Skip to main content

जंगे पिलर २


जंगे पिलर त गायब गरेका थिए डाँकाहरूले
त्यहाँ पनि
यता उता त्यता जस्तै
मध्यरातमा
निल्नलाई मातृभूमिको माटो
हडप्नलाई सीमावारिको भूभाग
विस्तार गर्न आफ्नो साम्राज्य
अमर शहीद गोविन्द गौतम
तिमी आफै जंगे पिलर भएर खडा भयो 
तिमी आफै भक्ति थापा भएर खडा भयो
तिमी आफै भीमदत्त पंत भएर खडा भयो
तिमी आफै देशको सिपाही भएर खडा भयो
तिमी आफै देशको बीर योद्धा भएर खडा भयो
तिमी आफै देशको सपुत भएर खडा भयो
सीमाको सुरक्षा गर्न
मातृभूमिको रक्षा गर्न
आफ्नो माटोको हिफाजत गर्न
सह्य भएन तिम्रो देशभक्ति
अतिक्रमणकारी आक्रंंमणकारीहरूलाई
सह्य भएन तिम्रो प्रतिरोध
विस्तारवादी शैतानहरूलाई
र दागे गोली दुश्मनहरूले
तिम्रा छातीमा र ढाले
अर्को भक्ति थापा
अर्को भीमदत्त पंत
अर्को जंगे पिलर
सीमामा हिमाल जस्तै अडिग खडा
जंगे पिलर
दुश्मनले एउटा जंगे पिलर ढाले पनि
लाखौं लाख जंगे पिलर
लाइन लाएर खडा छन्
सीमाना सीमानामा
गौडा गौडामा
मातृभुमिको पहरेदारी गर्न
मातुभूमिको सुरक्षा गर्न
चुप लागेृर बस्न सक्दछ मुर्दाहरूको संसद यो देशमा
चूप लागेर बस्न सक्दछ मुर्दाहरूको सरकार यो देशमा
चुप लागेर बस्न सक्दछ लेन्डुप दोर्जेहरूको अबतार यो देशमा
तर जंगे पिलर सीमा सीमामा पंक्तिबद्ध भएर खडा हुन्छ
दिन रात जागाराम रहन्छ
आफू ढल्न परे पनि
आततायी आक्रमणकारीहरूको  गोली खाएर 
ढल्न दिन्न गोर्खालीहरूको गौरव
ढल्न दिन्न सगरमाथाको उच्च शिर
गुम्न दिन्न देशको स्वतन्त्रता
गुम्न दिन्न देशको भूगोल
मेट्न दिन्न पुरखाहरूको वीरताको स्वर्णीम इतिहास
लाश हुन तयार छ बीरहरूको यो देश
तर दास हुन तयार छैन
गुलाम भएको होला अतिक्रमणकारीहरूको देश बरु

गुलाम भएका होलान् कति विशाल साम्राज्यहरू पनि कुनै दिन
गुलाम भएका होलान् होलान् कति महादेशहरू पनि कुनै दिन
गुलाम भएका होलान् कति महाशक्तिहरू पनि कुनै दिन
इतिहास साक्षी छ
यो मुलुक कहिले गुलाम भएन
यो मुलुक कहिले गुलाम हुने पनि छैन
यस कारणले पनि कि
यो मुलुक बीर बलभद्रहरूको मुलुक हो
यो मुलुक उजीरसिंहहरूको मुलुक हो
यो मुलुक भक्ति थापाहरूको मुलुक हो
यो मुलुक भीमदत्त पंतहरूको मुलुक हो
यो मुलुक अमर शहीद गोविन्द गौतमहरूको मुलुक हो
त्यस्ता गोविन्द गौतमहरू
जो लाश हुन तयार छन्
तर दास हुन तयार छैनन्
त्यस्ता गोविन्द गौतमहरू
जो गायब गरिए पनि डाँका लाएर
जो ढल्न परे पनि दुश्मनहरूको गोली खाएर
सीमा क्षेत्रहरूमा
असंख्य जंगे पिलर भएर खडा छन्
अडिग हिमाल जस्तै
यो मुलुक त्यस्ता गोविन्द गौतमहरूको हो
जसको नाम उच्चाहरण गर्नासाथ
हाम्रो  छाती गर्वले फुल्दछ
हाम्रो शीर श्रद्धाले झुक्दछ
यो मुलुक त्यस्ता गोविन्द गौतमहरूको मुलुक हो
जो झरेर पनि यो धरतीमा सधैं फुलिरहन्छ
जो अस्ताएर पनि यो आकाशमा सधै झुल्किरहन्छ
जो मरेर पनि यो देशको सीमानामा सधैं बाँचिरहन्छ
जो ढले पनि सीमामा गोली खाएर
लाखौं लाख जंंगे पिलर भएर खडा रहिरहन्छ ।

२७–११–ण् ०७३
१०–३–२०१७
..

















Comments

Popular posts from this blog

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने...