राजा त तल झरे भने
सिंहासनमा बस्ने तिमी को हौ
राजाले त श्रीपेच उतारे भने
श्रीपेच पहिरिने तिमी को हौ
राखेर मुलुकलाई बन्धकी
तिमी कति दिन अझै बिक्छौं
नांगिदै गएका छौ दिन दिनै
शिरदेखि पाउसम्म
बतासे कुरा गरेर मात्र
तिमी कति दिन अझै टिक्छौं
विदेशीको बुई चढेर
फुई धेरै झार्दछौ तिमी
बनेर गोटी अरु कै
मुलुकलाई अप्ठारो पार्दछौ तिमी
गर्दैनौ सही कृुरा कहिले
दुनियाँलाई ढाँट्दछौ तिमी
लेन्डुपेसित हातमालो गर्दै
भीमदत्तका टाउका काट्दछौ तिमी
ठूला ठूला साम्राज्य त ढले भने
तसका महल जस्तै
तिम्रो के कुरो
ढिलो चाँडो पुरा भएरै छाड्दछ
शहीदको सपना अधुरो ।
१२–१२–२०७५
२६–३–२०१९
Comments
Post a Comment