हाम्रो प्यारो कालापानी लिपुलेक लिम्पियाधुरा
विस्तारवादले हान्यो हाम्रै मुटुमा हेर छुरा
गरेकै थियो हाम्रो भूभाग पहिलेदेखि नै कब्जा
भएन यसलाई लुट्न दिउँसै कत्ति पनि लज्जा
आमामा छातीमाथि बजे पनि विदेशी ती बुट
मच्चाए पनि मुलक भरि नै कति हो कति लुट
नक्शामा त थियो लेखेको हाम्रै देशको नाम
अहिले मानचित्र देशकंै चपाउने गर्यो काम
उता देश उसको रक्षा गर्न हाम्रै मान्छे मर्ने
यता ऊ देश हाम्रो खानलाई अघि अधि सर्ने
देश लुट्दा दुश्मनले कति हो चुप लागी बस्ने
बलभद्रका सन्तान हामी कहिले कम्मर कस्ने
अति भयो अति अभि भयो गो व्याक इन्डिया
हाम्रो देशको भूभागबाट गो व्याक इन्डिया ।
११–६–२०१९
Comments
Post a Comment