Skip to main content

दक्षिणका वादशाह


भारतले कालापानी लुम्पियाधुरा र लिपुलेकलाई आफ्नो नक्शामा पारे पछि सरकार दरो गरी बोल्न नसके पनि नेपाली जनता  मोदी सरकारका कानका जाली फुट्ने गरी बोलेका छन् । भारतको बिरुद्धमा देशभक्त नेपालीहरूको अभूतपूर्व रुपमा राष्ट्रिय एकता प्रदर्शित भइरहेको छ । योे निकै सकारात्म्क कुरा हो । नेपाली जनता भन्न थालेका छन् सरकारले भारतीय फौजलाई नेपालको भूभागबाट हटाउन सक्दैन भने त्यो जिम्मा नेपाली जनताले लिनेछन् र उसलाई नेपालको भूभागबाट भगाउने छन् । जे हास् कालापानी लिम्पियाधुरा र लिपुलेक नेपालको भूभाग हो भन्ने कुरा इतिहासले साबित गरिसकेको छ । निश्चित रुपमा कालापानी नेपालले ढिलो चाँडो फिर्ता लिने छ । फेरि पनि के कुरा पनि निश्चित छ भने विस्तारवादी भारतले सजिलै कालापानी छोडेन भने हामीले त्यसलाई फिर्ता गराउने निके लामो लडाई लड्न  पर्ने हुन सक्दछ । आफ्नो मातूभूमिको लुटिएको वा जबरजस्ती कब्जा गरिस्एको जमीन फर्काउन  हामीले जस्तो सुकै कदम पनि चाल्नु पर्ने र चाल्नु सक्नु पर्ने अवस्था पनि आउन सक्दछ । हामी हर कुराको लागि सदा तयार रहन आवश्यक छ ।
भनिन्छ नेपालले भारतबाट कालापानीबाट त्यहाँ तैनाथ गरेका आफ्ना सेना  नहटाउञ्जेल भारतको अतिक्रमणको चर्को बिरोध गरिरहने कुरालाई एक मिनट पनि नबिसाई टेबलमा बसेर बार्ता गर्नु हुँदैन । अर्को कुरा भारतसित  बार्ता गर्दा समझदारी आफ्नो पक्षमा दाबी  बमोजिम भएन भने त्यस बार्तालाई असमान सन्धि सम्झौता गरेर टुँगाउने होेइन कि टग्राएर उठ्नु पर्दछ । आफ्ना भावी सन्तानलाई आफ्नो अधिकार खोज्ने ठाउँ  राखिदिनु पर्दछ । सबै कुरा मेटेर आउनु हुँदैन ।
बिस्तारवादी भारतले हाम्रो जमीनमाथि मात्र होइन हाम्रो जनसंख्यामाथि समेत कब्जा गर्न खोजिरहेको छ । त्यसको लागि खुला सीमाको फाइदा उठाउँदै जति  सक्दो भारतीयहरूलाई नेपालमा हुल्ने र तिनलाई नेपाली नागरिकता दिलाएर जनमतबाट नै नेपाललाई   सिक्किम बनाउने दाउ पनि खेलिरहेको छ । उसको त्यस्तो हरकतलाई रोक्न नेपालले पहिलो कुरा त सीमा खुला राख्न हुँदैन ।                                                                                           सीमामा पर्खाल नै लगाउन नसके पनि काँडेतार लगाउन सक्नु पर्दछ । पैसा पुग्दैन भने विदेशमा बसेका नेपालीले समेत पैसाको खोलो बगाउन सक्दछन् । अर्को कुरा नेपाली नागरिकता पोस्कर बाँडे जस्तै बाँड्न हुँदैन । गलत तरिकाले नेपाली नागरिकता लिनेहरूको संख्या धेरै भएकोले त्यसको छानबीन गरी झूठा विबरणको आधारमा लिइएका नागरिकता खारेज गर्नाका साथसार्थै त्यस्तो झुठा नागरिकता दिने र दिनलाई सिफारिस गर्नेलाई समेत कडा कारबाही गर्नु पर्दछ । मुलुकमा सिक्किमीकरण हुनुबाट बचाउन पनि नेपाल सरकारल यस्तो नीति लिन आवश्यक छ ।
नेपाल र भारतबीचमा भइरहेको खुला आवत जावतलाई नियन्त्रित वा नियमित गर्न आवश्यक छ । अहिले नै दुई देशबीचमा पासपोर्ट लागू नगरे पनि को आयो को गयो त्यसको रेकर्ड राख्न सक्नु पर्दछ । यसले गर्दा यो मुलुकमा अपराधीहरूको घुसपैठलाई पनि रोख्न मदत पुराउँछ ।
अर्को कुरा सरकारले अब हाम्रा सुरक्षा निकायलाई सीमामा खटाउन जरुरी छ । त्यसको लागि सुरक्षा निकायको संख्या कम हुन्छ भने भर्ती खोलेर ज्यादा भन्दा ज्यादा युवाहरूलाई सेना सशस्त्र र प्रहरी प्रहरीमा भर्ती गर्न आवश्यक छ । यसको लागि मुुलुकमा भइरहेको व्यापक भ्रष्टाचारलाई रोक्न सक्ने हो भने पनि ठूूलो धनराशि जुट्न सक्दछ । यसले गर्दा बेरोजगारीलाई कम गर्नाको साथसाथै युवा जनशक्तिको विदेश पलायनको सख्या पनि न्यून गर्न सकिन्छ । 
कुरा त्यति मात्र होइन सरकारले हरेक नागरिकलाई राष्ट्रको सिपाही बनाउन अनिवार्य रुपमा सैनिक तालिम दिन आवश्यक छ । भारतीय विस्तारवादको आक्रमणलाइ जबाव दिन सक्ने शक्ति हामीले विकास गर्नै पर्दछ । भारतीय सेना ,व्रिटिश सेना नेपाली सेना तथा प्रहरी सेवामा भर्ती भएर पेन्सन भएका नेपाली नागरिकका हातमा बन्दुक थमाइदिने हो भने उनीहरू यो मुलुकको माटोको रक्षाको लागि      जतिबेला पनि लड्न तयार हुन सक्दछन् । यो कुरा हामीले बिर्सनु हँुदैन ।
फेरि अर्को कुरा हामीले विस्तारवादी भारतको आक्रमणको संभावित आक्रमण रोक्न बाहिरबाट खरिद गरेर हतियार थुपार्ने मात्र होइन आफै हतियार बनाउन सक्ने क्षमताको पनि विकास गर्न आवश्यक छ । अत्याधुनिक हात हतियारको विकास पनि गर्नु सक्नु पर्दछ । कुरा कुरा के भने हामीले विस्तारवादी भारतलाई के कुराको बोध गराउन जरुरी छ भने हामी कमजोर छैनौ । हाम्रो देश सानो भए पनि कमजोर छैन । यस कारण पनि कि यो  बीर गोरखालीहरूको देश हो । गोेरखालीको नाम लिंदा हिटलरको पनि मुटु काँप्दछ । नेपोलियनको पनि मुटुले ठाउँ छोड्द  छ । हामी हर दुष्टिले कमजोर  भयौं भने भारतले हामीलाई हेप्न सक्दछ र आफ्नो अतिक्रमणकारी मिचाहा प्रबुत्तिलाई  जारी राख्न सक्दछ ।                                                                                                   
अब नेपालले भारतीय विस्तारवादलाई के जबाव दिन आवश्यक छ भने नेपाल भारतको असल छिमेमी हुनलाई मात्र होइन आवश्यक परे एक नम्बरको दुश्मन हुन पनि तयार छ । दुश्मन यस अर्थमा मित्र मानेर उसले आफ्नो गुमेको भूभाग प्राप्त गर्न सक्दैन भने शत्रु ठानेर लडेर भए पनि त्यसलाई फिर्ता गराइछोड्छ । भलै त्यसको लागि हजार बर्ष किन नलागोस् । 
हामीले के कुरामा पनि ध्यान दिन आवश्यक छ भने कम्तीमा पनि सीमा क्षेत्र हामीले खालि राख्न हुँदैन । त्यहाँ बस्ती बसाल्नु पर्दछ । त्यहाँ सुकुम्बासीहरूलाई  जग्गा वितरण गरेर सबै आवश्यक भौतिक सुविधा उपलब्ध गराइ बसोबासो गराउन सकिन्छ । यसले                     एकातिर हाम्रो सुुकुम्बासी समस्या समाधान हुन सक्दछ भने अर्कोतिर उनीहिरूले सीमा रक्षकको भूमिका पनि पूरा गरिरहेका हुन सक्दछन् । त्यसो गर्न सकिन्न भने पनि सीमा क्षेत्र खालि राख्न हुँदैन । खालि राखेमा भारतीय विस्तारवाद कति बेला अतिक्रमण गर्दै  आफ्नो सैनिक क्याम्प खडा गरको हुन्छ हामीलाइ थाहा पत्तो पनि नहुन सक्दछ । हामी नै आफ्नो भूमिको बारेमा बेखर रह्यौ भने दुश्मनले हाम्रो कमजोरीबाट फाइदा उठाउन सक्दछ ।
यतिबेला  हामीले अर्को कीर्तिनिधि बिस्टको आवश्कता छ जसले कालानीमा तेनाथ भारतीय सैनिकलाई त्यहाँबाट हटाउने पहल गरोस् । पहल गर्न सकोस् ।
हामीले के कुरा बुझ्न जरुरी छ भने यतिबेला दक्षिणको वादशाह निकै धुर्त कपटी जाली बर्बर र लुटाहा छ । बिस्तारवादी  छ । अतिक्रमणकारी छ । क्षेत्रीय प्रभुत्वादी छ । दक्षिणको वादशाह न हिजो हाम्रो मित्र थियो न आज हाम्रो मित्र रहेको छ । यो कुरा उसका हरेक क्रियाकलापले प्रष्ट पारेको अवस्था छ । हामी दक्षिणको वादशाहबाट सावधान रहन जरुरी छ ।           
नपालमा पनि थुप्रै लेन्डुप दोर्जेहरूको अवतार भएको छ । यो मुलुकका  लेन्डुप दोर्जेहरूको हर गद्दारीको पर्दाफास गर्न पनि उत्तिकै आवश्यक छ ।  लेन्डुप दोर्जेहरूले धमिराले जस्तै भित्र भित्र देश खाएर खोक्रो बनाउन सक्दछन् । साथसाथै हामीले दलाल नेता र तिनको दलालीको पनि बेलामा नै उपचार गर्न आवश्यक छ । दलाल नेता वा पार्टी पनि जनताको आदेशभन्दा पनि विदेशी प्रभुको आदेशमा चल्न थाल्दछन् । मुलुकको ेयतिबेला यस्तो हालत भएको एउटा कारण  यो पनि हो र यो अझ एउटा प्रमुख कारण पनि हो ।
देशलाई बचाउन जनता जागरुक हु्न र उनीहरूका नशा नशामा राष्ट्रप्रेमको रगत  संचालित भएको हुनु पर्दछ । उनीहरूमा मन              मस्तिष्कमा राष्ट्रप्रेमको भावना भरिएको हुन आवश्यक छ । घटनाक्रमले के कुरा साबित गरेको छ भने हामी नेपालीमा राष्ट्रप्रेम प्रचुर मात्रामा छ । हामी देशको रक्षाको लागि मर्न र मार्न पनि तयार छौं । यो नै हाम्रो सबभन्दा ठूलो सम्पति हो । यही सम्पतिले नै राष्ट्रको बल हो । ताकत हो । इतिहासमा हामी कहिले गुलाम रहनौं । भविष्यमा पनि हामी गुलाम भएर बाँच्न चाहँदेनौं । यो कुरा दक्षिणाका विस्तारवादी वादशाहले लेखेर राखे हुन्छ ।
६–८–२०७६
२२–११–२०१९


                               




Comments

Popular posts from this blog

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

कलम

  म देख्दछु एउटा गोठालोले हर हमेशा हँसिया खुर्पेटो भिरेर हिंड्दछ । एउटा हलीले हमेशा हलो जुआ बोकेर हिंड्छ । एउटा किसानले हमेशा एउटा कुटो कोदालो लिएर हिंड्छ । एउटा मजदुरले हमेशा एउटा हथौडा लिएर हिंड्दछ । एउटा भरियाले हमेशा एउटा नाम्लो लिएर हिंड्दछ । एउटा शिकारीले हमेशा एउटा बन्दुक बोकेर हिंड्दछ । एउटा सिपाहीले हमेशा एउटा खुकुरी भिरेर हिड्दछ । एउटा दमाईले हमेशा एउटा सुजेरो लिएर हिंड्दछ । एउटा काठकर्मीले हमेशा आरी , थेवे तथा रंजा बोकेर हिंड्दछ । एउटा इेलेक्ट्रेशियनले हमेशा एउटा टेस्टर लिएर हिंड्छ । एउटा शिक्षकले हमेशा चक डस्टर लिएर हिंड्दछ । एउटा पुरोहितले हमेशा पोस्तकको कुटिरो बोकेर हिंड्दछ । एउटा ज्योतिषले हमेशा एउटा पात्रो बोकेर हिंड्दछ । एउटा भिक्षुले हमेशा एउटा माला बोकेर हिड्दछ ।  एउटा विद्यार्थीले हमेशा स्कुल व्याग बोकेर हिंड्दछ । एउटा भिखारीले हमेशा एउटा झोली बोकेर हिंड्दछ । एउटा पार्टीको कार्यकर्ताले हमेशा एउटा पम्पलेट बोकेर हिंड्दछ । एउटा व्यापारीले हमेशा एउटा क्याटलग बोकेर हिंड्दछ । एउटा जलेरीले हमेशा एउटा जाल बोकेर हिंड्दछ । एउटा खेलाडीले हमेशा बल बोकेर हिंड्दछ । एउटा ...