भ।रतको निर्लज्ज दादागिरी
हामी नेपाली भारतका शत्रु होइनौं । हामी कहिले पनि भारतको कुभलो चाहँदैनौं । तर भारत हामीलाई कहिले पनि गन्दैन । टेर्दैन । हामीप्रति शत्रुबत् व्यवहार गर्दछ । उसरी भारतको कुनै पनि छिमेकी मुलुकसित राम्रो सम्बन्ध छैन । अरु कुनै कारणले होइन । उसको विस्तवादी नीतिले । उसको अतिक्रमकारी चरित्रले । उसको दादागिरीले । उसको हेपाहा तथा मिचाहा प्रबुत्तिले । भारत आफ्ना छिमेकी मुलुकलाई भूटानलाई जस्तै मुठीमा बन्द गरेर राख्न चाहन्छ या त्यसलाई सिक्किमलाई जस्तै क्वाप्प निल्न चाहन्छ । नेपाललाई अर्को सिक्किम बनउन दाउ हेरेर बसेको भारतीय विस्तारवाद चीनको कारणले पनि खुम्चिएर बसेको छ । यद्पि चीन माओको पालाको जस्तो छैन । तैपनि उसले नेपाल र नेपालीमाथि थिचो मिचो गरेको देखिन्न ।
भारतले सयौं ठाउँमा हाम्रो भूभागमाथि अतिक्रमण गरेको छ । यो दुई कारणले गरेको छ । पहिलो कारण त भारतको दादागिरी हो । भारतको विस्तारवादी चरित्र हो । दोस्रो कारण हो हाम्रा सत्ताधारी दलको दलाली चरित्र । भारतलाई खुशी पारेर सत्तामा टिकिरहने लालसा । भारतका आशीर्वादले शासन सत्तामा पुगेका वा पुग्ने हैसियतमा भएका दलहरू के दरिद्र मानसिकता राख्छन् भने भारतीय शासकको पाउ नमली सत्ताको कुर्सीमा आसीन हुन सकिन्न । बिराजमान हुन सकिन्न । भारत के चाहन्न भने कुनै पनि छिमेकी देश उसको टक्करमा आओस् । पाकिस्तानलाई टुक्राउन भारतले खेलेको भूमिका जग जाहेर छ । श्रीलंकालाई टुक्राउन भारतले खेलेको भूमिका जग जाहेर छ । नेपाललाई टुक्राउन भारतले खेलेको भूमिका जग जाहेर छ । तर भारतको दुर्भाग्य भारतले टुक्राउन खोजेका मुलुकले अहिले उसलाई टेर्दैनन् । उनीहरू भारतको दादागिरीलाई टेर पुच्छर लाउनु पर्ने लाजमर्दो अवस्थामा छैनन् । पाकिस्तान त भारतीय विस्तारवादको एक नम्बरको दुश्मन भएको जस्तो अवस्था छ । भन्न सकिन्न कुन बेला भारत र पाकिस्तानबीच युद्ध भडकिन्छ । मोदीले नेहरुको काश्मिर नीति छोडेर र संयुक्त राष्ट्रको नीति निर्देशनलाई पनि अस्वीकार गरेर काश्मिीरी जनताले अहिलेसम्म उपभोग गरेको सीमित अधिकार पनि खोसेको छ र त्यसको समाधान जनमतले भन्दा पनि बन्दुकले निकाल्न खोजिरहेको छ । भारतले छिमेकी मुलुक भएर पनि आफ्नो दादागिरी देखाउन नसक्ने मुलुक भनेका म्यानमार र पाकिस्तान नै हुन् । यद्पि पाकिस्तान र भारतबीच युद्ध भैसकेको अवस्था छ । दुबै आणविक शक्ति भएका देश भएका हुनाले उनीहरूबीचको लडाई आत्मघाती पनि हुन सक्दछ । यसैले पनि भारतले पाकिस्तानमाथि युद्ध थोपर्ने कुरा मसक्क आँट्न सक्दैन । यसैले यतिबेला भारतले आफ्नो अतिक्रमणकारी र हस्तक्षेपकारी भूमिका प्रदर्शन गर्ने थलो नै नेपाल हो । भूटानले त बरु भारतको चाकरी गरेर भए पनि आफ्नो अस्तित्व जोगउन सकेको जस्तो देखिन्छ । तर हाम्रा मुलुकका ठूला राजनैतिक दल र तिनका नेता भारतका भरमग्दुर चाकरी गरेर पनि मुलुकको स्वतन्त्रता भूअखण्डता र सार्वभौमसत्ता बचाउन सकिरहेका छैनन् । नेपाली जनता देशभक्त भएको हुनाले पनि भारतलाई नेपालमाथि आफ्नो अतिक्रमणकारी भूमिका लागू गर्न असहज भएको छ । भारतलाई मात्र होइन हाम्रा मुलुकका लेन्डुप दोर्जेहरूलाई पनि भारतको स्वार्थ र हितमा खुलेर काम गर्न कठिन भएको छ ।
भारतको अभिलाषा त नेपाललाई सके सिक्किम बनाउने नभए पनि यसलाई भुटानको दर्जामा राख्ने हुन गएको छ । तर नेपाली जनताको जागुरुकता तथा देशभक्तिले गर्दा उसको विस्तारवादी अभिलाषा पूरा हुन सकिरहेको छैन ।
भारतका विस्तारवादी शासक कतिसम्म अविवेकी देखिन्छन् भने भारतकै सीमाना खटिएका र भारत कै स्वार्थमा रगत बगाइरहेका बीर गोर्खालीहरू कै मुलुकको सीमा मिच्दा र भूभाग जवरजस्ती आफ्नो मुलुकभित्र गाभ्दा त्यसको उनीहरूमाथि कस्तो प्रतिक्रिया र प्रभाव पर्ला । के उनीहरू यो नसोच्लान् हामी भने भारतको भूगोल बढाउन सीमानामा रगत बगाइरहेको छा्रै । ज्यान गुमाइरहेका छौं । तर भारत हाम्रै मुलुकको भूभाग कब्जा गरेर आफ्नो मुलुकका नक्शामा पारिरहेको छ ।
भारत दुई किसिमले हाम्रो मुलुकलाई तहस नहस बनाउन चाहन्छ । पहिलो हो बन्दुकको बलमा हाम्रा भूभाग तीनतिरैबाट कब्जा गर्दै जाने । दोस्रो तरिका हो बढीभन्दा बढी भारतीयहरूलाई नेपाली नागरिक बनाई वास्तविक नेपालीहरूका भन्दा नकली नेपाली अर्थात भारतीयहरूको बढी जनसंख्या वा उपस्थिति बनाई जनमत संगह वा ससदमा बहुमत कायम गराई सिक्किमलाई जस्तै नेपाललाई निल्ने । यतिबेला भारत यी दुबै बाटो अवलम्बन गरिरहेको छ । केही दलहरूको नागरिकतालाई सहज बनाउन संविधान संसोधन गर्ने कुरा भारतकै स्वार्थलाई प्रतिनिधित्व गर्दछ ।
हुन त १८१६ को सुगौली सन्धिभन्दा पहिले नेपाल टिस्टादेखि कांगडासम्म फैलिएको थियो । माधव घिमिरेको गाउँछ गीत नेपालीले पनि यही कुरा भन्दछ । अग्रेजले भारत छोडर जाँदा नेपालको भुभाग नेपाललाई फिर्ता दिनु पर्दथ्यो र नेपाल सरकारले पनि त्यसका माग गर्नु पर्दथ्यो । यतिबेला व्रिटिशसित समझौता हुँदा नेपालभित्र परेको भूभाग पनि भारतको नक्शाभित्र पार्दा नेपालमा भारत बिरोधी आन्दोलन उठेको हो । यो कुरा ठीक हो कि भारतले लिम्पियाधुरा लिपुलेक तथा कालापानी पहिलेदेखि नै कब्जा गरेको थियो । उसले हाम्रो प्रवेशलाई समेत प्रतिबन्ध लगाएको अवस्था थियो । हामी नेपालीहरूले भारतमाथि हाम्रो भूभाग छोड भन्दै दवाब दिइरहेको अवस्था थियो । यस सम्बन्धमा दुबै देशबीच उच्च स्तरीय अध्ययन र बार्ता समेत भएको थियो । यतिबेला भारतले बार्ताको पनि कुनै वास्ता नगर िएक पक्षीय रुपमा नेपालको लिम्पियाधुरा लिपुलेख समेत कालापानीलाई आफ्नो देशको मानचित्र पारेर नयाँ नक्शा बजारमा ल्याए पछि नेपाली जनता आक्रोशित तथा आन्दोृलित हुन पुगेका हुन् । यो सानो तिनो कुरा होइन । ऐतिहासिक दस्तावेज मात्र होइन जनसंख्याको गणनाले पनि भन्दछ यतिबेला भारतले आफ्नो देशको नक्शाभित्र पारेको भूभाग लिम्पियाधुरा लिपुलेक तथा कालापान िनृेृपालको भूभाग हो । सुगौली सन्धि तथा ऐतिहासिक तथ्यले यही.कुरा जनाउँछ । तर पनि सामरिक महत्व रहेको अत्यन्त संवेदनशील भूभाग दादागिरिीको पाराले कब्जा गर्न भारत नांगो तारकाले पेश भएको छ । भारत ठूलो देश र ठूलो सैन्य शक्ति भएको मुलुक हो भन्दैमा हामीले हाम्रो मातूभूमि भारतलाई छोडिदिने कुरा आउँदैन । भारतको दादागिरी टुलु टुलु हेरेर बस्ने कुरा आउँदैन । संयुक्त राष्ट्रसंघमा काश्मिरको सवालमा आँखाभरि आँसु लिदै जुल्फीकर अली भुट्टोेले एकपल्ट भनेका थिए काश्मिरको सवालमा हामी हजारबषसम्म पनि भारतसित लड्ने छौ । यस्तै कुरा वियतनामको सम्बन्धमा होे चि मिन्हले भनेका थिए हामी वियतानामको स्वतन्त्रताको लागि आवश्यक परे हजार बर्षसम्म पनि लडिरहने छौं । यही कुरा हामी देशभक्त नेपाली जनताले भारतका विस्तारवादी शासकलाई भन्नु पर्दछ हामी लिम्पियाधुरा लिपु लेख कालापानीका साथसाथै भारतले जबरजस्ती कब्जा गरेका सबै भूभाग फिर्ता गराउन आवश्यक परे हजार बर्षम्म पनि लडिरहने छौं । हामी हाम्रो सरकार तथा विभिन्न दलका नेतालाई पनि चेतावनीको स्वरमा भन्दछौं कि तिमीहरू भारतको दवावको सामुन्ने शिर निहुराएर लिम्पियाधुरा, लिपुलेक कालापानी लगायत नेपालको भारतले कब्जा गरिरहेको एक इन्च भूभाग पनि उसका पाउमा चढाएर पुच्छर हल्लाउँदै नफर्क । दृढ प्रतिज्ञा गर कि हामीले बरु कुर्सी छोड्ने छौं हाम्रो हातले नेपालको कुनै पनि भूभाग भारतीय शासकहरूलार्ई बुझाएर आउने छैनौ । हामी कुनै पनि हालतमा भारतका हातमा बेचिने छैनौं । देश र जनताप्रति गद्दारी गर्ने छैनौं । मक्कारी गर्ने छैनौं । विश्वासधात गर्ने छैनौं । हामी नेपालका लेन्डुपे बन्ने छैनौं ।
जबसम्म भारतले आफ्नो नक्शाबाट हाम्रोे भूमिलाई हटाउन्न तथा आफूले कब्जा गरेको हाम्रो भूभाग छोडेर आफ्नो देशमा फितौ हुन्न तबसम्म हामीले हर तरिकाले यस मुद्धालाई तारिक नछोडी नथा म्याद नगुमाई लडिरहने छौ । यो ज्यान मुद्दा जस्तै हो । यसको कुनै हदम्याद हुँदैन । जहिले पनि उठाउन सकिन्छ र निरन्तर उठाउनु पर्दछ । यसको लागि हामी हिमाल पहाड तराईका नेपाली एक हुन जरुरी छ । यो हामी सबैको साझा मुद्दा हो । यो हाम्रो अस्तित्वको सवाल पनि हो ।
भारतसित यस सवालमा कुरा गर्न पर्दा सीमाविद्लाई पनि संलग्न गराउनु पर्दछ । इतिहासकार तथा भूगोलविद्लाई पनि समावेश गर्नु पर्दछ । हामी नेपालीको लागि लिप्यिाधुरा लिपुलेक कालापानी लगायतका भारतले दादागिरी देखाउँदै कब्जा गरेका भूभाग जीवन मरणका कुरा हुन् । हाम्रो भूभाग लेनदेन गर्ने सवालमा कसैसित पनि समझोता हुन सक्दैन ।
अर्को कुरा हाम्रो सीमा क्षेत्रमा पर्खाल लगाउन नसके पनि काँडेतार लगाउन आवश्यक छ । छिमेकीसित राम्रो सम्बन्ध बनाउनुको लागि पनि पर्खाल लगाउन आवश्यक ठानिन्छ । अर्को कुरा सरकारले तत्काल गर्नु पर्ने कुरा हो सीमा क्षेत्रमा हाम्रा सशस्त्र बल तैनाथ गर्ने । भारतले आफ्नो नेपालसितको सीमामा आफ्नै सुरक्षा बल तेनाथ गदैछ भने हामी किन राजधानी वा शहरी क्षेत्रमा अड्डा जमाएर बस्ने ? सीमा क्षेत्रमा हाम्रो सुरक्षा बलको उपस्थिति हुन्थ्यो भने कम्तीमा पनि हाम्रा जगे पिलर गायब गरिने र सीमा वर वरसम्म सारिने थिएन । सबभन्दा महत्वपूर्ण कुरा कालापानी लिम्पियाधुरा र लिपुलेकमा हाम्रो उपस्थिति आवश्यक छ । त्यहाँको सुरक्षा र विकासको लागि सरकारले बेलामा नै ध्यान पुराउन आवश्यक छ । भारतले आफ्नै सैनिक शक्ति सीमा क्षेत्रमा तैनाथ गर्दछ भने हामीले किन आफ्नो सीमा क्षेत्र बेवारिस अवस्थामा छोड्ने ? हाम्रा मुलुकका सुकुम्बासीहरूलाई खालि छोडिएको सीमा क्षेत्रमा पुराएर बस्तीको विकास गने हो भने पनिे आफ्नो माटोको रक्षा हुन सक्दछ । यसका अतिरिक्त सरकारले हाम्रो युवाशक्तिलाई विदेशतिर निर्यात गर्ने र विदेशी नागरिकलाई रोजगारको लागि नेपालमा आयात गर्ने नीतिलाई पनि परित्याग गर्न आवश्यक छ । देशको रक्षाको लागि आफ्नो युवाशक्ति नलडेर विदेशबाट रोजगारीको लागि आयात गरेको शक्ति लड्दैन । विशेष गरी हाम्रो जस्तो भूगोल र परिवेशमा । अर्को कुरा हामीले फलाम तातेको बेलामा नै प्रहार गर्न जान्नु पर्दछ । अन्यथा कुरो उचालियो उचालियो थेचारियोमा सीमित हुन सक्दछ ।
२३–७–२०१९
Comments
Post a Comment