जमानामा आर्मीमा भर्ती हुनु भएको थियो । उहाँ हबल्दारी पेन्सन लिएर १५पन्द्रह बर्षमा नै पेन्सन आउनृु भएको रहेछ । जेठा बुबाका धेरै जसो सन्तानको जन्म पल्टनमा भएको हो । देहरादुनमा भएको हो । उहाँले पेन्सन आए पछि गाउँ घरका धेर्रै मान्छेलाई भर्ती गराउनु भएको रहेछ । म जन्मिंदा मेरा जेठा बुबा हबल्दार करबीर बस्नेत ( साहनी ) पेन्सन निस्किसक्नु भएको थियो । मेरा बुबा रविलाल साहनी भने कुनै पल्टनमा भर्र्ती हुन जानु भएन । लाहुरे हुनु भएन । बरु गाउँको मुखिया भएर बस्नु भए । खेती किसान गरेर बस्नु भयो । दोकान गरेर बस्नु भयो । मेरा कान्छा बुवा पनि लाहुर जानु भएन । खेती किसान गरेृर गाउँमा नै बस्तु भयो । धामी बैद्य भएर पनि जीविका चलाउनृु भयोृ । दोकान पनि चलाउनृु भयो । मेरा साइला बुबा छविलाल साहनी भने १८ –१९ बर्षको उमेरमा र्नै लाहृुर जानुृ भएको हो । बर्मा अहिलेको म्यानमार जानृु भएको हो । उहाँ बर्मा गए पछि कहिले फर्किनु भएन । एकपल्ट पनि फर्किनु भएन । उहाँ बर्मा जाँदा म जन्मेको पनि थिएन । हाम्रो गाउँ घरबाट को को लाहुर गए त्यसको हिसाब किताव गर्ने हो भने एउटा ठूर्लै पुृराण बन्न सक्दछ । हो ,त्यतिबेला लाहुर जाने भनेको भारत र बर्मा नै हो । कोही कोही मान्छे भोटतिर पनि लाहुर जान्थे । लासातिर व्यापार गर्न जान्थे । मुना मदन त्यसैको उपज हो शायद । पछि लाहुर जाने कुरामा मलाया पनि सामेल भयो । हङकङ पनि सामेल भयो ,। यो ब्रिटिश सरकारको कृपा थियो ।
तर आज भोलि लाहुर जानु भनेको भारत वा बर्मा जानु होइन । भोटतिर जानु पनि होइन । आज भोलि लाहुर जानुृ भनेको विदेश जानृु हो । जापान जानु हो । कोरिया जानृ हो । आज भोलि लाहुर जानुृ भनेको मलेसिया जानृु हो । कतार जानुृ हो । दुबई जानु हो । बु्रनई जानु हो । ।साउदी जानृु हो। आजभोलि लाहुर जानु भनेको फ्रान्स जानृु हो । बेल्जियम जानृु हो । नर्वे जानुृ हो । पोर्चगुल जानृु हो । बेलायत जानृु हो । आयरलैंड जानृु हो । स्कटलैण्ड जानृु हो । आजभोलि लाहुर जानु भनेको माल्टा जानु हो । माल्टा हृुँदै यृुरोप प्रवेश गर्नृ हो । सारा यूृरोप चाहार्नु हो । आजभोलि लाहृुर जानृु भनेको रुस जानृु हो । अमेरिका जानु हो । कालिफोर्निया जानु हो । लंगस्एंजेल जानु हो ।क्यानाडा जानु हो । आजभोलि लाहुर लानु भनेको अस्ट्रृेलिया जानु हो ।
आजभोलि लाहुर जानु भनेको भारत जानु होइन । लाहौर जानु होइन । आजभोलि लाहुर जानु भनेको समुन्द्रपारिका मुलुकमा जानु हो । सात समुन्द्र पारि जानु हो । आज भोलि लाहुर जानु भनेको पातालतिर जानृु हो ।
हिजो लाहुर गएका धेरै जसो मान्छे फर्किन्थे । कोही बर्मामा बसे पनि । कोही कोही देहरादुनमा बसे पनि । कोही कोही आसाममा बसे पनि । कोही नागालैण्डमा बसे पनि । कोही कोही मेघालयमा बसे पनि । कोही कोही मिजोराममा बसे पनि । तर आजभोलि लाहुर गएका मान्छे शायद नै फर्किन्छन् । जता गए उतै घरजम गरेर बस्न थाल्दछन् । उतै जग्गा जमीन किनेर बस्न थालेका छन् । उतै घर बनाएर बस्न थालेका छन् । उर्तिै घरजम गरेर बस्न थालेका छन् । नेपाली नागरिकता त्याग्न थालेका छन् । विदेशी नागरिकता लिन थालेका छन् । विदेश जाँदा उनीहरू नेपाली विजा बोकेर जान्छन् । नेपाल फर्किंदा उनीहरू विदेशी भिजा बोकेर आउँछन् । नेपालमा टुरिष्ष्ट भिजा लिएर आउँछन् । हिजो सात समुन्द्र पारिका देश उनीहरूको लागि विदेश थियो । आज नेपाल उनीहरूको लागि विदेश भएको छ । सात समुन्द्रपारिका देश स्वदेश ।
दोष कसको हो । स्वदेशी नागरिकता त्यागेर विदेशी नागरिकता ग्रहण गर्ने आप्रवासी नेपालीको कि यहाँको सरकारको ? म केही बुझ्न सकिरहेको छैन । उनीहरूको तर्क छ – नेपालमा पढी लेखी के काम पाइदैन कुनै काम । कुरा त गलत होइन । नेपालमा काम पाउन गाह्रो छ । काम पाए पनि राम्रो दाम पाउन गाह्रो छ । यसैले हाम्रा मान्छेहरू विदेशी रोजगारतिर आकर्षक बढेको छ । दिनहुँ हजारौ हजार युवाहरू विेदेशतिर उड्न थालेका छन् । लाग्दछ यो मुलुक बेरोजगार युवा जन्माउने मेशिन हो । आज लाहुर शब्द चलन चल्तीमा नआए पनि लाहुरे जन्माउने थलो हो । हिजो बरु लाहुरे बुटपट्टि कसेर आउँथे । जाँदा खरानी धसेर गए पनि । कुनै लाहुरे लाहुर गए भने फेरि फर्केर आउन गाह्रो मान्दछन् । एकजना हाम्रो गाउँले लाहुर गएर आएछ । उसले कोदोलाई हेरेर भनेछ– यो साला कोदो टुप्पाबाट फल्दछ कि फेंदबाट । आज विदेशमा गएर फर्किने नेपालीलाई यो नेपाल मान्छे बस्ने ठाउँ हो र भन्ने जस्तो लाग्दछ । यस प्रसंगमा मलाई शिलाङका दिल बहादुर नेवारका संझना हुन्छ । उनी नेपालबाट शिलाङ गएर शेरबहादुर थकालीको होटलमा भाँडा माज्दथे कुनै बेला । पछि उनले नाम्लो लिएर शिलाङमा साहबहरूका भारी बोक्ने काम गरे । पछि उनी गुँडका पसले बने । गुँडबाला महाजान बने । सुमन पत्रिकाका प्रकाशक बने । सुमन प्रेसका मालिक बने । शिलाङमा सबभन्दा बढी क्यास पैसा भएका मान्छे बने । ठूला ठूला मारवाडीका गोदाम उनको आशिशन भवन बनेको थियो । नेपाली साहित्यका प्रसिद्धी समालोचक तथा पं जवाहारलाल विश्व विद्यायलका प्रोफेसर डा. ईश्वर बराल उनका घरमा गएर महिनौं बस्दथे । दिलबहादुर नेवारका कति पुस्तक उनले नै सम्पादन गरेका थिए । दिलबहादुर नेवारको आफ्नै छापाखाना भए पनि उनका पुस्तक दार्जीलिङको श्याम व्रदर्शले छाप्दथे । दिलबहादुर नेवारले दिलबहादुर नेवार समेत शुद्ध लेख्न नजाने पनि उनलाई नेपाली साहित्यको इतिहासलेृ ठूला निबन्धकारको रुपमा चिन्दछ । यिनै दिलबहादुर नेवार भारत सरकारलाई ठूलो रकम बुझाएर रुसमा भएको ओलम्पिक खेल हेर्न गएका थिए । यसै अवसरको पुराका पुरा फाइदा उठाउँदै उनी युरोपको भ्रमण गरेछन् । बेलायत पुगेछन् । एकदिन उनकै गुँडको पसलमा मैले उनलाई प्रश्न गरेको थिएँ – दिलबहादुरजी तपाइंलाई युृरोप कस्तो लाग्यो । बेलायत कस्तो लाग्यो । उनले मेरो प्रश्नको जबाब दिंदै भनेको थिए – इंडिया पनि कही बस्न लायक ठाउँ हो र । मेरा केही कमरेडहरू अमेरिकाका पुगेर फर्के । उनीहरूले भने वास्तविक समाजवाद त अमेरिकामा रहेछ ।
कुरा के भने आज हामी नेपालीको आकर्षण विदेशतिर बढेको छ । बरु विदेशीको आकर्षण गरेर नेपालतिर बढेको छ । सुनिन्छ हिजोका लाहुरका मान्छे पनि यही मुलुकमा समेत अबैद्य रुपले पनि नेपालमा बसोबासो गरिहेको सुनिन्छ । भुटानी नेपालीहरूका लागि पनि नेपाल आश्रय थलो बनेको छ । बर्मेली नेपाली फर्किने ठाउँ पनि नेपाल नै बनेको छ । आसाम मेघालयबाट लखेटिएका नेपालीहरू आश्रय थलो पनि नेपाल नै बनेको छ । भनिन्छ थुप्रै बंगलादेशी पनि नेपाल छिरेका छन् । भनिन्छ अफगानिस्तानीको लागि पनि नेपाल आश्रय थलो बनेको छ । हिजो तिब्बती शरणार्थीहरू पनि नेपालमा ओइरिएर आएका हुन् । उनीहरू अहिले पनि नेपालमा नै बस्दछन् ,। सुनिन्छ म्यानमारबाट रोहिन्ग्याहरू पनि ठूलो संख्यामा नेपाल प्रवेश गरेका छन् । भारतीय नागरिकहरूको लागि त नेपाल पानी पिउने पधेरो भएको छ । उनीहरू नेपाल पस्नासाथ नेपाली नागरिकता प्राप्त गरी मनले नभए पनि नागरिकताको दुष्टिले नेपाली बन्दछन् ,। उनीहरूले हाम्रो सरकारको नागरिकता सम्बन्धी उदार नीतिको पुराका पुरा फाइदा उठाइरहेका छन् ।, मलाई लाग्दछ कुनै दिन नेपालमा विदेशीहरू बस्ने छन् र हामी नेपाली खोज्न विदेशी भूमिमा दौडिन पर्ने छ ।
हिजो धर्मराज थापाले ठीकै गीत गाएका रहेछन् –
नेपालीले माया मार्यौ बरिलै २
जन्मेको देशलाई
नेपालीले भेषलाई
नेपालीले माया मार्यो बरिलै २
हिंडेको बाटो बारीको माटो
हँसिया नाम्लो मकैको आटो
बनको सिटी मेलाकी ठिटी
औसलु दाना दिउँसो खाना
नेपालीलेृ माया मार्यो बरिलै २
मागेर डुल्छन् आँतका भाइ
अरुकै निम्ति लड्छन् दाई
रोक्र्तै छौं हामी कतै छौ हामी
दाई हाल्छन् अर्कै पाखामा आई
नेपालीलेृ माया मार्यो बरिलै २
दार्जीलिङ आसाम बर्माको गोठमा
भाग्सु र शिमला ,लाशा र भोटमा
भई चौकीदार गोठाला कुल्ली
जिन्दगीभर परदेशमा नै हल्ली
नेपालीलेृ माया मार्यो बरिलै २
अरु देश सबै जागेर उठे
हाम्रो त आँखा चिम्लेर सुते
कोही देहरादुन कोही नैनीताल
कोही राँची कुर्दै बिताउँछन् रात
नेपालीलेृ माया मार्यो बरिलै २
१८–९–२०७५
Comments
Post a Comment