Skip to main content

आगोदेखि होशियार



हिउँदमा सधैं आगो लाग्दछ जंगलमा
उसरी मौसम बेमौसमा पनि लाग्दछ आगो
आगो लाग्नलाई कुनै आइतबार चाहिंदैन
आगो लाग्नलाई कुनै साइत जुराउन पर्दैन
कुनै पात्रो पल्टाउन पर्दैन
कुनै जोखाना हेर्न पर्दैन
जहिले पनि लाग्न सक्दछ आगो
जहाँ पनि लाग्न सक्दछ आगाो
बेला कुबेला पनि लाग्न सक्दछ आगो
आगो लागे पछि
्बाँकी के राख्दथ्यो
डडाल्छ  हरियो बन
नेपालको  धन
डडाल्दछ जडी बुटी
डडाल्छ पशु पन्छी
डडाल्छ किरा माकुरा
डडाल्छ बनस्पति
डढाल्छ सबकुछ
हो कहिले आफै लाग्दछ आगो
कहिले लगाइन्छ आगो जानी जानी
कहिले बनभित्रबाट¬ै लाग्दछ आगो
कहिले बन बाहिरबाट पनि
कहिले घरभित्रैबाट लाग्दछ आगो
कहिले घर बाहिरबाट पनि
हो लागे पछि
आगोमाथि घिउ छर्किने मान्छे पनि हुन्छन् यो दुनियाँमा
आगो माथि पानी बर्साउने मान्छे पनि
आगो लागे पछि आफ्नो रोटी सेकाउने मान्छे पनि हुन्छन् यो दुनियाँमा
आगो लगाएर जिउँदै मान्छे मार्ने पनि मान्छे हुन्छन् यो दुनियाँमा
आगोमा हाम्फालेर आफू भष्म खरानी भए पनि
आगोमा जलिरहेका मान्छेलाई बचाउने मान्छे पनि हुन्छन् यो दुनियाँमा
हिटलर पनि जन्मिन सक्दछन् आगोको मुस्लोबाट
हिटलरको चिहान खन्ने स्तालिन पनि जन्मिन सक्दछन् आगोको मुश्लोबाट
बेवास्ता गरे एउटा फिलोंगाले घर जलाउन सक्दछ भनेथे
टोल्टयले कुनै दिन
एउटा फिलिगोले सारा बनमा डढेलो लगाउन सक्दछ भनेथे
माओले कुनै दिन
आगोसित नखेल
आगो खतरनाक हुन्छ
आगोसित नझिस्क
आगो बज्र भएर पडकिन सक्दछ
आगो ज्वालाखुखी भएर बिस्फोट हुन सक्दछ
आगो जब जल्न थाल्दछ दन दन दन्किैदै
आगो जब र्फैलिन थाल्दछ आगोका लप्का हुँदै सारा विश्वमा
आँधी र हुरीको गतिमा
दुई चार खिया लागेका दमकलको के काम
सात समुन्द्को पानी पनि कम हुन सक्दछ
दन्किरहेको आगोको मुश्लो निभाउन
आगो  आफू मात्र जल्दैन
जे जे पर्दछ आगोको मुखमा जलाउँदै जान्छ
साना झोपडी पनि जलाउँछ आगो
गगनचुम्बी महल पनि जलाउँछ आगो
हनुमानको पुच्छरमा आगो लगाउँदा रावणले
सुनको लंका के भो
सबैले जाने बुझेकै कुरा हो
आगो जब आगो भएर दन्किन्छ
प्रलय हुन सक्दछ यो विश्वमा
खण्डहर बन्न सक्दछ यो सारा सभ्यता
आगो निभाउने सबभन्दा सरल उपाय हो
आगो लगाउँदै नलगाउनु
आगो लाग्नै नदिनु
आगो लागे पछि खरानी नबनी निभ्दैन यो
आगो लागे पछि
खरानी नबनाई निभ्दैन यो
हो आगो लागेर रोम जल्दा
निरो मात्र बाँसुरी बजाएर बस्न सक्दछ ।
१५–१२–२०७५
२९–३–२०१९







Comments

Popular posts from this blog

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...