Skip to main content

बिर्सेका छैनौं


बिर्सन त हामीले कालापानी त के
नालापानी पनि विर्सेका छैनौ
बिर्सन त हामीले किल्ला कांगडा र टिस्टा पनि बिर्सेका छैनौं
बिर्सन  त हामीले ग्रेटर नेपालको नक्शा पनि विर्सेका  छेनौं
सपना पनि  विर्सेका छैनौं
बिर्सन पनि कसरी बिर्सन सक्दथ्यौं हामी
हाम्रा पुर्खाले रगतले लेखेको  गौरवशाली इतिहास
विर्सन पनि कसरी बिर्सन सक्दथ्यौं हामी
हाम्रा पुर्खाको गौरव गाथा र अद्भूत् अदम्य साहस
काँप्दथे थर थर  साम्राज्यवादका तोप गोला पनि
गोरखालीका हातमा नांगो खुकरी चम्किन थाल्दा
बैरीको त  सातो नै जान्थ्यो युद्धको मैदानमा
आयो गारखाली भन्दै हाम्फाल्दा
हिजो सिंगो देश खाएर पनि भरिएनछ अझै अगस्तीको भूँडी
खान खोज्दै छ मुख बाएर दैत्य
हाम्रो स्वतन्त्र स्वाधीन र सार्वभौम भूमि पनि चुँडी चुँडी
पशुपति नगर खायो महेशपुर खायो
सुस्ता खायो
खायो लिम्पियाधुरा  लिपुलेक कालापानी
पाएर  नै हो कि लेन्डुपेहहरूको गुलियो बचन
खाँदै छ हाम्रो जमीन दिन दिनै
छिन छिनै
झनै झनै
शनै शनै
एक्लो जगे पिलरले कति  गरोस् सुरक्षा यो देशको भूगोेलको
बनेर सीमाकोे मुक  चौकीदार
छैन बरा सुरक्षा खुदै जंगे पिलरको आफ्नै पनि
देश कै सुरक्षाको खोई के कुरा गर्नु
बन्नै पर्ने पो हो कि हामी खुँदै देशभक्त नेपाली नै जंगे पिलर
सीमानामा लगाउनै पर्ने पो कि काँडे तार
हुनै पर्दछ जसरी पनि छेक बार
होला अवश्य एक दिन
मुद्दा मुलुकको हाम्रो बार पार
तर लगाउनै पर्ने भो खुकुरीमा आजैदेखि धार
राख्न सक्दैनौं पुर्खाको कीर्ति जीवित भने
हामी बाँचेको के सार
कायर सरकार जति सुते पनि देश लुटिंदा
नेपाली जनता छन् जागाराम
फिर्ता गराउने  छन् लुटेको धरती सब
गरेरै भए पनि  शत्रुको संहार
दुष्ट दुश्मन खबरदार
एक चिम्टिी मातृभूमिको माटोको रक्षाको लागि पनि
छौं हामी  लड्न भिड्नलाई सधैं तयार
प्यारो छ देशको एक एक टुक्रा भूमि हामीलाई
एक दिन होइन दुई दिन होइन
आवश्यक परे लड्छौ हामी
अन्तिम दिनसम्म
लागे लागोस् बर्ष हजारौं हजार
निश्चित छ ढिलो चाँडो
हाम्रो शानदार जीत र शत्रुको करार हार ।
२६–२–२०७६
१२–११–२०१९








े                                     







 






















Comments

Popular posts from this blog

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...