बिस्तारवादले त किन छोड्न खोज्थ्यो र सजिलै
आफ्नो नक्शामा पारेको
लिँिँँम्पयाधुरा लिपुलेक र कालापानी
हामीले जबरजस्ती छोडाउन सक्नु पर्दछ
एक दिन मात्र होइन
दुई दिन मात्र होेइन
आवश्यक परे हजारबर्षसम्म पनि हामी
लड्न भिड्न सक्नु पर्दछ
बन्न खोेज्दछ यदि कोही तगारो भने
हाम्रो बाटोमा
हामीले उसको टाउको पनि गिड्न सक्नुपर्दछ
यदि कोही बन्न खोज्दछ लेन्डुप दोर्जे भने
यस मुलुकमा पनि
पाइताले कुल्चेर हामीले उसलाई
अघि हिंड्न सक्नु पर्दछ
मुलुक सानो छ भनेर
हिक्मत हार्नु हुँदैन हामीले
सकिन्न होला आफ्नो भूमि फर्काउन भनेर
एक रति पनि
आश मार्नु हुँदैन हामीले
दुश्मन बलियो छ भनेर
कत्ति पन तर्सनु हुँदैन हामी
बीर पुर्खाका सन्तान हौं हामी भन्ने कुरा
कत्ति पनि बिर्सनु हुँदेन हामी
ठूला ठूला साम्राज्य पनि ढलेको इतिहास
हामीले पढेका छौं
युद्ध जित्ने विश्वास भएर त ्
हामी निरन्तर अघि बढेका छा्रै
रोकिने छैन हाम्रो यो महान वार पारको यात्रा
जबसम्म दुश्मनको करार पराजय र
हाम्रो शानदार विजय हुँदैन ।
११–८–२ं०७६
Comments
Post a Comment