हेर्दै जाँदा
बुझ्दै जाँदा
फेरिन त धेरै कुरा फेरिए यहाँ
तर खोई के कुरा फेरिए र
मान्छे फेरिए
तर मानसिकता फेरिएन
नाम फेरिए
तर काम फेरिएन
मंत्र फेरिए
तर तन्त्र फेरिएन
भयो होला माथि माथिकालाई फेरिएको निकै धेरै अनुभूति
तर सधैं तल परेकालाई त फेरिएको कुनै अनुभूति भएन ।
१६–७–२०७६
Comments
Post a Comment