Skip to main content

कालापानी


होइनौं हामी छाती च्याती कवच दिने कर्ण जस्तै दानी           
तोपदेखि तर्सेर तेरो छोडदैनौ हामी कदापि  कालापानी
कोर्दैमा नक्शा नकली तैेंले हुँदैन कहिले यो धरती तेरो
भित्राउँला भनेको होलास् लगाएर बन्दुकको  सात फेरो
सुस्ता खाइस, लिपुलेक खाइस  खाइस तैले लिम्पियाधुरा
मातृभूमिको मुटुमा  चलाइस तैंले  कति  हो कति छुरा
कोशी खाइस् गण्डकी खाइसे खाइस कर्नाली महाकाली
दुनियाँमा देखिन मैले कतै पनि तं जस्तो धुर्त महा जाली
जंगे पिलर राता रात गायब पारिस तैंले कति हो कति
अतिक्रमण गरी भूभागमाथि क्षति पुराइस्  कति हो कति
दुनियाँका सामुन्ने नांगिदा पनि तेरो फिरेन कहिले मति           
लुटनसम्म लुटिस तैले यो धरतीको रगत पसिना माटो
पारिस् तैले मुटुभरि हाम्रो हेर कति कति हो कति खाटो 
फेर्ने पर्ने हो अब हामीले हिंडेदै गरेको सारा पुरानो बाटो
फेर्न पर्ने भो अब हामीले दुश्मनलाई धूलो चटाएर साटो
धरतीमा बढे पछि दैत्य राजको असह्य अन्याय अत्याचार
अनिवार्य हुन्छ  धरतीमा फेरि अर्को कुनै नरसिंह अवतार
आवश्यक परे देशलार्ई लगाउनु पर्छ हामीले हँसियामा धार
गर्नै पर्दछ दुश्मनको पंजाबाट अपहरित माटोको  उद्धार
चलाउन परे चलाउनु पर्दछ हामीले खुँडा खुकुरी तलबार
दिन हुँदैन हामीले उठाउनलाइ छिमेकीले हाम्रा घर बार                           
गुमाएर माटो मुलुकको जिउँदै मरेर हामी  बाँचेको के सार
लड्नै परे लडेर पनि मुद्दा मुलुकको  हुनै पर्दछ अब वार पार
लगाउनै पर्छ  भने हामीले लगाउनु पर्दछ सीमाका काँडे तार
बन्दुकको जबाब बन्दुकले दिनलाई  हुनु पर्दछ सँधै तयार
सत्यको नै हुन्छ जीत जहिले पनि असत्यको नै हुन्छ हार 
दुश्मनको लागि धेरै लड्यौ मर्यौं हामी आफ्नै लागि लडौं
चुप लागेर कति बस्ने हामी कातर सरी अब त अघि बढौं
दुश्मनको हातबाट जोगाउन मुलुकलार्ई संकल्प कडा गरौं
देखाएर वीरता बीर गोर्खालीको  दुश्मनको हेोश नै हरौं
देखार्ई कौशलता दुश्मनलाई हामी चारैतिरबाट नै घेरौ.
सीमा पारि धपाएर दुश्मनलार्ई बल्ल हामीले सास फेरौं
मुक्त गराई अपहरित भूमिलाई मुलुकको सम्पति सबै  जोरौंं
बनेर सच्चा सपुत  देशको अब हामी इतिहास नयाँ कोेरौं । 
१७ –७–२०१९
१–८–२ं०७६         










Comments

Popular posts from this blog

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...